” आमा”

कमला प्रसाईं, हाल न्यूयोर्क २०७७ असार १२ गते २२:३९ मा प्रकाशित

छाम्छु ओछ्यानमा आमालाई निन्द्रामा पनि
बालापनको याद अझै ताजै छ।
फेरि पनि आमाको काखको न्यानो माया पाउन
किन- किन आज पनि यी आँखाहरु आतुर छन् ।

तिम्रा ती नि:स्वार्थ पनहरु सङ्ग नजिक भैदिएकी भए
कास आज पनि हरपल बिताउने थिए आमा तिमीसङ्गै।
हरेक चाडपर्व सङ्गै तिमीलाई खोजेकी हुन्छु आमा ।
किन- किन तिमीविना आकाश पनि खुलेको देख्दिन्
आमाको तृसनाले बादलहरु पनि मडारिएको देख्छु ।
आँखाका सपना अनि विपनाहरु आमाविना अधुरो लाग्छन्
हिजोको बालापनको ईतिहास बिर्सना खोज्दा पनि
किन – किन बिर्सन सक्दिन सक्दिन आमा ।
जस्तै अँध्यारो औसींको रात पनि
तिम्रो छाँयाले उज्यालो बनाउने गर्दथ्यौ आमा।
साँच्चि नै तिमी विना र तिम्रो आशीर्वाद विना सन्तानको
भविष्य अधुरो हुन्छ !
आमा तिम्रो माया त संसार कै पवित्र माया
आमा तिम्रो माया त संसार कै पवित्र माया।।।

कमला प्रसाईं, हाल न्यूयोर्क

प्रतिक्रिया