प्रम,मन्त्रीका पोष्टका लागि देशमा भाँडभैलो भो!!

शारदा क्षेत्री २०७७ असार २० गते १६:४९ मा प्रकाशित

प्रम,मन्त्रीका पोष्टका लागि देशमा भाँडभैलो भो!!
यसो कबितामा तितोसत्य कोर्न मनमा लागेको !!

काम कुरो एकातिर कुम्लोबोकि ठिमी तिर जान्छन् !!
फुट्ने र जुट्ने गर्दै कहिले यता कहिले उता लाग्छन् !!

जुन पार्टी पोष्टमा गए पनि काम छैन ई झोले नेताको !!
चुनावमा जनतालाई झुक्याएर बनाउछन् यतानउताको!!
अब जनता चुप लागेर नबस एकता कायम गर बुझेर!!
कतिन्जेल् बस्छौ नेपाली ई भ्रष्टे नेताहरूको झगडा सुनेर !!

देशमा बिकास त आकाश को फल आँखा तरि मर बनाय!!
संसद भवन भित्र जुहारि खेलेर सदनमा निकास खन्याय!!
गाउँ र देशको बिकास जनताले आफै आफै गर्नु पर्ने !!
रेमिटान्स कर उठाएर ,राहत ले नेता कर्मचारी मस्ति गर्ने !!

तीन करोड जनतामा डेढ करोड पत्रकार नेता छन कर्मचारी!
गरिब जनताको रगत पसिना चुसेर मनपरि गर्छन भ्रष्टाचारि
गाउँ देखि ७ प्रदेशका राजालाई आलिसन् महल कार चाहियो
असारमा बजेट निष्काशनगरि सदनभित्र सबै बिकास गराईयो

हस्पिटल का डाक्टर देखि नेता बेपारी सम्म सबै जनता मारा
सबै सबै पार्टीका कार्यकर्ता हरु भ्रष्टाचारि ई हुन देश लुटेरा।
देशर जनताको हितमा काम गर्न नपर्ने सधै नेता हौ भन्ने !!
ताक परे तिवारी नत्र गुण्डा गर्दि भ्रष्टाचार गर्न पछि नपर्ने !

देश र जनताको हितमा बोल्ने काम गर्ने लाई पछि पार्छन्
आफ्नो पक्षमा नबोल्ने लाई अनेकौं लान्छना लगाउछन्
सिमानामा जोगाउन जनता लड्छन् ज्यानको बाजि राखि
सदनमा मारामार तानातान छ पोष्ट जोगाउन पाउनको लागि

 

प्रतिक्रिया