मिलन नेवार र राजनराज शिवाकोटी एकै साथ नयाँ म्युजिक भिडियोमा

इनेप्लिज २०७७ असार १५ गते ११:३२ मा प्रकाशित

आज असार १५ का दिन सार्वजनिक भएको “तिमी उता म यता“ गीतमा शब्द संगीत राजन राज शिवकोटीको रहेको छ भने गायिका मिलन नेवार संगको यूगल गायन रहेको छ । तयार भएको गीतको म्युजिक भिडियोमा गायक गायिका आँफैले अभिनय गरेका छन् ।

केही दिनअघि दक्षिणकालीमा छायांकन भएको यो गीतमा लामो समयसम्म एक–आपसमा भेटघाट हुन नपाउँदाको अवस्थाको पीडा र भेट हुने आशा सहितको भावनालाई व्यक्त गरिएको छ । भिडियोमा नायक नायिका को छोरी को रूपमा राजनका कान्छि छोरी आरिश्मा शिवकोटीको पनि अभिनय रहेको छ ।

भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका हुन् भने उत्सव दाहालले यसलाई छायांकन गरेका हुन् । सार्वजनिक भएको गीतको म्युजिक भिडियोमा मिलन र राजनराज शिवाकोटीलाई कलात्मक ढंगमा देखाइएको छ ।

१।चरिले काफल टिप्यो
२। ठेकिमा दही
३। गुलेलिले ह़ान्दिउकी
जस्तै धेरै गितहरु शिवाकोटी र मिलनको युगल स्वरमा लोकप्रीय रहेका छन् ।

स्वर : मिलन नेवार, राजन राज सिवाकोटी
शब्द÷संगित : राजन राज सिवाकोटी
बाल कलाकार : आरिश्मा सिवाकोटी
एरेन्ज : सन्दीप कार्की
रेकर्डिस्ट : किरण बिक
मिक्सिङ मास्टरिङ : स्याम स्वेत रसाइली
श्रृंगार : इन्दिरा महर्जन
प्रोडस्कन म्यानेजर : दिपेन गौतम
छायाँकन : उत्सव दाहाल
सम्पादन : विकास दाहाल
निर्देशन : राजेश पुमा राई

प्रतिक्रिया