मन्त्री घिमिरेद्धारा स्थानीयवासीको घरदैलो गर्दै योजनाहरुको अनुगमन

मनोज दाहाल २०७७ असार २१ गते ९:५१ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर, २१ असार । प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफ्नो निर्वाचन क्षेत्रका योजनाहरुको आज अनुगमन गर्नु भएको छ।

उहाँले मोरङ निर्वाचन क्षेत्र नं. ४ (ख) मा सांसद विकास कोष र भौतिक पुर्वाधार मन्त्रालयबाट विनियोजित वजेटबाट निर्माणाधिन र सम्पन्न भएका योजनाको अनुगमन गर्नु भएको हो।

मन्त्री घिमिरेले योजनाको अनुगमन गर्नुका साथै जनताका समस्याबारे घरदैलोमा पुगी जानकारी लिनु भयो।

क्षेत्र नं. ४ (ख) अन्र्तगत विराटनगरमा –८ का योजनाहरु आरके चिल्ड्रेन अगाडिको सडकका लागि रु ५२ लाख, जयनेपाल मार्ग कालिका मार्गका लागि रु २१ लाख ४० हजार, अशोक चोक खानेपानी आयोजनाका लागि रु १ करोड, समता मार्गका लागि रु २० लाख, निर्मल जल मार्गका लागि रु १० लाख, छठिमाई मन्दिर विश्वकर्मा चोक बलुबाहीका लागि रु १० लाख छुट्याएको छ।

यसैगरी बलुवाही सामुदायिक भवनका लागि रु १० लाख, ज्ञानकुन्ज स्कुल बलुवाहीको शौचालय निर्माणका लागि रु ५ लाख, अमर सेवा समितिको सामुदायिक भवन निर्माणका लागि रु ४० लाख, महेन्द्र माविको खानेपानी निर्माणका लागि रु ५ लाख, बद्रीनारायण मार्ग ज्ञानबहादुर कार्कीको घर जाने सडकका लागि रु १० लाख, बालगोपाल टोल मिलन मार्गका लागि १० लाख र विराटेश्वर बृद्धाश्रमका लागि रु ४ लाख रुपैयाँ विनियोजन भएको छ।

उहाँले विराटनगरका –८ का वासिनदाहरुसँग योजना वारेमा छलफल गर्नुका साथै योजना निर्माणबाट नागरिक खुशी भएका थिए ।सो अवसरमा उहाँलाई स्थानीय वासिनदाहरुले समस्या बारे जानकारी गराएका थिए।

उहाँले निर्माण सम्पन्न भएका र निर्माणाधिन एक दर्जन बढी योजनाहरुको अनुगमन गर्नु भएको थियो ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया