घाम

गोमा न्यौपाने २०७७ जेठ ८ गते १८:२८ मा प्रकाशित

आहा
झलमल्ल घाम लागेको छ
त्यहि घामले धरती झनै राम्री भएकी छन्

आकाशमाथिको त्यो पहेलो
गोलो घामले
धपक्क बलेको छ यो धरती

झुलुक्क झुल्किन्छिन्
धपक्क उज्यालो दिन्छिन
फुत्त जान्छिन्
ओहो आफू बस्दछ स्वर्गमा
दिन्छ तातो धरतीमा
यो घामले हामीलाई न्यानो दिन्छ
आहा एउटै घाम संसारै डुल्छ

यो प्रक्रतिको सुन्दर उपहार हो
यहि छ ऐश्वरीय आनन्द
त्यो घामले
आकास र धरति सबै तिर दिएको छ उज्यालो झलमल्ल
घाम सबैको पियारो ।

प्रतिक्रिया