प्रवासी प्रवाह अनलाइन साहित्य कार्यक्रम शुरु हुँदै

इनेप्लिज २०७७ जेठ २ गते १५:५९ मा प्रकाशित

गैरआवासीय नेपाली संघको भाषा,साहित्य,सस्कृती तथा सम्पदा प्रबर्द्धन समितीले यहि मे १७ आइतबार देखि साप्ताहिक अनलाइन साहित्यक कार्यक्रम ” प्रवासी प्रवाह ” संचालन गर्ने भएको छ ।

कार्यक्रमको शुभारम्भ प्रसारण आइतबार ,१७ मे ,नेपाल समय बेलुकी ८ बजे देखि हुने र त्यसमा एनआरएनएका अध्यक्ष कुमार पन्तको शुभकामना मन्तब्यबाट शुभारम्भ हुने र साहित्यकार जिवा लामिछाने (जर्मनी ),गोपाल रेग्मी (अमेरिका ) र उषा शेरचन ( नेपाल ) सङ्ग बिशेष कुराकानी र उहाहरुका रचना पाठ हुने छन ।

समितिका अध्यक्ष हिक्मत थापाका अनुसार प्रवासको नेपाली साहित्यलाई थप क्रियाशिल बनाउन यो कार्यक्रम प्रारम्भ गरिएको हो । समितिले यसका साथै गैरआवासीय नेपाली लेखकहरुका रचना समेटिएका नियात्रा संग्रह र गजल संग्रहको समेत प्रकाशनको तयारी गर्दैछ ।

यस अनलाइन कार्यक्रमको संयोजन र संचालन भगवती बस्नेतले गर्दैछिन ।

प्रतिक्रिया