बसन्ता जैविक मार्ग अतिक्रमणको चपेटामा ,वन प्रशासन मुकदर्शक

वीरेन्द्र रावल २०७७ असार १५ गते २२:३५ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी,असार १५÷ कैलाली जिल्लाको धनगढी वन डिभिजन अन्तरगत पर्ने बसन्ता जैविक मार्ग र सो आसपासका वन क्षेत्रमा व्यापक रुपले हरिया सालका रुखहरु कटानी हुनुका साथ साथै वन क्षेत्र अतिक्रमणको चपेटामा पर्न थालेको छ ।

कैलाली जिल्लाको कैलारी गाउँपालिका देखि उत्तरपूर्व हुँदै रतनपुरपवेराको पूर्वी भागमा पर्ने अन्तरारष्ट्रिय जैविक मार्गमा हरिया सालका रुखहरु कटानी हुनुका साथ साथै वन क्षेत्र दिनानु दिन अतिक्रमणको चपेटामा पर्दै जान थालेको भएपनि वन प्रशासन भने मुकदर्शक बनेको देखिन्छ।

गौरीगंगा नगरपालिकाको दक्षिणपूर्वी सीमाना हुँदै कैलारी र हसुलिया क्षेत्रको पूर्वउत्तर तर्फको ठूलो वन क्षेत्र दिनप्रतिदिन अतिक्रमण हुँदै घर टहरा निर्माण गर्ने र खेतीपाती गर्ने कार्य धमाधम भैरहँदा पनि अतिक्रमण हटाउने बिषयमा वन प्रशासनले कुनै चासो नदेखाएको स्थानीयको गुनासो रहेको छ।

वसन्ता जैविक मागृमा पर्ने वन क्षेत्रमा वैज्ञानिक वन बनाउने र जैविक विविधताको नास गर्ने कार्यमा पनि वन प्रशासन लागि परेको स्थानीयको गुनासो रहेको छ।

गौरीगंगा नगरपालिकाको वडानम्बर ११ मा पर्ने पञ्चवटी र हरिओम सामुदायिक वनमा समेत वैज्ञानिक वन बनाउने नाममा हरिया साल,अस्ना लगायतका रुखहरु नष्ट गर्ने कार्यहरु भएको छ।उक्त क्षेत्र वसन्ता जैविक मार्ग अन्तरगत पर्ने गर्दछ तर कानुनी रुपले जैविक मार्गमा कुनै पनि कार्य गर्न रोक लगाइएको अवस्था हुँदा हुँदै वन माफिया,वन डिभिजन कार्यालय धनगढीको संलग्नतामा सो क्षेत्रमा ठूलो परिणाममा हरिया साल र अस्नाका रुखहरु कटानी भएको पाइएको छ ।
यसैगरी बन्दा बन्दीको अवस्थामा पनि उदासीपुरमा रहेको सरस्वती सामुदायिक वनमा पनि वैज्ञानिक वनको नाममा रुखहरु कटानी भएको कुरा उदासीपुस्थित एक स्थानीये आफ्नो नाम उल्लेख नगरि दिने शतृमा बताउनु भएको छ।

वातावरणीय दष्टिकोणले एकदमै संवेदनशील क्षेत्रको रुपमा लिईने वसन्ता कोरिडोर क्षेत्रमा र सो आसपासका वन क्षेत्रमा वैज्ञानिक वन बनाउने कार्य गैर कानुनी भएको अवस्थामा पनि वन प्रशासनले ठूलो कमिशनको लोभमा आँखा चिम्लेर वैज्ञानिक वनको कार्ययोजना पास गरेर हरिया साल र अस्नाका रुखहरुमाथी धावा बोलने कार्य भएको आम स्थानीयको आरोप रहेको छ।

गौरीगंगा नगरपालिकाको खुरखुरैया देखि दक्षिण वन कनरी र त्यस गाउँ संग जोडिएको ठूलो वन क्षेत्रमा व्यापक रुपले अतिक्रमण हुँदा वन प्रशासनलाई खबर गर्दा सम्म पनि अतिक्रमणकारी र हरिया सालका रुखहरुमाथी धावा बोल्ने व्यक्तिमाथी कुनै प्कारको कारवाही हुन नसकेको गुनासो आम वनकनरीका संरक्षणप्रेमीहरुको गुनासो रहेको छ । कैलारी गाउँपालिकाको वडानम्बर ९ अन्तरगत पर्ने कनरी वन क्षेत्रमा व्यापक अतिक्रमण भैरहेको भएपनि वन प्रशासले किन अतिक्रमणकारी र काठ कटानी चोरी गर्ने व्यक्तिमाथी किन कारवाही हुन सकेन भन्ने प्रश्नको जवाफमा धनगढी वन डिभिजन कार्यालयका वन अधिकृत रामचन्द्र कँडेलले वन कनरी क्षेत्रमा गाउँलेको विचमा विवाद भएका कारण दोषीलाई पक्राउ गर्न नसकिएको र बर्षातका कारण घटनास्थलमा पुग्न नसकिएको जवाफ दिनु भयो । उहाँले गाउँलेको आपसी विवादका कारण गाउँमा एक जनालाई कारवाही थाल्ने हो भने सारा गाउँनै फँस्ने अवस्था रहेको आफुले पाएको बताउनु भएको छ । स्थानीय समाज सुधार सामुदायिक वनमा भैरहेको अनियमितता,हरिया सालका रुखहरु कटानी देखि लिएर वन जंगल अतिक्रमण हुँदा सम्म पनि वन डिभिजन कार्यालय धनगढीले अतिक्रमण हटाउने र दोषीमाथी कारवाही गर्ने दिसामाचाँसो नदेखाएका कारण पनि कतै वन कर्मचारीपनि काठ तस्करी र अतिक्रमणमा संलग्न छैनन् भन्ने शंका उत्पन्न भएको छ।

कैलारी गाउँपालिकाको वडानम्बर ९ वनकनरी क्षेत्रमा राष्ट्रिय र सामुदायिक वन क्षेत्रमा पनि व्यापक रुपले अतिक्रमण भैरहँदा सम्म पनि वन डिभिन कार्यालयले र सम्बन्धीत सबडिभिजनले के हेरेर बसेको भन्ने प्रश्नको जवाफमा फुलवारी सव डिभिजन कार्यालयका प्रमूख निराजन कडालले बर्षातका कारण घटना स्थल पुग्न नसकेको, स्थानीय समुदायको साथ नपाएको जस्ता जवाफहरु दिनु भएको छ।

यस्तै हालै मात्र वन कनरी क्षेत्रमा २० वटा भन्दा रुखहरु राष्ट्रिय र सामुदायिक वन क्षेत्रमा कटानी हुँदा सम्म पनि वन क्षेत्रमा पुगेर फर्केका वन कर्मचारीहरुले आन्तरिक मिलेमताको आधारमा दोषीलाई कारवाही नगरेर वन कर्मचारीहरु फिर्ता भएको आरोप स्थानीय राज चौधरीको रहेको छ ।स्थानीय जनप्रतिनीधी, समाज सुधार सामाुदायिक वनका अध्यक्ष देखि लिएर वन समितिका पदाधिकारीहरुका घर ,खेत र घर आसपासका ठाउँमा हालै कटान भएका रुखका गोलियाहरु रहेको भन्ने जानकारी वन डिभिजन कार्यालयलाई दिंदासम्म पनी दोषी पत्ता लगाउन नसक्नुले वन प्रशासनको नियतिमाथी प्रश्न चिन्ह खडा गरिदिएको छ । लगायतका जैविक मार्ग अन्तरगत पर्ने वन क्षेत्र पदकैलाली जिल्लाको मध्यवर्ती क्षेत्र अन्तरगत पर्ने कैलारी गाउँपालिका वडानम्बर ९ स्थित समाज सुधार सामुदायिक वन उपभोक्ता समूहको हातमा अवैध रुपले हरिया सालका गोलियाहरु कटानी गरिएका समेत स्थानीय प्रकाश चौधरीले बताउनु भएको छ ।

उहाँले भन्नु भयो– ६ देखि ७ जना ठूला ठालु भनाउँदा देखि सामुदायिक वनका पदाधिकारीहरु समेतले काठहरु लुकाएर राखेको अवस्थामा वन प्रशासनलाई जानकारी गराउँदापनि हालसम्म घटनास्थलमा गएर छानविन गर्ने र दोषीमाथी कारवाही नहुनुले वन कर्मचारीमाथीनै शंका उत्पन्न भएको छ।

जैविक मार्गमा अतिक्रमण बढ्नु,वन क्षेत्रमा घर टहराहरु निर्माण गर्ने लगायतका कार्य भैरहाँ सम्म पनि वन डिभिजन कार्यालय धनगढीले अतिक्रमण नियन्त्रण गर्ने मामिलामा चासो नदेखाएका कारण समस्या झन बल्झिदै जान थालेको छ।

लामो सयमदेखि अवैत्र तस्करी,काठ कटानी र राष्ट्रिय वन क्षेत्र अतिक्रमण गर्नेमाथी कारवाही नहुनुका पछाडी भ्ष्ट र घुस्याहा वन कर्मचारकिा कारण mअतिक्रमणले संस्थागत रुप लिंदै जान थालेको स्थानीयको आरोप छ।

एक स्थानीयले आफ्नो नाम उल्लेख नगरिदिने शर्तमा भने– के गर्ने हजुर रुखहरु कटानी भयो, आउनु पर्यो भनेर वन पदाधिकारीलाई बोलायो भने उल्टै तस्कर,ठूला बडाको घरमा बसेर एक दुई गोलियाको बरामदी मुचुल्का बनाएर मुद्धा कमजोर बनाउने र रकम झुवा हान्न पल्केका वनकर्मचारीका कारण सो क्षेत्रको वन विनासको चपेटामा पर्दै जान थालेको हो । तस्करमाथी कारवाही गर्न नसक्ने वन प्रशासनको भूमिकाथी निकै ठूलो संका उत्पन्न भएको पनि र्ती व्यक्तिले बताउनु भयो।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया