ईजरायलका लागि चिनिया राजदुत आफ्नो निवासमा मृत अवस्थामा फेला

इनेप्लिज २०७७ जेठ ४ गते १३:०५ मा प्रकाशित

ईजरायलका लागि चिनिया राजदुत डू वि आफ्नो निवासमा मृत अवस्थामा फेला परेको सिएनएनले समाचार लेखेको छ । आइतबार बिहान ईजरायलका विदेश मामला प्रवक्ताले उक्त कुरा सिएनएनलाई बताएको सिएनएनमा समाचार छ ।

५७ बर्षिय राजदुतको निधनलाई संदिग्धको रुपमा लिइएको छैन । प्रवक्ताका अनुसार प्रहरीहरु राजदुतको आवास गृह अगाडी हेर्जलिया तेल अभिभ भन्दा उत्तरमा जम्मा भएको जनाएका छन् ।

बेजिंगले उनको निधनमा कुनै प्रतिक्रिया दिएको छैन । वि गत फेब्रुअरी २०२० देखि इजरायलका लागि राजदुत रहेका थिए ।

उनले गत मार्च महिनामा जेरूशलम पोस्टमा एक लेख लेखेका थिए । त्यस पछि उनले तुरुन्तै दुई हप्ताको अनिवार्य रुपमा आत्म-संगरोध (सेल्फ क्वारेनटाईन )बस्नु परेको सिएनएनले उल्लेख गरेको छ ।

श्रोत :सिएनएन ,तस्बिर :बिबिसी

प्रतिक्रिया