सितला माजु गीतको सम्झनामा नेपालभाषा गीत प्रतियोगिता हुने

कुमार बज्र २०७७ असार १५ गते ११:०६ मा प्रकाशित

२२३ वर्ष पहिले रणबहादुर शाहले बिफर रोग  फैलिंदा काठमाडौंका बाल बालिका र उनको परिवारलाई काठमाडौंबाट जबर्जस्ति पूर्वमा तामाकोसी र पश्चिममा मर्स्यान्ग्दी पारि धपाउँदा त्यो बेला काठमाडौंबासीहरुलाई कोरोना भन्दा कयौं गुणा ठुलो बेदना भएको पिडा पोखेर गाइराखेको ऐतिहासिक सितला माजुको गीत र पुर्खाको पिडाको सम्झनामा नेपालभाषा गीत प्रतियोगिता हुने भएको  छ l

साथै नेपालभाषाको गीतलाई स्तरीय बनाउन तथा भावि पिधिंलाई प्रोत्साहन दिन नेपालभाषा गीत अक्षयकोष पनि गठन हुने भएको छ l

कोरोनाले गर्दा लक्डाउनको अवस्थामा आफ्नै घरमै बसेर गीत गाएर आफुले खिचेको भिडिओ क्लिप  email : [email protected] मार्फत जुलाई ३१ तारेख भित्र पठाउन सकिनेछ l

ह्याउँ निभा टाईम्स र ग्लोबल नेपाल नेटवर्कको संयुक्त आयोजनामा सो कार्यक्रमको आयोजना हुन लागेको हो l उक्त प्रतियोगिताको मेडिया पार्टनर च्यानल एस र आर्थिक संयोजक सुनिल कुमार शाक्य रहनु भएको छ l उक्त प्रतियोगितामा सहभागि कलाकारहरुको प्रस्तुति च्यानल एस द्वारा प्रशारण गरिनेछ l

सो प्रतियोगितामा संसारभरका जसले पनि भाग लिन सकिनेछ तर गीत भने नेपाल भाषाको हुनु पर्ने जनाएको छ l

सो प्रतियोगिताको पहिलो दोस्रो तेस्रो गरी बिभिन्न चरणमा गर्ने योजना रहेको छ l १००० जना भन्दा बढी सहभागि हने आशा गरेको उक्त प्रतियोगितामा प्रथम हुनेलाई रु १,००,०००(एक लाख ) दोस्रो हुनेलाई रु ५ ०,००० र तेस्रो हुनेलाई रु २५,००० र पांच जनालाई प्रतियोगितामा उत्कृष्ट नेवार भेष भुषा झल्किने पहिरन र सान्त्वना पुरस्कार स्वरूप दश/दश हजारको व्यवस्था गरिएको आर्थिक संयोजक शाक्यले जानकारी दिनुभयो ।

ऐतिहासिक सितला माजु गीत रेकर्ड :

https://soundcloud.com/setopati_multimedia/sitala-maju?fbclid=IwAR0SFKYo-xE9aJDPXZA1E8XuiorZQDT-2Z2_sTlTei32We64DBtVrHNypkA

काठमाडौंमा महामारी हुँदा स्थानियलाई देश निकाला गर्ने राजाअनि उनिहरुको रक्षा गर्ने शितला माजू (भिडियो हेर्नुहोस )

https://www.swadeshnepal.com/2020/06/182947/?fbclid=IwAR2ut8dXbAWi3Weehedu9Ctx5U7KGyym-Vs8brzvYQhzQC3jdeA4mQZ2ACo

प्रतिक्रिया