लक डाउनले थिचिएको गरिवहरुको जीवन

वीरेन्द्र रावल २०७७ जेठ ३२ गते १९:११ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी, जेठ ३२
धनगढी, जेठ ३२ ÷ बन्दाबन्दीका कारण विद्यालय बन्द भएको मौका छोपेर १४ बर्षिया बालिका कैथुरी शाही बन्दाबन्दीको सदुपयोग र आमा बुवाआमा सघाउनका लागि कष्टपूर्ण काम गर्न बाध्य छिन्।

बिद्यालय बन्द भएको र मजदुरी गरेर साँझ विहानको जोहो चलाउन सहयोग गर्नुहनु बुवा आमाको पनि रोजगारी नभएको अवस्थामा कमललो कुमाला गाउँमा बन्न लागेको बिद्यालय भवनका लागि प्रयाग हुने सिमेन्ट प्रति बोरा ३५ का दरले ढुवानी गरिरहेकी छिन्।

बुबा आमाको रोजी रोटी चलाउने माध्यमनै नभएको अवस्थामा घरमा खाली बस्नु भन्दा दुई चार दिन काम गरेर भएपनि सुर्खेत र कैलाली जिल्लाको सीमानामा पर्ने कर्णाली नदीलाई झुलोङगे पुलले जोडिएको कैलाली जिल्लाको मोहन्याल ६ सोल्टाबाट कुमाला गाउँसम्म दुई किलोमिटर सम्मको दुरीमा प्रति बोरा ३५ का दरले सिमेन्टको भारी पिठ्युमा बोकेर घरखर्चको जोहो चलाउनु परिरहेको कैथुरी शाहीले बताउनु भएको छ।

१४ बर्षिया बालिका कैथुरी शाही आफ्ना बुबा आमालाई सघाउनका लागि गहुको भारी बोक्न बिबस छिन्।

कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडानम्बर ६ सोल्टा संग जोडिएको सुर्खेत जिल्लाको चौकुने गाउँपालिकाको वडानम्बर ६ कुमाला गाउकी १४ बर्षिया कैथुरी शाही ५० किलोको गहुको भारी सिमेन्टको भारी सकिनसकि बिद्यालय निर्माणका लागि प्रयोग हुने सिमेन्ट बोक्ने र समयको सदुपयोग गर्नका लागि काम थर्न थालेको बताउनु भएको छ।

उहाँ जस्तै २९ बर्षिया धौशी बिकले पनि प्रति कटठा ३५ का दरले बिद्यालयको सिमेन्ट बोक्न थालेको बताउनु भयो । उहाँले भन्नु भयो– लक डाउनका कारण घरमा खान लाउनको समेत समस्या छ । खेती पाती खासै छैन । बर्षभरी खान पुग्ने बारी पनि छैन । गाउँघरमा साना तिना कामहरु भेटाएपछि गरिन्थ्यो त्यो पनि लक डाउनले बन्द भएपछि बिद्यालयको सिमेन्ट बोक्ने कार्यमा लागेको बताउनु हुन्छ धौशी बिक।

यस्तै अर्की मना बिक पनि घर खर्च चलोस भन्नका लागि भएपनि बिद्यालयको सिमेन्ट दुई तीन दिनसम्म बोक्ने काम पाएकाले घर खर्चका लागि भएपनि जोहो चल्ने देखेरै घरमा दुधे बालक छोडेर भारी बोक्ने कामकोसुरुवात गरेको बताउनु भएको छ।

सो गाउँका अधिकाँश पुरुषहरु भारतको कलापहाड,हल्दवानी, नैनिताल लगायतका क्षेत्रमा गएर मजदुरी गर्ने गरेको भए पनि लक डाउनका कारण भारतमा पनि काम काज बन्द भएपछि उनिहरु बेतलबी नेपाल फर्केको पनि बताइएको छ।सो क्षेत्रका अधिकाँश मानिसहरु भारी बोक्ने, मजदुरी गर्ने लगायतका कार्यहरु गरेर आफ्नो जीविको पार्जन चलाउँदै आएको भए पनि लक डाउन लगायतका कार्यले कामकाज केही पनि नभएको बताउनु भएको छ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया