लेखराज भट्टले छोडे प्रचण्डको साथ, केपी ओलीको विकल्प खोजे दुर्घट्ना हुने चेतावनी (भिडियोसहित)

इनेप्लिज २०७७ वैशाख १६ गते ११:०८ मा प्रकाशित

काठमाडौं, १६ बैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साथ छोडेका छन् । पछिल्लो समय पार्टीभित्र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी भैरहँदा मन्त्री भट्टले भने प्रधानमन्त्री ओलीको विकल्प खोजिए दुर्घटना हुने चेतावनी दिएका छन् । भट्ट अर्का अध्यक्ष दाहालका विश्वासपात्रको रुपमा चिनिन्थे । हिजोमात्रै पनि भट्टले प्रधानमन्त्री ओलीसँगै छुट्टै भेटवार्ता गरेका थिए । आफूले प्रधानमन्त्री ओलीसँगको भेटवार्तामा आजको आवश्यकत्ता फुटको नभएर सुदृढ एकताको आवश्यकत्ता भएको भनेर कुरा गरेको पनि उनले सुनाए ।

सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री भट्टले यतिवेला सरकार परिवर्तन गर्ने बेला हो त ? भन्दै कडा प्रश्न तेर्साएका छन् । उनले भनेका छन्,”यतिवेला सरकार परिवर्तन गर्ने बेला हो कि होईन ? नेपाली जनताले नेकपालाई ५ वर्षको लागि म्याण्डेट दिएका छन् । दुई वटा नेताकाबीचमा पछिल्लो चरणमा सहमति के भयो भने पाँच वर्ष तपाईले सरकार चलाउने, कार्यकारी अध्यक्षको हैसियतले पार्टीका कामकारबाही र गतिविधिहरु मैले बढाउने भन्नेबारे प्रचण्ड र ओलीबीच सहमति भयो । त्यो सहमति नेताबाटै हामीले जानकारी पाएको हो । अहिले पूरा विश्व नै संकटमा छ, हामीले प्रधानमन्त्री ओलीको नेतृत्वमा कोरोनामाथि विजयी प्राप्त गर्दैछौं ।”उनले अर्का अध्यक्ष दाहालले स्थायी कमिटी बैठक बोलाउन माग नै नगरेको भनेर आफूलाई प्रधानमन्त्रीले सुचना दिएकोपनि सुनाए । तर, बैठक बोलाउनको लागि नेताहरुले वक्तव्य बाजी गर्न नहुने उनको जिकिर छ । उनले पार्टी विधान, प्रक्रिया र चेन अफ कमाण्डमा चल्ने पनि सुनाए । उनले आफूले सरकारलाई सफल बनाउने र अहिले प्रधानमन्त्री ओलीकै नेतृत्वमा अघि बढ्नुपर्ने कुरा गरेको सत्य कुरा भएको पनि स्पष्ट पारे । उनले भने,”मलाई अध्यक्ष प्रचण्डले अध्यक्षको हैसियतले तँ फिर्ता हु भने म भोलि छोड्दिन्छु । मलाई केही आपत्ति हुँदैन् । पार्टीको स्थायी कमिटीले अहिलेको प्रधानमन्त्रीलाई हटाउन सक्दैन् । हटाउनु हुँदैन् । हटायो भने यो दुर्भाग्य हुन्छ । ठूलो दुर्घटना हुन्छ । पार्टी एकतालाई ठूलो आघात हुन्छ ।”

 बाट

प्रतिक्रिया