मंगलबार, साउन २७ २०७७
काठमाडौं १५:४७
वासिङटन डिसी 06:02

‘काजल’ लिएर आए सुनिल, अर्जुन र सुरेश

इनेप्लिज २०७७ असार २० गते २:२४ मा प्रकाशित

 


काठमाडौं– गीतकार अर्जुन रत्न भिखारी द्वारा रचना गरिएको सुगम सुंगीतमा आधारित नयाँ गीत ‘काजल…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

लोकप्रिय संगीतकार सुनिल मास्केद्वारा संगीतबद्ध उक्त गीतमा गायक सुरेश लामाको स्वर सुन्न सकिन्छ । गायक लामा युवा पुस्तामा लोकप्रिय मानिन्छन् ।

शुक्रवार ओएसआर डिजिटलबाट सार्वजनिक भएको उक्त भिडियोले कम समयमै दर्शकको मन जितेको ।गीतले पाएका प्रतिक्रियाहरुले यसका सर्जकहरु उत्साहित भएका छन् । उक्त गीतमा सञ्जीव बराइलीले संगीत संयोजन गरेका छन् । ए वान म्युजिसियनका किशोर थापाले गीतलाई मिक्स तथा मास्टर गरेका हुन् ।गीतको म्युजिक भिडियोले पनि उत्तिकै प्रशंसा पाएको छ ।

युवराज वाइवाद्वारा निर्देशित उक्त गीतको भिडियोमा अभिनेत्री मरिष्का पोखरेल तथा मोडल समिर खनालले अभिनय गरेका छन् ।

लोमस पौडेलको सहायक निर्देशनको यो भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् भने विकास दाहाल यसका सम्पादक हुन् ।

यस्तो छ भिडियो

प्रतिक्रिया