गुल्मी बीरबासको घटनामा दार्जुलाका न्यायाधीशको चासो ?

विश्व राज थापा २०७७ असार २१ गते १५:१२ मा प्रकाशित

बुटवल । ज्यान मुद्धा सन्दर्भमा प्रहरीको एकतर्फी आरोप र जबर्जस्ती कुटपीट गरी बयान गराई थुनामा राखिएका गुल्मी बीरबासका बिष्णुप्रसाद कण्डेललाई उच्च अदालत बुटबलले थुनामुक्त गरेपछि दार्जुलाका जिल्ला न्यायाधीश गिरीराज गौतम समेत उनलाई छोडन हुन्न भनी लागिपरेको बुझिएको छ ।

दार्जुला जिल्ला अदालतका एक अधिकारीले कण्डेललाई फसाउन सकेमा गौतमका ससुराली नजिकका सागर सोमैलाई जोगाउन सकिन्थ्यो भन्ने ध्येयका साथ जिल्ला न्यायाधीश जस्तो सम्मानित पदमा रहेर कहिले बुटवल उच्च अदालतका अधिकारीलाई त कहिले सरकारी बकिलको कार्यालयमा फोन गर्नेै गरेको बताएका छन ।

अति मादक पदार्थ सेवन गरी गुल्मी दरबार भोटुकाका मोहनप्रसाद चुडाली घर फर्किने क्रममा चार महिना अगाडि भीरबाट लडेका थिए । भीरबाट लडेका चुडाली अर्को दिन बिहान मृत अबस्थामा भेटिएका थिए ।भीरबाट लडेको अबस्थामा सबै भन्दा पहिले देख्ने र लडेका चुडालीलाई बाटोबाट पञ्छाएर गाडी हिडाल्ने सागर सोमै मुख्य अभियुक्त हुनुपर्नेमा लडेको देख्दै नदेख्ने बिष्णु कण्डेललाई मुख्य अभियुक्त बनाउने काम प्रहरीले गरेको छ । त्यसमा भएको अनेक चलखेलकै कारण प्रहरी र गुल्मी जिल्ला सरकारी बकिलको कार्यालयले एकै खाले राय बनाएका थिए ।

सो घटनामा जिल्ला अदालतले अन्य ५ जनालाई छोडेर बिष्णु कण्डेललाई मात्र थुनामा राख्ने आदेश गरेको थियो । जिल्ला अदालतको आदेशलाई उच्च अदालतले बदर मात्र गरेनकि मोहन प्रसाद चुडाली भीरबाट लडेको तर घुचेटेको भनी प्रहरी र जिल्लाको सरकारी बकिलको कार्यालयले लगाएको एकतर्फी दाबी सहितको आरोपलाई पनि उच्च अदालतले बास्तबिकता नभएको संकेत गरेको छ ।

उच्च अदालतका मुख्य न्यायाधीश बाबुराम रेग्मी र सोही अदालतकै बरिष्ठ न्यायाधीश नारायण पोख्रेलको संयुक्त इजलाशले मोहन प्रसाद चुडाली भीरबाट लडेको भन्ने कुरामा बिबाद देखिएन भनेको छ । बिष्णु प्रसाद कण्डेलले अनुसन्धान अधिकारी र अदालत समक्ष बयान गर्दा समेत मृतकलाई आफुले भीरबाट घचेटको होइन भनी आरोपित कसुरमा इन्कार गरेको भन्दै संयुक्त इजलाशले अनुसन्धान अधिकारीले जबर्जस्ती आफै कण्डेलले घु्चेटेको भनी आरोप लगाएको कुरालाई पनि अदालतले देख्ने वा कोही पनि चश्मदित गबाह भएको देखिएन भनेको छ ।
भीरबाट लडेका चुडालीलाई पहिलोपटक देख्ने र सोही दिन गाडी चलाएर गएका सागर सोमैले भीरबाट लडेकालाई घिसारेर गाडी अगाडि बढाएका थिए त्यो कुरा अदालत समक्ष पनि उनले स्वीकार गरेका छन तर प्रहरी र सरकारी बकिलको कार्यालयले उनलाई कुनै दोष नदेखाउने ठुलो प्रयत्न गरेको र जिल्ला अदालतले पनि बिना धरोटी रिहा गरेको थियो ।

जिल्ला अदालतको सो आदेशलाई पनि बदर गरी उच्च अदालतले पहिलो पटक देखेर पनि कसैलाई खबर नगरेका , लडेका चुडालीलाई सारेर आफनो घरतर्फ लागेका सागर सोमैलाई पनि धरौटी लिन आदेश गरेको छ ।

जब उच्च अदालतले सागर सोमैलाई धरौटी लिन आदेश गरयो त्यसपछि न्यायाधीश गौतम , छत्रकोट गाउपालिका दिगामका बडाध्यक्ष दिलाराम न्यौपाने, अमेरिका बसेर पैसाको रबाफ देखाउने गरेका भानु चुडाली र बुटवलका एका दुइ टण्डन परिबारलाई छटपटी भएको थाहा भएको छ । त्यहि छटपटीले गर्दा भानु अमेरिका उडनु अघि उनले आफनी श्रीमती सहित केहीलाई लिएर बुटवल सरकारी बकिलको कार्यालयमा तत्काल मुद्धा सर्बोच्चमा लैजान निकै दबाब दिएका थिए ।

सो सम्बन्धमा जिल्ला न्यायाधीश गौतमसंग सम्पर्कका लागि कार्यालयमा फोन गर्दा फोन उठाउने अधिकारीले कुनै पनि मुद्धाका सन्दर्भमा पत्रकारहरुसंग कुुरा गर्न नमिल्ने भनी फोन राखिदिए ।

विश्व राज थापा

विश्व राज थापा इनेप्लिजका प्रधान सम्पादक/संस्थापक हुन्।

प्रतिक्रिया