तिमी टाढा जादैं थियौ
यी देउराली र भंञ्ज्याङ
उकाली र ओरालीहरू छाडेर
कतै दूर देश
मेरो ॲाखामा छापिएको
तिम्रो स्वरूप
मेरो मुटुमा पलाएको
प्रेमको मुना
हामीले खाएका
नछुट्टिने कसमहरू
थाती राखेर मनभरि
भक्कानो पार्नुको
विकल्प के नै थियो र म सॅग
बुझाउन खोजेकी थिए तिमीलाई
काॅचको चुरा जस्तै हो नारी अस्मिता
यो टुट्न के नै बेर लाग्छ र ?
पवनको झोंका जस्तै वेगवान छ यौवन
सॅधै हराभरा कहॅा हुन्छ र ?
सेतो कपासमा अल्झिएको झ्यांसले
झैं, कुरूप बनाईदिन्छ पलमै,
भिन्न भिन्न नजरले गर्ने मुल्यांकन हो
नारी अस्मिता
सायद मैले ॲाफैलाई धेरै माया गरें
या तिम्रै माया हो म बुझ्दिन
दिग्भ्रमित भएर भौतारिए
राष्ट्रिय क्षितिजलाई विर्सेर
मेरो अर्गानिक मान्छे
आफ्ना पर्वतशृखलाहरू नाघेर
भंगालाहरू नपुरि कतै टाढा
जादैछ, कोक्किएको मन
रसाएका ॲाखा, चिरिएको मुटु
खै कसरी भनौं , चाढै आउ है
तिम्रो समस्याको विकराल पहाड
मेरो मायाको तगारो कसरी बनाउॅ ?
प्रतिक्रिया