स्विटजरल्याण्ड र बेलायतबाट उच्च अध्ययन गरेकी यूवा अपरा थापा भट्टराई फूड फर लाईफ नेपाल मार्फत दैनिक ६ हजार बालबालिकालाई दिवा खाना खुवाउदै

विजय थापा २०७७ असार २७ गते १४:०७ मा प्रकाशित

डिसी । “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि प्यारा हुन्छन ।

हरेक दिन युवायुवती विदेशिने क्रम खहरे खोला झैँ निरन्तर बढ्दै गरेको अवस्थामा मातृभूमीलाई केही योगदान गरौ भन्दै औधि माया गर्ने अपरा थापा भट्टराई एक उदाहरण मध्ये कै एक हुन् पुगेकी छिन ।

मातृभूमीको माया सबैलाई लाग्दछ । एक पटक बिदेशी माटोमा पाइला टेके पछि उतै भासिनेको संख्या अत्यधिक भएता पनि मुग्लानले काठमाडौँमा जन्मिएकी भट्टराईलाई मोहनी लगाउन सकेन । मातृभूमिलाई केही सेवा दिने उद्धेश्य साथ उनि अन्तत्वगत्वा आफ्नो जन्मभूमि फर्किन ।

उच्च शिक्षा हासिल गरेकी अपराले समाजमा केही गरौ भन्दै नेपालमा पाइला टेके पछि समाज सेवा प्रारम्भ गरिन । र पछाडी फर्किएर हेरिनन । त्यसमा पनि बिशेष बालबालिकाका लागि केही गरौ भनि काम गर्न सुरु गरिन ।

र हाल उनले दैनिक ६ हजार बालबालिकालाई खाना खुवाउन व्यवस्थापन गर्दै आएकी छिन् । उनको योगदानको जति नै प्रशंसा गरे पनि कम हुन्छ । यो उमेरमा उनले थुप्रै चिज हासिल गरि नेपाल र नेपालीको नाम बिश्वमा राख्न सफल भएकी छिन । उनी संस्थानकि प्रशिक्षक र एक प्रेरक वक्ता पनि हुन्।

उनि सानो हुँदा प्रकृति प्रति आकर्षित भएको र प्रकृति र जनावरहरूसँग समय बिताउन मन पराउने बताइन । उनले आफ्नो आधारभूत शिक्षा नेपालबाट र उच्च शिक्षा बीबीए स्विजरल्याण्डबाट र एमबीए बेलायतको एचआरएमबाट लिईन ।

भट्टराईले स्विटज़रल्याण्ड र बेलायतमा ६ बर्ष भन्दा बढी अन्तर्राष्ट्रिय शैक्षिक परामर्शदाता हुदै हाल केही वर्ष देखि नेपालमा योगदान दिदै आएकी छिन् ।

नेपाल आगमन संगै सन् २०१६ मा फूड फर लाइफ नामक सँस्था नेतृत्वको भूमीका निर्वाह गर्दै मानवता सेवामा प्रवेश गरिन । फुड फर लाइफ (जीवनको लागी खाध्य) गैर मुनाफा,गैर धार्मिक,संप्रदाय निरपेक्ष एक परोपकारी सँस्था हो । जुन नेपाल सरकारमा सन् २०१५ देखि दर्तामा छ ।

फूड फर लाइफ नेपालको कार्यक्रम मध्ये कै एक दैनिक हजारौं बालबालिकालाई दिवा खाजा/खाना (मिड डे फुड )खाना खुवाउने उद्धेश्य बोकेको मुनाफा रहित गैर सामाजिक सँस्था हो । यसले बच्चाहरूलाई सही पोषण प्रदान गर्दै उनीहरूको शिक्षा सहयोग पुर्याउने विश्वास गरेको छ ।

बालबालिकाको शरीरले आवश्यक पौष्टिक तत्व भएको खाना प्राप्त गरेमा उनीहरुको स्वास्थ्य ठिक हुने र ठिक हुँदा सबै कुरा ठिक भै अध्ययनमा पनि उत्तिकै राम्रो हुने उनको तर्क छ ।

हाल फुड फर लाइफले २१ वटा सामुदायिक बिद्यालय(सरकारी बिद्यालय)का बिद्यार्थीहरुलाई दैनिक उनीहरुको स्वास्थ्य र शिक्षा राम्रो होस् भनि कार्यक्रम संचालन गरि रहेको छ ।

बालबालिकाले बजारमा पाइने तयारी अनेक चिजहरुलाई निरुत्साहित गर्दै आहार विज्ञको निर्देशनमा बनाईएको दिवा खाना ६ हजार बालबालिकाले सेवा प्रदान गरि रहेको भट्टराईले बताईन ।

उनले गरेको व्यवस्थापनको क्रममा उनले गैर सामाजिक संस्था(एनजिओ)को आकृतिमा परिवर्तन ल्याउन सफल भएकी छिन् । उनलाई सबै यस्ता मुनाफारहित गैर सामाजिक संस्थाले अद्वितीय रुपमा सहयोग गरेको छ भने यो सबै उनको दृढ संकल्प र अभूतपूर्व नेतृत्वको साथ सम्भव भएको हो ।
.
उनले सरकारी बिद्यालयमा अध्ययनरत र विशेष गरी बच्चाहरू तर्फ जो शिक्षाको रूपमा आधारभूत केही चीजबाट वञ्चित भइरहेका बालबालिकाबाट काम प्रारम्भ गरेको बताइन ।

एक दशकमा उनले धेरैको जीवन परिवर्तन गर्न सफल भएकी छिन । उनले सडकका बालबालिका,टुहुरा,विभिन्न सक्षम व्यक्तिहरू र धेरै कमजोर समूहहरूसँग काम गरेकी छिन् । जसले उनीहरूको जीवनमा सकारात्मक भिन्नता ल्याएको छ ।

उनले नेपालको सवैभन्दा पुरानो र सबैभन्दा ठूलो अनाथालयका लागि संगठनात्मक पुनर्संरचना गरिसकेकी छन।

भट्टराई नेपालको सद्भावना दुत,राष्ट्रिय मानव अधिकार र नेपालका लागि मानवीय महासंघका लागि अध्यक्ष,साहसी पुरस्कार अन्तर्राष्ट्रिय महिला अन्तर्गत प्रतिष्ठित नवौ अन्तर्राष्ट्रिय मानव अधिकार पुरस्कार २०१९ कि बिजेता भै सकेकी छिन ।

यस बाहेक उनी सरकारी स्तर, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर मुनाफा सामाजिक संस्था (एनजीओएस /आईएनजीओएस)विश्व खाद्य कार्यक्रम, कर्पोरेट(सँस्था)प्रतिष्ठानहरू र विभिन्न बैंकहरूबाट उत्कृष्ट परियोजना ब्यवस्थापन कौशलको लागि उनलाई सम्मान तथा प्रशंसा गरिएको छ।

भट्टराई एक आत्म-प्रेरित व्यक्ति हुन् जसले टोलीमा वा स्वतन्त्र रूपमा नेतृत्वको भूमिकाका साथ नयाँ र गतिशील चुनौतीहरूको आनन्द लिइ रहेकी छिन् । उनको संचार कौशल, व्यक्ति व्यवस्थापन क्षमता, सार्वजनिक सम्बन्ध, नेतृत्व कौशल र व्यावसायिकता सबैभन्दा ठूलो शक्ति हो। प्रेम र अनुकम्पा सधैं प्रेरक शक्तिको सबैभन्दा ठूलो स्रोत भएको छ।

उनले सबैलाई बिद्यालयको पौष्टिक खानाको महत्त्व बुझ्न सक्ने गरी उत्प्रेरणा गरेकी छिन । कोभिड-१९ को महामारीमा पनि उनी संवेदनशील समूहहरू जस्तै गर्भवती महिलाहरू,अनाथालयहरू, वृद्ध उमेरका नागरिकहरूको सुरक्षाका लागि सक्रिय रूपमा कार्यरत छिन् । पौष्टिक खाना राहत धेरैलाई प्रदान गरि रहेकी छिन ।

उनले सरकारलाई उत्प्रेरणा गर्न सफल भएकी छिन् भने सरकारले पनि सवै ७ वटै प्रान्तमा उक्त कार्यक्रम लान उनि संग समन्वय गरि रहेको ईनेप्लिजलाई बताईन ।

उनले ल्याएको प्रस्तावलाई सहयोग गरेको छ ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया