महानगरप्रमुख पराजुलीद्वारा बडा कार्यालय भवन रु ८५ लाखको लागतमा उद्घाटन

मनोज दाहाल २०७७ जेठ ५ गते १०:४१ मा प्रकाशित


मनोज दाहाल,

विराटनगर,५जेठ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले वडा नं. ११ को कार्यालय भवनको आज यहाँ उद्घाटन गर्नु भयो।

विराटनगर पिछरामा रहेको एक कठ्ठा नौ धुर जग्गामा रु ८५ लाखको लागतमा एक तल्ले भवनमा पाँच बटा कोठा निर्माण गरिएको छ।

भवनको शिलन्यास विस २०७६ कात्तिक १ गते भएको थियो र तोकिएको समय भन्दा एक महिना अगाडि निर्माण सम्पन्न भएको हो।

भवनमा केही दिन भित्र माथिल्लो तल्लामा सभा हल लगायतका थप कोठा निर्माण गरिने वडा अध्यक्ष तीर्थेन्द्र न्यौपानेले जानकारी दिनु भयो।

नगरप्रमुख पराजुलीले कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन नगरले कार्य गरिरहेको जानकारी दिदै बन्दाबन्दीको पालना सहित सामाजिक दुरी कायम गर्न नगरबासीहरुसँग आग्रह गर्नु भयो।

वडाको सम्पूर्ण कार्यहरु आजदेखि नयाँ भवनमा सञ्चालन गर्ने वडा सदस्य विमल पोखरेलले बताउनु भयो।

यस अघि वडा कार्यालय रहेको भवन सानो भएकोले सेवाग्राहीको कार्य सञ्चालन गर्न समस्या उत्पन्न भएकोले आफ्नो जग्गा रहेको अर्को स्थानमा नयाँ भवन निर्माण गरिएको हो।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया