वीर गोर्खाली हामी नेपाली

बिष्णु गुरुङ "एकता"पोखरा २०७७ जेठ १० गते ११:०५ मा प्रकाशित

देश सानो होला तर स्वाभिमान सानो हुदैन
देश गरिब होला तर राष्ट्रियता गरिब हुदैन
आफ्नो मातृभूमि प्राण भन्दा प्यारो सबैलाई हुन्छ
आफ्नो आमाको अपमान कसैलाई सह्य हुदैन।

राष्ट्रियताको अर्थ देश गुमाउनेलाई सोध
मानवताको अर्थ आँसु पिउनेलाइ सोध
नेपाल नै नरहे नेपाली कहाँ रहला ??
यसको अर्थ आफ्नी आमालाई सोध।

पुर्खाको वीरताको ईतिहास पल्टाएर हेर
ग्रेटर नेपालको मानचित्र उल्टाएर हेर
वीर गोर्खालीहरु संसार जित्ने गरि लडे
अब आफ्नो छाती माथि नेपाल राखेर हेर।

 

प्रतिक्रिया