ब्यङग्य कविता:कृषि प्रधान शरिर

अर्जुन राज पन्त २०७७ असार १६ गते १:११ मा प्रकाशित

फुकालेर हरका लुगा धानका बिउले छाेपी
काेहिले लाछन शीरै माथि बनाएरै टाेपी

सम्मान हाे कि अपमान हाे बिचित्रै छ आज
हरकाे बश्त्र हटाएर बिउले छाेप्छन लाज !

फाँटैभरि राेपिने बिउ हाेटल भित्र गा छ
मनि प्लान्टकाे हाँगाे सरि गमलामा ला छ

गमलामै फूलाेस फलाेस त्यँहि झुलाेस बाला
जस्ले राेप्छ गमलामा त्यसले त्यही खाला!

नभरिएमा उसकाे भुँडि त्याे धानका भातले
गमलाकै माटाे खावस उभाएर हातले

कसैको छ शीरै माथि टाेपी जस्तै गरि
देखिएकाे टाउकाे पनि खेतकाे गरा सरि

उखरभुमी त्याे टाउकाेमा क्यारि बिउ उम्राे?
थाेपराे कि हिलाे कतै मार्छु भनि जुम्राे!

ढाक्नु पर्ने तिम्रा अङ्ग धानका बिउले छेक्दा
लत्रिएर तन्द्रयाङतुन्द्रुङ लटा सरि देख्दा

तर्सिएलान बच्चा-बच्ची बनमान्छेमा गनि
साताे जाला तर्सिएर यसले छल्छ भनि !

लाेभिएर बाख्रा बाेका आउलान त्यहि चर्न
तिम्रा हरकाे धानकाे बिउले उनकाे भुँडी भर्न!

पात्तिएकाे मार्चे बाेकाे प्यासकाे सधै भाेकाे
लम्किएर अाउला त्यतै पुरा गर्न धाेकाे

धर्ती स्वरुप नारी शरिर बश्त्र लगाइ छाेप
दुईटै मात्रै किन नहोस गाभा खेतमै राेप

बाँझै छाडि खेत सबै राेपाँइ शरिर भरि
बश्त्र सरि धानकाे बिउ कम्मर वरिपरि

कृषि प्रधान देशमा आज कठै यस्तो चाला
धानको विउका भित्रि बश्त्र अनि गलामाला !

खेतैभरि बनमारा घाँटी भरि धान छ
बिदेशी त्याे रड्डी चामल मिठाे मानि खान्छ !

धानकै बिउकाे माला बश्त्र अनि माथि केश
कृषि प्रधान शरिर भयाे भएन नि देश

-अर्जुन राज पन्त (ब्यङग्य कवि पन्त नेपाली साहित्यकाे पहिलाे ब्यङग्य काब्य काेइलीका समेत लेखक हुन)

 

प्रतिक्रिया