नेपाल बाल संगठनको समग्र अवस्था भन्नुपर्दा अहिले तरल अवस्थामा छ-गणेशभक्त श्रेष्ठ

इनेप्लिज २०७७ जेठ २९ गते २१:३६ मा प्रकाशित

केन्द्रिय महासचिव गणेशभक्त श्रेष्ठ

नेपाल बाल संगठन सारा नेपालीका बिच चिर परिचित संगठन हो । देशका ७७ जिल्लामा शाखा भएको नेपालकै एकमात्र सेवा मूलक संस्थाको रुपमा स्थापित भैसकेको संस्था पनि हो नेपाल बाल संगठन ।नेपालमा बाल संगठनको स्थापनाको मूल उद्देश्य भनेको केवल टुहुरा,अनाथ, घरबार बिहीन र अविभावक विहीन अवस्थाका बालबालिकाहरुको संरक्षण,पालन पोषण,स्वास्थ्य र शिक्षा दिक्षा निःशुल्क रुपले दिने मूल उद्देश्यका साथ नेपाल बाल संगठनको स्थापना भएका हो । यसैबिच नेपाल बाल संगठनका केन्द्रिय महासचिव गणेशभक्त श्रेष्ठ कैलालीको धनगढीमा पुगेको अवसरमा उहाँसंग संगठनका गतिविधीका बारेमा गरेको कुराकानीका केही अंशहरु :

प्रश्न नेपाल बाल सगठनको बर्तमान अवस्थाका बारेमा बताईदिनुस न ?

उत्तर : नेपाल बाल सगठको समग्र अवस्था भन्नुपर्दा अहिले तरल अवस्थामा छ । जुन उदेश्यका साथ बाल सगठन स्थापना गरिएको हो, सो अनुरुप काम गर्न सकेका छैनौ । जति काम गर्नुपथ्र्यौ त्यति गर्न सकेका छैनौ । पर्याप्त सरचना र कर्मचारी छन । तर पनि यस विचमा केही कमजोरी भएका छन।

बालबालिकाको हितका लागि बाल सगठनलाई देशव्यापी रुपमा अझ मजवुद बनाउन लाग्दैछौ अव । त्यसका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न गईरहेका छौ।

प्रश्न :बाल सगठनका शाखाहरु कति जिल्लामा छन ?

उत्तर :देशमा ७७ वटै जिल्लामा शाखा विस्तार भईसकेका छन।

प्रश्न :बालबालिकाको क्षेत्रमा विगतमा जसरी सगठनले काम गरेको थियो त्यसअनुरुप सगठनले काम गर्न नसकेको गुनासो सुनिन्छ नि किन?

उत्तर : हैन, यसलाई कसरी हेर्नुपर्छ भन्ने जस्तो लाग्छ भने । जतिबेला बाल सगठन स्थापना भयो । त्यतिबेला र अहिले बालबालिकाको समस्या फरक छ । बाल सगठन २०२१ सालमा स्थापना भएको हो । हामीले ३५० वर्ष पार गरिसक्यौ । त्यसैले जुन समस्या अहिले छन हामी ति समस्या पुरा गर्न नसकेकै हो । त्यसका पछाडी धेरै कारण छन । मुलुक लामो समयमा द्धन्द्धमा गएको तपाईलाई थाहा नै छ । त्यसतिवेला धेरै मान्छे विस्थापित मात्रै भएनन, त्यसवेला हाम्रा कर्मचारीले समेत काम गर्न पाएनन । दवेर, लुकेर बस्नुपर्ने अवस्था थियो । अहिले राजनीतिक परिवर्तन भईसकेको छ । देश सघीयतामा प्रवेश गरेको छ । अव भने हामीले लाग्नैपर्छ । हामी पनि सरचना मिलाउदैछौ । बालबालिकाको हितका लागि कदम चाल्न अनिवार्य छ । कसरी हामी राम्रो गर्न सक्छौ त्यस विषयमा व्यापक छलफल आवश्यक छ र गर्नैपर्छ । त्यसै कारण हामीले जिल्ला जिल्ला गएर छलफल चलाउन थालिसकेका छौ । छोटो समयमा नै तपाईले नै भन्नुहेन छ ओहो, बाल सगठनले त बालबालिकाको हितका लागि राम्रो का ग¥यो है भनेर।

प्रश्न : बाल सगठनले हालसम्म बालबालिकाको लागि गरेका सकरात्मक कार्यहरु के के हुन?

उत्तर:हामीले समग्र बालबालिकाको विकाशका लागि काम गर्दै आईरहेका छन । विगतमा अनाथ, परिवारविहिन बालबालिकालाई सरक्षण गर्ने, अभिभावकको भूमिका निर्वाह गर्ने भनेर बाल सगठन चिनिन्थ्यो । तर, अहिले अन्तराष्ट्रिय क्षेत्रमा नै त्यसको परिभाषा बदलिएको छ । मलाई याद छ हामीले पहिले १२ सय बालबालिकालाई सरक्षण दिएका थियौ । तर, अहिले त्यो सख्या घटाएर ४ सय मात्रै राखेका छौ । विश्वमा भन्न थालिए जसतो अनाथालयमा बस्ने कुरा हितको हैन । परिवारमा स्थापित हुनुपर्छ । अव बालबालिकाले अनाथालयमा, बालगृहमा बस्ने हैन, परिवारमा स्थापित गराउने प्रयार गरिरहेका छौ ।त्यहा बसेर बालबालिकाको मनोवैज्ञानिक असर परेको हुन्छ । विभिन्न अध्ययनले देखाए अनुसार परिवारसग बस्ने र अनाथालयमा बस्ने बालबालिकाको दिमागमा तिन महिना जतिको अन्तर देखिएको छ । त्यसैले हामीले पनि सोही मान्यतालाई आत्मसाथ गर्दै बालबालिकालाई जतिसक्यो परिवारमा स्थापित गराउनुपर्छ भन्ने मान्यता लिएका छौ । पहिले १२ सय बालबालिका हाम्रा अनाथालयमा रहेपनि अहिले भने ४ सय मात्रै छन।

प्रश्न :बालसगठनको जिल्ला शाखाहरुमा बेला बेलामा विवाद आईरहन्छ किन ?

उत्तर :हेर्नुस् यो यति ठुला सस्था छ । ७७ वटै जिल्लामा शाखा छन । सदस्इ सख्या १० हजार भन्दा बढी छन।

त्यसैले विवादरहित परिकल्पना मुर्खता हुन्छ।कहि कतै विवाद देखिनु सहि पनि हुन्छ । तर, विवाद के का लागि ?ठुला कुरा हो । सस्थाको हितका लागि हुने विवादलाई हामीले सहजै स्वृकानुपर्छ।केही साथी एकलौटी किसिमले अगाढी बढाउछु भन्ने पनि हुनुहुन्छ । कोही सस्थागत खोज्छन । त्यो विवादले सस्थालाई नै फाईदा गर्छ।

प्रश्न:बाल सगठनको राजनीतिक पार्टीप्रति बढी केन्द्रित त्यसमा पनि नेपाली काग्रेसको सग्लनता भनिन्छ नि ?

उत्तर:मुलुकमा नागरिकको कुरा गर्दैजादा खेरी कुनै न कुनै पार्टीप्रति लगाव हुन्छ । हाम्रो सस्थामा पनि कर्मचारी पनि कुनै न कुनै पार्टीप्रति आस्थावान होलान । तर, हाम्रो सस्था सामाजिक सस्था हो । यहा आईसकेपनि बालबालिकाको हितका लागि काम गर्ने हो । मुख्उ उदेश्य नै त्यहि हो । राजनीति भन्दा माथि उठेर काम गर्ने हो । राजनीति मौन कुरा हो संस्थामा । हाम्रो दायित्व भनेको समग्र देशका बालबालिकाको हितका लागि काम गर्नु हो । त्यसका लागि हामी काम गरिरहेका छौ।

प्रश्न :अव अन्त्यमा, बाल सगठनको विधान पञ्चायती र निरकुश शैलीको छ रे ? अव देश सघीयतामा गईसकेको अवस्था हो ? सघीय सरचना अनुसार विधान, नीति तथा कार्यक्रम लैजाने विषयमा वा विधान सशोधनका बारेमा सगठनले के सोचिरहेको छ ?

उत्तर : हामीले पूर्वअध्यास सुरु गरिसकेका छौ । २०७३ सालमा महाधिवेश गर्दा । समानुकलु विधान सशोधन गर्नुपर्छ भनेर महाधिवेशनले पास गरिसकेको छ । सघीयता अनुसार बढनुपर्छ भनेर कुरा उठेको हो । त्यस अनुसार ७ वटै प्रदेशमा तदर्थ समिति गठन गरिएको छ २०७४ साल चैत्रमा । तदर्थ समितिले भेला गर्न सुरु गरिसकेको छ । धमाधाम गर्दैछौ।

भेलाबाट आउने सुझावलाई बाकेर हिडछौ । बालबालिकाको हितका लागि काम गछौ । प्रदेश अनुसार बालबालिकाका समस्या फरक छन।

त्यसैले हामी प्रदेशिक समस्यामा सरचना स्थापना गर्दै जादा त्यस्ता समस्यामा प्रदेशका साथीहरुले काम गर्नुपर्छ । यि कुराहरुलाई समाधान गर्नका लागि बाल सगठनले छुटटै कार्यक्रम ल्याउनुपर्छ भन्ने महसुस गर्नुपर्छ । प्रदेशमा बालबालिकाको समस्या समाधान गर्ने कुरा एउटा भयो, समग्रमा देशका बालबालिकाका समस्या समाधानका लागि विशेष रुपमा ध्यानमा राखेर कार्यक्रम गर्ने तयारी गरिरहेका छौ।

प्रस्तुती : वीरेन्द्र रावल

प्रतिक्रिया