नसुनाउनु बिन्ती हालत बिरानो यो सहरको- गजल

धनबिर लिम्बू ,हाल साउदी अरब....! २०७७ वैशाख १९ गते १०:५१ मा प्रकाशित

नसुनाउनु बिन्ती हालत बिरानो यो सहरको
खबर सुन्दा ढल्लिन आमा मरुभूमि बगरको !!

हराएका खुसिहरु खोज्न भनी आए बिदेश
सताउछ यादले सारै बुढि आमा र त्यै घरको!!

नजा भन्दै बाटो छेकि रुदै थिन मेरि आमा
मुटु चुडाई आँशु पि लागे बाटो सफरको!!

भेटीएन जिन्दगी यो बालुवामा हराएको
पागल जस्तै भई हिडे दोशि बनी नजरको !!

मध्य रातमै झस्किएर एक्लै बसी रुने गर्छु
सम्झिएर भिजेका आमा का त्यै अधरको

बिरानो सहर
नाम : धनबिर लिम्बू
हाल साउदी अरब….!

प्रतिक्रिया