बिहीबार, भदौ ३१ २०७८
काठमाडौं २०:५६
वासिङटन डिसी 11:11

मेरो जीन्दगीको कथा भन्दै गायिका निसाले पोखीन आफ्नो दर्दनाक पिडा (चिया छानेको) गित सहित !

इनेप्लिज २०७७ वैशाख १३ गते २१:३४ मा प्रकाशित

काठमाडौँ : बहु प्रतिभा कि खानी गायिका निसा धामीले आफ्नो फेसबुक वालमा पिडा पोख्दै तलको स्टाटस लेखेकी छन् । उनले गाएको कमला घिमिरेको गित चिया छानेको आफ्नै सब्द संगीतमा फेसबुक लाइव मार्फत सार्बजनिक गरेकी छन् ।

मेरो जीन्दगीको कथा:- छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेडी,सबैलाई बुझ्ने र चिन्नेँ मौका यही रहेछ,कुनै दिन् मलाई लाग्थ्यो मेरा लागि सबै छन् भनेर, हुन त के लाग्थ्यो र यार? जन्मेको दुई वर्षमा आमा बाबा बाट टाढा भएर आफ्नै काकाकोमा गोठालो बनेर बस्नु पर्यो,आमा बाबाको मायाँ त टाढा हुने नै भयो,तर पनि चौध वर्षको उमेर सम्म काकाकै घरमा गोठालो बन्दै पढियो,अहिले स्वर्गीय हजुरआमाको यादले छटपटाई रहेकी छु,धन्यवाद स्वर्गीय हजुरआमा,हजुरले मलाई त्यहाँबाट मेरो मीत बुबा र मेरी मितिनी सँगै मलाई मेरो बुबा आमा भएको ठाउमा पठाउनुभयो।

बिचरा मेरा ती हजारौँ सपनाहरु काकाको घरमा त के पुरा हुन्थे र,आमा बाबाको घरमा आएपछि सोच्थेँ अब त म राम्रो पढेर डाक्टर बन्छु 😭तर म बाबा आमाको घरमा आएको दुई महिना नबित्दै घरमा एउटा नाता पर्ने मान्छे आएर मेरी आमालाई भन्नँ थाले,म तिम्रो छोरीको हात माग्न आएको,केटा धेरै लायकदार छ,अनि उसको घर परिवार पनि सर्ब सम्पन्न छन्।त्यसपछि मेरी आमाले उसको निर्णयलाई सहजै स्वीकार गर्नुभयो,बिचरी म चौध वर्षकी बच्चीको दिमागले सोँच्यो,अब म मेरी आमालाई फकाउँछु र मेरो पढाईलाई अगाडी बढाउँछु😭त्यसपछि म मेरो डाक्टर बन्ने ठूलो सपनालाई पुरा गर्छु।अनि म मेरी आमालाई फकाउन थालेँ,अनि आमाले ए हो? ठीकै छ भन्नेँ जवाफ दिनुभयो,र पनि आमाले एक वर्षको लागि त पढ्ने मौका दिनुभयो।

हुन त म मेरी आमाबाट दुई वर्षकै कलिलो उमेरमा छुट्टिएको सन्तान न परेँ,मेरी आमालाई मेरो के को मायाँ 😭म पँन्ध्र वर्षमा टेकेकी मात्र थिएँ,फेरी सबैले भन्नेँ गर्थे तिम्रो छोरी जस्तो असल नानीलाई हाम्रो बनाउन पाए हुन्थ्यो भन्दै घर छिमेककै दुईटी महिला रईखोला र नगारी दानबीर महिलाहरु केटा पट्टिकी ठूली आमा र काकी नाता पर्ने फेरी मेरो हात माग्न आए,अनि नाना थरीका सपनाहरु देखाउन थाले,त्यस बखत तिनीहरुले बोलेका शब्द र मलाई देखाएका सपनाहरु वाह!वाह! तिमीलाई केही दुःख पर्यो भने हामी हाम्रो आधा अंश काटेर भएपनि तिमीलाई दिन्छौँ भन्नँ थाले। त्यस पटक भने म कतैबाट पनि उम्कन सकिनँ,मेरी आमाले पनि मेरो कुरा नै सुन्नुभएन,त्यसपछि बिचरी म बच्ची जालमा परेको माछी जस्तै भएँ😭२०६५ साल बैशाख ६ गते नै जबर्जस्ती मलाई अपहरण शैलीमा त्यहाँ बाट लगियो,फल स्वरुप मेरो वैवाहिक सम्बन्ध तीन महिना पनि टिकेन😭नेपाल प्रहरीमा कार्यरत त्यो केटा सयौँ केटीहरु खेलाउन बानी परेर बिग्रिसकेको रहेछ,पटक पटक केटीहरुसँग रँङ्गेहात फेला पार्दा पनि सुध्रेलाकी भनेर मौका नदिएको हैन,केटीहरुको चक्करमा लागेर आफ्नो जागीरको वास्ता नगरी मोज मस्तीमा रमाउँदै हिँड्ने त्यो नालायकको नौ नौ महिना सम्म गएको जागीर पनि डिआईजी पार्बती थापा ज्यू सँग लाखौँ बिन्ति टक्र्याएर जोडिदिएँ।
पेटमा हुर्कँदै गएको उसको नासोलाई पनि जोगाएर राखेँ,जब पेटको नासोलाई जन्म दिएँ,त्यसपछि म त्यही नासोलाई च्यापेर एक्लै बस्न थालेँ😭लेख्न धेरै मन् थियो,धेरै लेख्दा पढ्नेलाई पनि दिक्क लाग्ला,अन्तमा:मेरी आमाका लागि त म त्यही दिन् मरीसकेकी थिएँ,जुन् दिन् मेरा सारा सपनाहरु तुहाएर त्यो नालायकको जिम्मा लगाएकी थिइन्।तर अहिलेसम्म पनि मैले बुझ्न नसकेको एउटै कुरा,मैले कुकुरले नपाउने दुःख पाएको आज दश वर्ष बितिसकेछ😭 तिमीले दुःख पायौभने हाम्रो आधा अंश छुट्याएर भएपनि तिमीलाई दिने छौँ भन्ने त्यो नालायक सन्ततीका काकी र ठूलीआमा कुन दुलामा लुकेर मेरो रमिता हेरीरहेका छन् कुन्निँ?अब मैले पाउने हक अधिकार खोज्न मन् लागेको छ,र अब खोज्छु पनि।

प्रतिक्रिया