गायिका शोभा पाण्डेको देशभक्ति गीत नेपाल प्यारो’ सार्बजनिक

विश्व राज थापा २०७७ असार ६ गते १७:०५ मा प्रकाशित

काठमाण्डौं ।
म जे जे हु, म जस्तो हु ,यही माटोको उत्पती हु
यही फुल्नु छ ,फक्रिनु छ ,यही देशको सम्पती हु
मैले बत्ती बलेर बल्नुछ ,देशको धड्कन बनेर चल्नु छ
नेपाल ,प्यारो ,प्यारो ,प्यारो नेपाल ।

गायिका शोभा पाण्डेको स्वरमा सजिएको नँया देशभक्ति गीत नेपाल प्यारो’ छ को अशं हो यो । सरकारले संबिधान संशोधन गरेर भारतले अतिक्रमण गरेको भुमीलाई बैधानिकता दिएका बेला गायिका पाण्डेको देशभक्ति भावनाले ओत प्रोत भएको गीत सार्बजनिक भएको छ ।

यसअगाडि पनि थुप्रै गितमा स्वर भरेकी गायिका पाण्डेले जन्मभुमी नेपाल निकै प्यारो छ , देशको म सम्पती भएकाले देशको लागि जिउने र देशकै लागि मर्ने भाब पनि गीतमा ब्यक्त गरेकी छिन् ।

सडक देखि संसद सम्म राष्ट्रियताको बहस भैरहेको बेला यस गितले राष्ट्र प्रेमलाई उजागर गरेको छ । युटुब मार्फत सार्बजनिक भएको यस गितमा बरिष्ठ गीतकार डा कृण्णहरी बरालको रचना र गैरे सुरेशको संगीत रहेको पत्रकार दीपु पोख्रेलले जानकारी गराएकी छिन ।

 

विश्व राज थापा

विश्व राज थापा इनेप्लिजका प्रधान सम्पादक/संस्थापक हुन्।

प्रतिक्रिया