रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कार श्रेष्ठलाई

मनोज दाहाल २०७७ असार २२ गते ११:३१ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,२२ असार । स्वतन्त्र सेनानी रमाप्रसाद रिजालद्वारा स्थापित ‘ रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कार’ आज यहाँ मीनकुमार नवोदिन श्रेष्ठलाई प्रदान गरियो।

नेपाल प्रेस यूनियन मोरङद्वारा आयोजित कार्यक्रमा पुरस्कारको राशी नगद रु १५ हजार र सम्मान पत्र रहेकोछ।

प्रदेश नं १ नेपाली काङ्ग्रेस प्रमुख प्रतिपक्ष दलका नेता राजीव कोइरालाले पुरस्कार वितरण गर्दै स्वतन्त्र सेनानी रिजालले लोकतन्त्र ल्याउन र जोगाउन खेलको भूमिकाले हामीलाई प्रेरणा प्रदान गर्दछ भन्नु भयो।

उहाँले पुरस्कारले पत्रकारिता पेशामा स्वतन्त्र, निश्पक्ष व्यवसायिक कार्य गर्न उर्जा प्राप्त हुने धारणा व्यक्त गर्नु भयो ।नेपाली काङ्ेसका प्रमुख सचेतक केदार कार्कीले पत्रकारिता स्थायी प्रतिपक्ष हो र यसले जनतालाई सही एवं तथ्य सूचना पस्कन्छ भन्नु भयो।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले दविएको आवाजलाई न्याय दिलाउन पत्रकारको ठूलो भूमिका हुन्छ भन्दै पत्रकारहरुलाई सहयोग गर्न महानगरले आवश्यक वजेटको व्यवस्था गरेको छ भन्नु भयो।

नेपाल पत्रकार महासङघ प्रदेश अध्यक्ष विक्रम लुईलेटले पत्रकारिता पेशा अहिले संकटमा रहेकोले स्थानीय तहले सहयोग गर्नुपर्नेमा जोड दिनु भयो ।


पुरस्कार संस्थापकका संरक्षक सुभाष रिजालले आगामी वर्षदेखि पुरस्कारको अक्षय कोषमा रकम वृद्धि गरी पुरस्कारको राशी रु २१ हजार बनाउने घोषणा गर्नु भयो।

यूनियनका मोरङ अध्यक्ष कुमार लुईटेल, न्यू सृष्टी दैनिकका प्रधान सम्पादक शंकर खरेल,महासङ्घका मोरङ उपाध्यक्ष कुमोद अधिकारी, पत्रकारहरु लिलावल्लभ घिमिरे, विनोद सुवेदी र पुरस्कृत व्यक्तित्व श्रेष्ठले वर्तमान अवस्थामा पत्रकारहरुको संकट समाधानका लागि सङ्घ, प्रदेश र स्थानीय तहले सहयोग गर्नुपर्नेमा जोड दिनु भयो।

उक्त पुरस्कार यस अघि अजित तिवारी, अभयकुमार राई र शंकर खरेललाई प्रदान गरिएको थियो ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया