प्रदेश सरकारलाई स्वीस सरकारद्धारा रु ९० लाख बरावरको दुई थान आरटी पीसीआर मेसिन हस्तान्तरण

मनोज दाहाल २०७७ साउन ९ गते २१:२९ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर, ९ साउन।प्रदेश नं. १ को सरकारलाई स्वीस सरकारले आज रु ९० लाख मूल्य बरवारको अध्याधुनिक दुई थान आरटी पीसीआर मेसिन हस्तान्तरण गरेको छ।

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई स्वीस सरकारका कार्यक्रम विशेषज्ञ अमन जोन्छेले उक्त मेशिन हस्तान्तरण गर्नुभयो।प्रतिमेशिन प्रतिघण्टा ९६ जनाको कोभिड–१९ नमूना परीक्षणको क्षमता रहेको छ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारमा विगतदेखि गरेको कार्यको चर्चा गर्दै जनस्तरमा सङ्कमण रोक्न थप तत्परताका कार्य गर्ने बताउनु भयो।

उहाँले प्राप्त दुई मेशिन तत्काल मेची अस्पताल र प्रदेश प्रयोगशाला विराटनगरमा जडान गरि परीक्षणको दायरा वढाउने जानकारी दिनु भयो ।मुख्यमन्त्री राईले प्रदेशलाई छिट्टै ग्रिन जोनमा लैजाने प्रतिबद्धता व्यक्त गर्दै सङ्घीय सरकारले लकडाउन अन्त्य गरेपनि अझैपनि सावधानी अपनाउन सवैसँग आग्रह गर्नु भयो ।

प्रदेश सरकार जनताको स्वास्थ्य र सुरक्षाप्रति सचेत रहेको चर्चा गर्दै समूदायमा सङक्रमण फैलन नदिन सरकार गम्भिर रहेको बताउनु भयो । उहाँले स्विस सरकारले प्रदेशको विकासका लागि सिँचाई, कृषिका लागि विगतमा रु एक अर्व सहयोग गरेको स्मरण गर्दै स्वास्थ्यप्रति चिन्तित हुदै उपलव्ध सहयोगका लागि स्विस सरकारलाई धन्यवाद दिनु भयो।

स्वीस सरकारका कार्यक्रम विशेषज्ञ जोन्छेले प्रदेश सरकारले कोभिड–१९ नियन्त्रण, रोकथाम कार्यको प्रशंसा गर्दै आगामी दिनमा थप सहयोग उपलव्ध हुने विश्वास जनाउनु भयो ।सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरको समारोहमा उपस्थिति हुनुहुन्थ्यो ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया