‘जीबनको यथार्थ’

रजनी मल्ल न्यु जर्शी, अमेरिका २०७७ असार २४ गते २२:०६ मा प्रकाशित

अनेकौ चोटपटक र रोगबाट बचाइएको शरीर

अनेकौ गरगहना र कपडाले सजाएको शरीर

आफ्नो र अरु भनि नातामा बाडिएको शरीर

जानु छ त् सबैलाई छोडी निर्जीव बनि एकदिन

पन्च तत्वले बनेको तर माया मोहले भरिएको शरीर

अन्त्यमा आइ पन्च तत्व मै मिल्दछ त् एकदिन

आकाश माथि धुवा बनि बिलाउँछ त् एकदिन

माटो मुनि माटो नै बनि हराउछ त् एकदिन

समय आउँछ टप्प टिपी लान्छ कहाँ हो काहा

न त् बृद्ध न त् युवा भन्छ नै यसले कहाँ

न त् बालक न त् बलबान जान्छ नै यसले कहाँ

न त् गरिब न त् धनवान छानिन्छ नै यसले कहाँ

कुन ठाउँ कस्तो गाउ कति छ टाढा त्यहाँ

कसलाई पो थाहा छ र साचो कुरा यहाँ

कुन जात कुन धर्म सोध्दैन रे त्यहाँ

कुन ठुलो कुन सानो जान्दैन रे जहाँ

आफुले गरेको कर्मको मात्रै

लेखाजोखा हुन्छ रे त्यहाँ

न त झुठ, न त घुस नै चल्छ रे त्यहाँ

सकिन्छ भने मीठो सम्झना छोडेर जाऔ त्यहाँ

सकिन्न भने दुख र पिडा नदेऔ कसैलाई यहाँ

रंगमंच सरि नाटक खेल्न आयौ हामी यहाँ

आफ्नो भूमिका निभाएर जानु नै छ त् त्यहाँ

तर

थाहा छैन कसैलाई, कुन दिन गइन्छ त् त्यहाँ

कहाँ अनि कसोगरी अन्त्य पो हुन्छ यहाँ ?

कसैलाई दुख दी बाच्न नपरुन यहाँ

बरु सबै बाट माया बटुली जान पाउ त्यहाँ

न त डराएर मृत्यु देखि भाग्न सकिन्छ नै कहाँ

न त यसलाई झुक्याएर लुक्न सकिन्छ नै जहाँ

न त् कोहि आफुसंग आउछन नै त्यहाँ

न त् आफ्नो सम्पती नै लान मिल्छ नै जहाँ

यो हराइ जाने पलपलको क्षणसंग सम्झौता गासौ
अनि यो धड्किरहने धड्कन हुन्जेल रमाएरै बाचौ।

सक्दो सहयोग र माया बादि सबैको मनमा बसौ

अनि यो अविरल बहिरहने समयको धार संगसंगै

आफु पनि निर्धक्क संग बहु ।

-रजनी मल्ल
न्यु जर्शी, अमेरिका

प्रतिक्रिया