प्रदेश नं १ मा छ जना कोभिड–१९ सङ्क्रमित थप र १५ जना निको भै घरफर्के

मनोज दाहाल २०७७ असार २२ गते २१:३२ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर, २२ असार । प्रदेश नं १ मा आज छ जनामा कोभिड–१९ सङ्क्रमित देखिएको छ ।यसरी सङक्रमित हुनेहरुमा झापामा चार, खोटाङ र सुनसरीमा एक÷एक– जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार झापाको मेचीनगरमा एक, विर्तामोडमा दुई र गौरीगञ्जमा एक, सुनसरीको रामधुनीमा एक र खोटाङको दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकामा एक जनामा कोभिड–१९ रिपोर्ट पोजेटिभ देखिएको छ।

प्रदेशमा कोरोना भाइरस सङ्क्रमितहरुको सङ्ख्या १११ महिला सहित ६७६ पुगेको छ।

प्रदेशबाट आज १५ जना कोरोना सङ्क्रमितहरु निको भै घर फर्केका छन्।

यसरी निको हुनेहरुमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइ रहेका १० महिला सहित १५ जना रहेका छन् । प्रदेशमा अहिलेसम्म निको भै घर फर्केनेको सङ्ख्या ४७२ पुगेको छ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया