नेपाल चलचित्र कलाकार सँघ को प्रेस विज्ञप्ती

इनेप्लिज २०७७ जेठ २७ गते २१:१८ मा प्रकाशित

नेपाल चलचित्र कलाकार संघको वर्तमान कार्यसमिति निर्वाचित भएको ०७७ जष्ेठ २५ गते एक वर्ष पुगेको अवसरमा संघको मिति ०७७ जेष्ठ २७ गते अध्यक्ष श्री रविन्द्र खड्काज्यूको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले वर्तमान कार्यसमिति र संघ लाई साथ सहयोग गर्नु हुने चलचित्र क्षेत्रका सबै पेशाकर्मी, संघ संस्था, चलचित्रकर्मी, कलाकार, संचारकर्मी लगायत नेपाल सरकारलाई आभार सहित धन्यवाद दिने निर्णय गरेको छ ।

वर्तमान कार्यसमिति निर्वाचित भए देखि संघले चलचित्र क्षेत्रको विकाश विस्तार तथा कलाकारहरुको हक हितका लागि गरेको कार्यमा सहयोगी भुमिका निभाउनु हुने देश विदेशमा रहनु भएका शुभ चिन्तक तथा दाता संघ संस्था महानुभावहरुलाई धन्यवाद दिने निर्णय पनि गरेको छ । ०७६ जेष्ठ २५ गते पछि संघले गरेका कार्य हरु वैठकमा प्रस्तुत हुदा ती कार्यहरु बारे छलफल, मुल्यांकन पनि गरिएको थियो ।

संघ ले एक वर्ष वीचमा गरेका कार्यहरु निम्नानुसार रहेको छ ।

(१) नेपाल चलचित्र कलाकार संघको ३२ औ स्थापना दिवश को उपलक्ष्यमा २०७६ भदौ २३ गते कलाकार र सामाजिक दयित्व विषयक अन्र्तरक्रिया कार्यक्रम सम्पन्न ग¥यो । सो कार्यक्रममाओझेलमा परेका कलाकारलाई कदर सम्मान् तथा वृद्व , असक्त कलाकारहरु लाई औषधी उपचार का लागी नगद प्रदान गरियो ।
(२) नेपाल चलचित्र कलाकार संघ को ३२ औ स्थापना दिबश तथा कान्ती सास्कृतिक केन्द्रको ५० औ स्थापना दिवश को अवसरमा “स्वच्छ वातावरण “ भन्ने नाराका साथ ३ कि.मी सेलिव्रेटी म्याराथुन दौडको आयोजना गरियो ।

उक्त अवसरमा दौडका विजेता कलाकारलाई नगद पुरस्कार पनि प्रदान गरिएको थियो ।

(३) नेपालीहरुको महान पर्व बिजया दशमीको उपलक्ष्यमा चलचित्रकर्मी बिचको भाईचारा, सदभाव, सम्मान आशिर्बाद हेतु शुभकामना आदान प्रदानको विशेष कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रममा ५०० भन्दा वढी कलाकारहरुको सहभागिता रहेको थियो ।

(४) मिती २०७६ मङ्गसीर ८ गते वसेको ने.च.क.संघको कार्यसमिति वैठक निर्णयानुसार विधानमा ब्यवस्था भए अनुसार प्रवाशमा रहेका कलाकारहरु लाई संगठित गर्ने र कलाकारहरु को हक हितका लागि क्रियाशिल रहन केन्द्रिय अध्यक्ष रबिन्द्र खड्काको समुपस्थितिमा यु.के शाखा गठन गरियो ।

(५) संघका सदस्य कलाकारहरु लाई औषधी उपचारमा ५०% प्रतिशत छुट का लागी विभिन्न ५ वटा अस्पताल संग सम्झौता संम्पन्न भयो । (नेशनल मेडीकल कलेज , अत्तरखेल । अल्का अस्पताल , पुल्चोक । सुमेरु अस्पताल , धापाखेल । ओम डेन्टल अस्पताल , चावहिल । मेघा अस्पताल , चावहिल । )

(६) चलचित्र क्षेत्र वाट उच्च ओहोदा मा पुग्नु हुने शहरी विकाश राज्यमन्त्री माननीय श्री रामविर मानन्धरज्यू, पशुपति क्षेत्र विकाश कोषका कार्यकारी अधिकृत डा. श्री घनश्याम खतिवडाज्यू, कान्तीपुर टेलिभिजनका स्टेशन म्यानेजर श्री दिनेश डि.सीज्यू, लगायतका ब्यक्तित्वहरु लाई मिति २०७६ माघ १८ गते वधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरियो ।

(७) कलाकारहरुको देहवशान हुदा श्रद्घांञ्जली दिने स्थानको अभाव खट्की रहेकाले दिवंगत श्रष्टा, सर्जकहरुको श्रद्घांञ्जलीका लागी विशेष स्थानको ब्यवस्था गरिदिन मिति २०७६ । १० । ५ मा पशुपति क्षेत्र विकाश कोष लाई पत्राचार गरी बिशेष अनुरोध गरियो ।

(८) पशुपति क्षेत्र विकाश कोष को आव्हानमा संघले महाशिवरात्री पर्व लगायत अन्य विशेष कार्यक्रममा सहभागिता जनाएको ।

(९) नेपाल चलचित्र कलाकार संघको नाममा रहेको धापासी मा अवस्थित २ रोपनी जमिनको सोध भर्ना वा अनुदानको लागि नेपाल सरकारको संम्वन्धित निकायमा पहल भै रहेको ।

(१०) चलचित्र स्तंम्भ र चलचित्र पार्क निर्माणका लागी का.म.न.पा. को केही वडाहरुमा विशेष पहल भै रहेको सो को लागी संम्वन्धित वडा को जनप्रतिनिधी , राजनिती दलका प्रतिनिधी , स्थानिय वासिन्दा एवं समाज सेवीहरु संग सो कार्य अगाढी बढिरहेको ।

(११) कोशिस नाम संस्था को सहयोगमा मिति २०७६।८।१३ गते “ मानसिक स्वास्थ्य संरक्षण संम्र्वद्घन मा चलचित्र कलाकारहरुको भुमिका” विषयक छलफल र अन्र्तरक्रिया कार्यक्रम को आयोजना गरेको ।

(१२) निकट भविष्यमा क्यानडामा आयोजन हुने फिल्म सिने स्टार अवार्ड डिसेम्वर २०२० मा सहभागिता का लागी संघ लाई रु. १,०००००। अक्षरेपी एक लाख प्राप्त भएको ।

(१३) प्रविधिको गलत प्रयोग गरी केही नेपाली कलाकारहरुको मान मर्दन हुने गरी अति रंञ्जित सामाग्रीहरु सामाजिक संञ्जालमा देखिन आएकोले सो को छानविन र कारवाहिका लागी संघ वाट बक्तव्य प्रकाशित गरी सो को न्यायिक निरुपण का लागि अपराध महाशाखा टेकुमा संघ को तर्फ वाट निवेदन दिइएको, हाल त्यस्ता सामाग्रीहरु नेपालभर हेर्न नमिल्ने गरी वन्द गरिएको र सो घृणित कार्यमा संलग्न अपराधिलाई पत्ता लगाई सजाय दिलाउन पहल गरीयो ।

(१४) संघको आर्थिक अवस्था सुदृढ गर्न “ दि कर्मा “ नामक चलचित्र च्यारिटी सो वाट संघ लाई रु . ४,०००००। अक्षरेपी चार लाख आर्थिक उपार्जन भएको ।

(१५) कोभिड १९ कोरोना को कारण ले भएको लक डाउन वाट आर्थिक मारमा पर्नु भएका कलाकार , जुनिएर कलाकार , प्राविधिक , नृत्यकर्मी लगायत केही सर्व साधारण गरी करिव ३०० जना लाई संघ मार्फत राहत उपलब्ध गराएको ।

(१६) सरकारले स्थापना गरेको कोरोना भाईरस राहत कोष खाताका लागी कलाकार संघको तर्फ वाट रु. १,०११००। अक्षरेपी रु.एक लाख एक हजार एकसय रुपिया सहयोग गरिएको ।

(१७) नेपाल सरकार ले आ.ब. २०७७÷०७८ को बजेट भाषणमा नेपाल चलचित्र कलाकार संघको भवन निर्माण र चलचित्र क्षेत्र का विकास र विस्तार का लागी वजेट विनियोजन गरिएकोमा धन्यवाद सहित आभार प्रकट गर्ने निर्णय गरिएको ।

(१८) नेपाली चलचित्रको विकाश र विस्तार मा महत्वपुर्ण भुमिका निर्भाह गर्नु हुने विशिष्ट ब्यक्तिहरु लाई प्रदान गरिने चलचित्र कलाकार संघको मानार्थ सदस्यता प्रदान गरिने क्रममा शहरी विकास राज्यमन्त्री श्री राम विर मानन्धरज्यू, नगर पालिका संघका अध्यक्ष धुलिखेल नगर पालिका प्रमुख श्री असोक वेन्जु श्रेष्ठज्यू , विशिष्ट संगितकर्मी माननिय श्री कोमल ओलीज्यू, वेलायत का महामहिम राजदुत डा. दुर्गा बहादुर सुवेदीज्यू , वरिष्ट चलचित्र कर्मी श्री तिर्थ थापाज्यू लाई मानार्थ सदस्यता प्रदान गरिएको ।

(१९) संरक्षक वरिष्ठ कलाकार श्री निर शाहज्यू ले आफ्नो स्वास्थ र ब्यस्तताको कारण खुलाई राजिनामा दिनु भएकोले विधान अनुसार संरक्षकमा बरिष्ठ कलाकार श्री हरिवंस आचार्यज्यूलाई मिति २०७६ फागुन २१ गते संघको कार्यालयमा बसेको कार्यसमिति वैठक वाट नियुक्त गरिएको ।

(२०) असक्त वृद्व, दिर्घ रोगी चलचित्रकर्मीको उपचारका लागी आर्थिक सहयोग र भत्ताको लागी चलचित्रकर्मी कल्याणकारी कोष र चलचित्र बिकास बोर्डमा सदा झै निरन्तर सिफारिस सहयोग गरिदै आएको ।

मोहन निरौला
उपाध्यक्ष तथा प्रवक्ता

प्रतिक्रिया