‘मायामा फँसे कि म…’ सार्बजनिक
काठमाडौं,
साउन ९ ।
साङ्गीतिक क्षेत्रमा डेढ दशक बिताइसकेका गायक, सङ्गीतकार तथा सङ्गीत संयोजक बिनय कार्कीको धेरै पछि एउटा आशा लाग्दो गीत ‘मायामा फँसे कि म…’ सार्बजनिक भयको छ । रियालिटी शो भ्वाइस अफ नेपाल सिजन-२ मा ‘भुमो’ गीतबाट निकै भाइरल भएर चर्चा कमाउन सफल बिनयले ‘मायामा’ बोलको गीत सार्बजनिक गरेर अझ धेरै स्रोता/दर्शकको माया पाउने आशा राखेको बताउछन ।
बिनयलाई यो गीतमा लोकप्रिय गायिका मेलिना राईले साथ दिएकी छन् । माया प्रेममा रहेर बनाइयको गीतमा सबिन लामाको शब्द रहेको छ भने सङ्गीत बिनय स्यम्कै रहेको छ । सङ्गीत सम्योजक भने शेलेन्द्र प्रधान बाबुको रहेको छ ।
‘मैले सधैँ जसो गाइरहेको गीतमा भन्दा केही फरक गीत आएको छ । यो गीतलाई पनि सबैले माया गरिदिनु हुन्छ भन्ने विश्वास लिएकी छु’ मेलिना राईले भनिन् । गीतको भिडियोमा गायक बिनय र अलिशा शर्मालाई फिचरिङ गरिएको छ ।
आशिस रानाको कोरियोग्राफर र निर्देशन रहेको गीतको भिडियोलाई पवन सुस्लिङ्गले छायाँकन तथा सम्पादन गरेका छन् ।
सार्वजनिक गीतको टिकटक प्रतियोगीता पनि रहेको छ । टिकटको नजिता भने भाद्र १४ गते सार्बजनिक गरिने बताइएको छ । भाद्र १५ गते गायक बिनय कार्कीको जन्मदिनको अवसर मा बिजेतालाई उपहार र नगद रुपैयाँ ११ हजार एकसय ११ हस्तान्तरण गरिने भएको छ ।
Attachments area
Preview YouTube video MAYAMA FASEKI MA | BINAY KARKI | MELINA RAI | Ft. ALISHA SHARMA | NEW NEPALI SONG -2020
मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता बनिन प्रतियुशा बोहरा
एक हप्तामा २ पटक कोरोना संक्रमित भएका बाइडेन कोरोनामुक्त
” तमु धीं भर्जिनिया ” को ग्रिष्मकालिन – बनभोज भब्यताकासाथ सम्पन्न
न्यु जर्सीका एक पुरुषलाई गोफन्डमा ४ लाख डलर भन्दा ज्यादा घोटाला काण्डमा दोषी ठहर भए पछि ५ बर्ष कैद सजाय
गर्भपतनमा प्रतिबन्ध लगाउने र कानुन पारित गर्ने इन्डियाना बन्यो पहिलो राज्य
प्रतिक्रिया