प्रेस विज्ञप्ती – गैर आवासिय नेपाली नागरिकता सम्बन्धमा

इनेप्लिज २०७७ असार ७ गते २३:०८ मा प्रकाशित

मितिः जुन २१, २०२०

सम्पूर्ण गैर-आवासिय नेपाली दाजुभाई तथा दिदीबहिनिहरू,

गैर आवासीय नेपालीहरुको लामो संघर्ष र पहलको परिणाम स्वरुप नेपालको संविधानले सुनिश्चित गरेको गैर आवासीय नेपाली नागरिकता संबन्धि कानूनी प्राबधानले पूर्णता पाउने प्रकृया थप एक कदम अगाडि बढेको कुरा सम्पूर्ण गैर आवासिय नेपालीहरूमा सहर्श जानकारी गराईन्छ । गैर आवासीय नेपालीहरुले सहज रुपमा नागरिकता प्राप्तिको सवालमा आबस्यक कानुनी ब्यबस्थाकोलागि गैर आवासीय नेपाली संघ अमेरिकाले गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद मार्फत र अन्य माध्यमबाट पहल गरिरहेको कुरा विदित नै छ । यस घडिमा हामी एनआरएन अमेरिका (१७-१९) ले गैरआवासिय नेपाली नागरिकता प्राप्त गर्दै गर्दा हाम्रो मातृभुमि नेपालमा हाम्रो अस्तित्व एवं हक़, अधिकारहरु सुनिश्चित गर्न र आफ्नो मातृभुमीप्रती एनआरएनको आगामी वंशज (Generation) को पनि अटुट सम्वन्ध रहिरहोस भन्ने हेतुले एनआरएनए अन्तरराष्ट्रिय समन्वय परिषद संग समन्वय गरेर ब्यबस्थापिका संसदको राज्य ब्यबस्था तथा सुसासन समिति तथा बिभिन्न राजनीतिक दल संग पहल गर्नको लागी नेपालको नागरिकता ऐन २०६३ को सशोंधन बिधेयक उपर छलफल भैराखेको अवस्थामा तत्कालिन उपाध्यक्ष जेदु पोखरेल र बोर्ड सदस्य संजय थापा गरी दुइजना प्रतिनिधि नेपाल पठाएको कुरा स्मरण गराउन चाहन्छौं ।

नेपालको ब्यवस्थापिका संसदको राज्य व्यवस्था समितिबाट गैर-आवासिय नेपालीको लागि आर्थिक, सामाजिक र सॉस्कृतिक अधिकारहरु आम नेपाली सरह उपभोग गर्न पाउने गरी गैर-आवासिय नेपाली नागरिकता प्राप्त गर्ने गरी बिधेयक पारित हुनुले आम गैर-आवासिय नेपालीहरूमा खुशी छाएको छ । अब शिघ्र नै प्रतिनिधिशभा तथा राष्ट्रियशभाबाट पारित भइ “एकपटकको नेपाली सधैकोलागी नेपाली’’ भन्ने नाराले वैधानिकता एवं सार्थकता पाउने कुरामा हामि बिसवस्त छौं । यस कार्यका लागि सुसासन तथा राज्य ब्यबस्था समिति प्रति गैर आवसिय नेपाली सघ राष्ट्रिय समन्वय परिषद अमेरिका हार्दिक आभार प्रकट गर्दैछ ।

भवदीय,
पशुपति पाण्डे
महासचिव
गैर आवासीय नेपाली संघ, अमेरिका

प्रतिक्रिया