टाइम् (समय) को मुल्य महत्व हामी कसलाई पो थाहा छैन होला र ? बस हामीलाई त समय बितेको होस नहुने मात्र हो। यसरी समयको मुल्यको बारेमा चर्चा गर्दा अब अहिले यो महामारीका कारण स्कुल तथा कलेजहरु बन्द रहेका र हाम्रा थुप्रै भाइ बहिनीहरुको परिक्षा पनि रोकिएका कारणले उनिहरुको समय अहिले अत्यन्तै अन्योल ग्रस्त अवस्थामा गुज्रि रहेको छ। यो अवस्थाले उनिहरु धेरैमा एक प्रकारको फ्रस्टेशन पनि पैदा हुन सुरु गरेको छ। खैर, थोरै ढिलो चाडो मात्र हो, परिक्षा त अवश्य पनि हुन्छ तर यसका लागि अझै केही समय भने पर्खनु पर्ने देखिन्छ। त्यसैले सम्पूर्ण भाइबहिनीहरुलाई निरास नहुन र आफुसंग हातमा रहेको यो समयलाई आफ्नो जीवनको पुंजी ठानेर निरन्तर सहि दिशामा लगाइरहन अनुरोध गर्दछु।
हालमा मैले समयको महत्वको बारेमा एउटा अनलाइन कार्यक्रम हेरेको थिए। उक्त कार्यक्रममा जे जस्ता बिषयहरुमा चर्चा भए ति कुराहरु खास गरेर अहिले हाइस्कुलमा अध्ययन गर्दै गरेका हाम्रा विद्यार्थी भाइबहिनीहरुका लागि निक्कैनै उपयोगी हुनसक्ने मानेर मेरा आफ्ना केही अनुभवहरुलाई पनि संगै जोडेर यो लेख मार्फत शेयर गर्ने प्रयास गरेको छु।
अतः अहिले हाइस्कुलमा अध्ययन गर्दै गरेका हाम्रा तमाम भाइ बहिनीहरुलाई अबको ७–८ बर्ष पछि तपाइहरु आफूलाई कहाँ देख्न चाहानु हुन्छ भनेर प्रश्न गर्ने हो भने उनिहरुका फरक फरक रुचिका आधारमा उत्तरहरु पनि फरक फरकनै आउलान् तर यिनिहरुका बिचमा एउटा कुरा भने कमन हुनेछ – त्यो हो उनिहरु सबै अबको ७–८ बर्ष भित्रमा एउटा सफल र जिम्मेवार नगरीक बन्न चाहन्छन्।
खैर, चाहाना सबैको सफल बन्ने रहे पनि यदि ग्राउन्ड रियालिटिलाई हेर्ने हो भने प्राय १५–२० प्रतिशत भाइबहिनीहरु मात्र वास्तविक रुपमा सफल बनेर निस्कन् छन्, बाँकी धेरैले भने मेरो जस्तै औसत सफलतामा चित्त बुझाउने गरेका छन् – हाहाहा। खैर, मेरो त २५ बर्ष खाडीमा बित्यो तर म चाहन्छु तपाईंहरु संग भने यस्तो नहोस्। कमसेकम तपाईंहरुको जीवन मेरो जस्तै आफ्नो देश घर परिवार भन्दा टाढा परदेशमा नबितोस्। तपाईंहरुको जीवन सम्पूर्ण रुपमा सफल बनोस्।
अब कुरा आउछ, यो सफल बन्ने चै कसरी? अभीयसलि बेलुका सुतेको मान्छे बिहान उठ्दा सफल बनेर उठ्न सम्भव हुँदैन। खैर, यो अफल कसरी भन्ने भन्ने प्रश्न जति गंभीर छ यसको उत्तर भने निक्कै सरल छ। ठायाकै भन्नु पर्दा, आहिलेको ठिक यो समय बाट आगामी ७–८ बर्ष सम्म तपाईंहरु जे जे गर्नु हुन्छ, यिनै क्रियाकलापले भोलीका दिनमा तपाईंहरु कति सफल या असफल बन्ने भन्ने कुराको निर्धारणा गर्ने छ। मतलब, अहिले बाट आउदो ७–८ बर्ष सम्मको जुन समय (पुंजी) यहाँहरुको हातमा छ, यसको प्रयोग यहाँहरु कसरी गर्नु हुन्छ सम्पूर्ण रुपमा यसैमा यहाँहरुको भाग्य भविष्य निर्भर हुनेछ।
यो आगामी ७–८ बर्ष भनेको तपाईको जीवनको क्यापिटल (पूंजी) हो। जस्तो कि कुनै ब्यापार सुरु गर्नका लागि पुंजीको आवश्यकता पर्छ त्यस्तै यो आउदो ७–८ बर्षको सीमित समय पनि तपाईंहरुको पुंजी हो। अब यसलाई कसरी इन्भेस्ट गर्नु हुन्छ ? कहाँ इन्भेस्ट गर्नु हुन्छ ? कति बुद्धिमानी पुर्वक गर्नु हुन्छ ? या यसको दुरुपायोग गर्नु हुन्छ भन्ने कुरा अत्यन्तै महत्वपूर्ण छ। यहाँहरुले गम्भीर रुपमा बुझ्नु पर्ने एउटा कुरा के हो भने कुनै बिज्नेस सहजै सफल हुँदैन। बिज्नेस सफल बनाउन एउटा प्रपर योजना र त्यसको सफल कार्यान्वयन आवश्यक हुन्छ।
राम्रो नाफा कमाउनका लागि बिज्नेसमा पुंजीलाई अत्यन्तै सहि ढंगले प्रयोग गर्नु पर्ने हुन्छ। जस्तो कि पूर्वाधार निर्माण गर्नमा कति लगाउने, उत्पादनमा कति, मार्के्टिंगमा कति, डिस्ट्रिबुशनमा कति यो सबै कुराको एउटा प्रपर प्लान तयार पार्नु पर्छ र त्यसै अनुरुप एस्सीक्युशन पनि गर्न सक्यो भने आगामी केही बर्षमा त्यो पुंजी बढेर सयौं गुना पनि बन्न सक्छ। तर पुंजीकै दुरुपयोग भयो अर्थात सुरुमै महँगा महँगा फोन किन्ने, महँगा कार चढ्ने, महँगा होटलहरूमा जाने गर्न थाल्यो भने बिज्नेस बढ्ने त के भएको पुंजी पनि सुरुमै सखाप हुन पुग्छ।
यसै गरेर यो आगामी ७–८ बर्षको समय जुन तपाईंहरुको हातमा छ यो नै तपाईंहरुको पुंजी हो। अब यो पुंजीलाई तपाईंहरु कसरी इन्भेस्ट गर्नु हुन्छ भन्ने कुराले तय गर्ने छ अबको ७–८ बर्ष पछि तपाईंहरु १५–२० प्रतिशत भित्रको सफल विद्यार्थीहरुमा पर्ने हो या एउटा सामान्य मिडियोकर बनेर औसत सफलतामा चित्त बुझाउने। यो कुराको फैसला अहिले तपाईंहरुको हातमा छ। याद राख्नुस् ‘लस भएको पैसालाई यदि हामीसंग टाइम (समय) छ भने रिकोभर गर्न सक्छौं तर लस भएको टाइमलाई पैसा दिएर रिकोभर गर्न भने कसै गरेर पनि सम्भव छैन।’
यहाँहरुले बिलगेट्सको बारेमा त सुन्नुनै भएको होला। उनको बारेमा एउटा भनाइ छ ‘यदि उनको खल्ती बाट सय डलर भुइँमा खस्यो भने उनि त्यसलाई टिप्दैनन्’रे किनभने त्यसलाई उठाएर वापस खल्तीमा राख्नलाई जति समय लाग्छ, त्यतिन्जेलमा त उनको त्यो भन्दा धेरै नोक्सान हुन्छ’रे।’ खैर, यो क्याल्क्युलेशन् त बिल गेटको बारेमा हो, फेरी तपाईंहरु पनि खल्ती बाट पैसा खस्यो भने नटिपी हिंड्नु होला नि – हाहाहा..!
एउटा उदाहरणः मानौं कि अबको ७–८ बर्ष पछि तपाईंले आफ्नै देश भित्र न्यूनतम मासिक एक लाख रुपया कमाउने सोच बनाउनु भएको छ। औसत रुपमा हामी दिनको ८ घण्टाका र महिनाको २५ दिन काम गर्छौं। यसको आधारमा हिसाब गर्ने हो भने महिनाको एक लाख भनेको दिनको चार हजार र घण्टाको पाँच सय पर्न आउछ।
यो क्याल्क्युलेशनका आधारमा तपाईको आजको भ्यालु प्रति घण्टा पाँच सय रुपैया हुन आउछ। ध्यान संग सम्झनुस्, आजको दिनमा अर्थात आज जुन समय तपाहरुको हातमा छ यदि यो समयलाई ७–८ बर्ष पछि महिनाको एक लाख कमाउने यहाँहरुको जुन सपना छ त्यो सपना संग सिंक्रनाइज गर्न सक्नु भएन भने, यहाँहरुको जुन महिनाको एक लाख रुपैया कामाउने सपना छ त्यो एउटा दिवा सपना सरह हावामा उडेर हराउने छ।
हेर्नुस्, भोलि तपाईंले प्राप्त गर्ने मुनाफाको निर्धारण आज तपाईंले गरेको लगानीमा भर पर्दछ। आजको समयमा तपाईंको एकदिनको भ्यालु ४ हजार रुपैया छ। यसलाई हमेसा याद राख्नुस्। बिर्सन्छु जस्तो लागे, यसलाई आफ्नो कोठाको भित्तामा लेखेर टाँस्ननुस् ताकि तपाईंलाई आफ्नो समयको मूल्य हरबखत याद रहोस्। आजको डेटमा तपाईंको एक दिन ब्यर्थमा बित्नु भनेको तपाईंको ४ हजार नोक्सान हुनु हो। यदि तपाईंले आफ्नो दैनिकिलाई यो दृष्टि बाट हेर्न थाल्नु भयो भने तपाईं भित्र एक प्रकारको सेन्स् अफ अर्जेन्सी जागृत हुने छ। फलस्वरुप तपाईं आफ्नो नियमित स्टडी प्रोग्रामलाई भोली पर्सी भनेर टाल्नुको बादलमा समयमै गर्न सुरुगर्नु हुनेछ। किनभने अब तपाईंले आफ्नो जीवनमा समयको महत्वलाई राम्ररी बुझ्नु भएको छ।
याद गर्नुस् त, लङ–ट्रम भिजन् राखेर ब्यवसाय सुरु गरेको एउटा ब्यवसायी के भन्छ भने मलाई आज बजारमा के भैरहेको छ भन्ने कुरमा खासै चासो छैन। मलाई मेरो आफ्नो एउटा ब्राण्ड बनाउनु छ। ब्राण्ड एक महिना वा वर्ष दिनमा बन्ने कुरा हैन, ५–६ बर्ष लाग्न सक्छ। यसका लागि म यति लगानी गर्दैछु। जब मेरो उत्पादन एउटा सफल ब्रान्ड बन्छ, म त्यसलाई आफुले चाहेको प्रोफिट मार्जिन राखेर बजारमा बेच्न सक्छु।
अब यहीं कुरालाई तपाईं आफ्नो हातमा रहेको यो आगामी ७–८ बर्षको जुन समय (पुंजी) छ त्यो संग जोडेर हेर्नुस्। (क) यो पुंजीको सही सदुपयोग नगरेर भविश्यमा एउटा सामान्य एभ्रेज मानिस सरह जीवन बिताउन सक्नु हुन्छ – जस्तो कि म। (ख) यो पुंजीको भरपुर सदुपयोग गरेर आगामी ७–८ बर्ष भित्रमा आफैं एउटा सफल ब्रान्ड बन्न सक्नु हुन्छ।
जब तपाईं आफुलाई एउटा ब्रान्डका रुपमा स्थापित गर्न सफल बन्नु हुन्छ। त्यहाँ बाट तपाईंले कहिल्यै कुनै कुराको लागि भौतारिनु पर्ने छैन। ठुला ठुला कम्पनीहरु आउ हामी संग काम गर भन्दै तपाईंलाई खोज्दै आउने छन्। त्यतिखेर, कुनचाहीं कम्पनीलाई छोड्ने र कुनचाहींसंग काम गर्ने, कतिमा काम गर्ने, कति समयका लागि काम गर्ने, के के सुविधाहरू लिने लगायतका कुराहरु तपाईंको रोजाइ अनुसार हुनेछन्।
यसका लागि तपाईंले बस अहिले आफ्नो हातमा रहेको यो ७–८ बर्षको जुन समय (पुंजी) छ, यसलाई बुद्धिमानीपूर्वक सही तरिकाले सही दिशामा इनभेस्ट गर्न सक्नु पर्छ। त्यसैले, अबको ठ्याक्कै यहीं क्षण बाट आफ्नो हातमा भएको समयलाई आफ्नो जीवनको जम्मा पुंजी मानेर यसको सही सदुपयोगमा केन्द्रित हुनुस्। यसो गर्न सक्नु भयो भने आगामी ७–८ बर्ष भित्रमा तपाईं एउटा सफल ब्राण्ड बनेर निस्कने निश्चित छ। यहाँहरु सबैलाई मेरो अग्रिम शुभकामना!
रमेश ढकाल भद्रपुर झापा (हाल दोहा, कतार)
प्रतिक्रिया