गज्जबक्रू को तेस्रो म्युजिक भिडियो

इनेप्लिज २०७७ जेठ २३ गते ११:०५ मा प्रकाशित

गज्जबक्रू टिमको तेस्रो प्रस्तुति ‘फूलबुट्टे चोली’ बोल गीतको भिडियो गज्जब टिभी युट्युबमार्फत सार्वजनिक भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिम ढकालको शब्द रहेको उक्त भिडियोमा जिवेशसिंह गुरुङ र बेनिशा पौडेलको स्वर, दिपक शर्माको संगीत, साहस शाक्यको एरेन्ज, श्यामश्वैत रसाइलीको मिक्सिङ रहेको छ भने यस भिडियोलाई सहिन प्रजापतिले निर्देशन गरेको छन्।

यस म्युजिक भिडियोमा पछिल्लो समय निकै चर्चामा रहेका युवा कलाकारहरु सहिन प्रजापति, कुशल विष्ट, जिवेशसिंह गुरुङ, सुनिशा बजगाईंको बेजोड अभिनय रहेको छ । नवराज उप्रेतीको छायाँकन रहेको भिडियोलाई अर्जुन पोख्रेलले सम्पादन गरेका हुन् ।

हेर्नुस भिडियो

प्रतिक्रिया