केपी ओलीबाट लोकतन्त्रको चीर हरण भयो, उहाँको पछाडि देश सती जाँदैन- कृष्ण पहाडी

इनेप्लिज २०७७ वैशाख १२ गते ०:२९ मा प्रकाशित

काठमाडौं, ११ वैशाख । मानवअधिकारवादी कृष्ण पहाडी प्रष्ट र खरो बोल्छन् । मानवअधिकारका क्षेत्रमा निरन्तर सक्रिय उनको पृथक र सम्मानित पहिचान छ । पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमको आलोचना गरेका छन् । उनीसँग यसै सेरोफेरोमा ऋषि धमलाले गरेको विशेष कुराकानीः
आज लोकतन्त्र दिवस, हाम्रो देशमा लोकतन्त्र सफल भयो त ?
सर्वप्रथम त महामारीको रुपमा फैलिएको कोरोना सन्त्रासबाट मुक्ति पाउने दिन चाँडै आओस् भन्ने कामना गर्दछु । तपाईंले भनेजस्तै लोकतन्त्र दिवसका दिन पनि म शुभकामना व्यक्त गर्दछु । कमसेकम नेपाली जनताले लोकतन्त्रको राहत हुने फिलिङ गरे भने मात्रै त्यो सार्थक हुन्छ ।
लोकतान्त्रिक संविधान बनिसककेको मुलुकका तिनैतहमा सरकार छ अब लोकतान्त्रिक मूल्य र मान्यतामा अगाडि बढेन र ?
आमाले सन्तालाई जन्म दिन्छिन् । सबै सन्तानहरु सुपात्र हुन्छन् भन्ने छैन । कुलंगारहरु पनि जन्मिन्छन् । लोकतन्त्रमा पनि कुपात्रहरु देखिन्छन् । तर, त्यस्तो कुपात्रहरुलाई दण्डित गरेर सुपात्रलाई पुरस्किृत गर्ने काम लोकतन्त्रले नै गरेको हुन्छ । लोकतन्त्र जीवन धारा हो । त्यो जीवनलाई धमीलो बनाइदिनुभयो भने त्यसको दोष त जन्माइदिने आमालाई, जीवनलाई होइन, पात्रहरु जब कुपात्र हुन्छन् ती कुपात्रहरुको दोष हो । जब सम्वेदनहीनता उत्कर्षमा पुग्छ । जब नागरिकको जिम्मेवारी र कर्तव्यबोधबाट राजनीतिक दलहरु च्यूत हुन्छन् भने प्रश्न गर्नेहरुले ठाउँ पाउँछन् । तर, त्यो प्रश्नमाथि पनि संका गर्नुहुँदैन । तिनै प्रश्नहरुले नै बाटो देखाउने र सुधार्ने काम गर्दछन् । लोकतन्त्रमा प्रश्नहरु हुन्छन् । आजको दिनमा भारी मन केमा छन् भने त्यो लोकतन्त्रको दोष होइन । एकातिर लोकतन्त्रसित जुधिँरहेका छौं । यो महामारी हो । विश्वव्यापी रुपमा एक ठाउँमा मात्रै निको भएर पनि हुँदैन । संसारबाट मुक्त भयो भने मात्रै फेरि हामी पुरानो लयमा फर्कन सक्छौं कि भन्ने आशा जिवित छ । यति बेला राज्यका सबै साधन, स्रोत र शक्तिलाई कोरोनाविरुद्ध लड्न लगाउनु पर्नेमा तपशीलका कुरामा सरकार अलमलियो विशेष गरेर प्रधानमन्त्री खड्गप्रसाद ओलीजी । अहिले विश्वमा हाहाकार छ, मान्छे रोएका छन् । अहिले सत्ताको खिचातानी गर्ने होइन ।
लकडाउन गरेर केपी ओली आफ्नो कदममा सफल भएका हुन् ?
लकडाउनलाई केपी ओलीको कदम भनेर कसरी भन्नुहुन्छ । नागरिक त आफै घरमा बसिरहेका छन् । आफ्नो जीवन रक्षाको लागि नागरिक आफै सचते भएका हुन् ।
लकडाउन त सरकारले गरेको हो नि ?
हरेक कुरा परिणाममा भर पर्छ । यो बेला तपशीलको कुरामा अलमलिने होइन । म खड्गप्रसाद ओलीलाई अझै पनि आग्रह गर्दछु, ‘तपाईंहरुले यो बेलामा लोकतन्त्रलाई फोहोर बनाउन र खरिदबिक्रीलाई बढावा दिनका लागि ‘मैले यो अध्यादेश फलानो दल फोर्न ल्याएको हो’, भनेर लकेतन्त्रलाई किस्ताकिस्तामा समाप्त गरेर प्रतिगमन उन्मुख कदम चाल्नुभयो । तुरुन्तै तपाईंले ल्याएका ती दुईवटा अध्यादेश फिर्ता लिनुहोस् । विपक्षबिहीन लोकतन्त्र कल्पना गर्न सकिँदैन । लोकतन्त्रमा संवैधानिक परिषद हुन्छ । जहाँ सबैलाई सम्झाई, बुझाइ सबैको रायमिलेपछि मात्रै नियुक्ति हुन्छ । प्रधानमन्त्रीले जे भन्यो त्यो जाने त्यो क्याबिनेट होइन, संवैधानिक परिषद् हो । आत्मा नै निकालिदिए पछि त शरीर त्यसै सडेर जान्छ नि । प्रधानमन्त्रीले लोकतन्त्रलाई निर्घात आक्रमण र डाम्ने काम गर्नुभयो । एक त यस्ता खरिदबिक्रीका कुकृत्यहरुलाई न्यायोचित ठहर गर्नै सकिँदैन । यसले त के देखायो भने तपाईंहरुको ध्यान केमा रहेछ भन्ने कुरा स्पष्ट भयो ।
भनिन्छ, ‘सर्प मुखमा परिसकेको भ्यागुतोले फट्याङ्ग्रा टिप्न नछोडे जस्तो’ । यो बेलामा अरु देशले आफ्ना नागरिक लिन ५ जना मात्रै भए पनि प्लेन पठाएको छ । तर, तपाईं अरु मुलुकबाट आफ्नो देशको सीमानामा आइपुगेका नागरिकहरुलाई देश प्रवेश समेत गर्न दिनुहुन्न भने सत्तामा बस्ने के नैतिकता छ । अन्य मुलुकबाट सरकारी खर्च गरेर नागरिक ल्याउन त जहाँसुकै होस् । सरकारले बस, प्लेन पठाएको पनि होइन । आफै देःख गरेर हप्तौंसम्म हिंडेर सीमानामा आइपुगेका नागरिकलाई तिमीहरु पस्दै नपस भनेर राज्यबिहीन बनाउने जुन काम गर्नुभयो । त्यो ठूलो अपराध थियो । अहिले सरकार कहाँ चुक्यो त भन्दा पनि उसले आफ्नो दायित्व निर्वाह ग¥यो कि गरेन त्यो महत्वपूर्ण विषय हो । यस्तै गतिविधिले लोकतन्त्रप्रति विश्वास घटाउँछ । त्यसैले लोकतन्त्र भनेको जीवनधारा हो त्यो सधैं संलो हुनुपर्छ । यतिबेला सेना, प्रहरी, स्वास्थ्यकर्मी सबै अरोरात्र खटिरहेका छन् । यतिबेला ती सबैलाई प्रहार गरेर प्रधानमन्त्रीले छुद्र राजनीति खेल्न मिल्छ । उहाँ यति बेला संवैधानिक परिषद्को कुरामा अल्झिनुभयो । यो उहाँको सरासर अपराध हो ।
यो अध्यादेश फिर्ता गर्न प्रधानमन्त्री तयार हुनुभएन भने के हुन्छ ?
उहाँ तयार हुनुहोस्, नहोस् कुनै पनि व्यक्तिको पछाडि देश शतिजान सक्दैन । अहिले हामी लकडाउनमा छौं तर हाम्रो विवेक लकडाउन भएको छैन । जब यो जब कोरोनासँगको लडाईं सहजतामा आएर जनजीवन सहज भएपछि हामी सडकमा जान्छौं । खड्गप्रसाद ओलीका समर्थकहरुलाई फेरि पनि भन्न चाहन्छु, ‘तपाईंहरु खड्ग ओलीलाई देवत्वकरण गरिरहँदा आफूलाई राक्षसीकरण नगर्नुहोस् ।’ उहाँहरुलाई मेरो सन्देश यही हो ।
लोकतन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीलाई सन्देश यही हो ?
उहाँलाई त मेरो सन्देश केही छैन । विरामी मान्छेलाई म के सन्देश दिऊँ । विरामीले त आराम गर्नुपर्ने हो । विरामी र अशक्त मान्छेले सक्रियता देखाउने नाममा अनेक अनर्थ भए ।
यो अध्यादेशको औचित्य छैन भनेर राजपा र समाजवादी त मिले नि फेरि ?
त्यो लोकतान्त्रिक धारणा हो । को एकीकरण हुने कसले के कदम चाल्ने भन्ने स्वाभाविक प्रक्रियाहरु थिए । खाली मलाई खुःख केमा लागेको छ भने, जनताले तिरेको करबाट तलबभत्ता गएर ‘मैले फलानो पार्टी फुटाउन अध्यादेश ल्याएको’ भन्नु कतिसम्म नैतिकता हो ? लो कतान्त्रिक पद्धतिमा ठाडै अपराध मानिन्छ । यो त ठाडै असंवैधानिक छ नि । मुद्दा पर्ने हो भने अदालतले फाल्दिन्छ । यो बेला तुरुन्तै संसद बसेर छलफल गर्नुपर्ने हो । अहिले दुरी कायम गरेर पनि संसद् बस्न सकिन्छ । अहिले खड्ग ओली रिक्तताको दुरुपयोग गरेर अस्त्र चलाइरहनुभएको छ । रिक्तता भनेको संसद्लाई भय दोहन गर्ने प्रक्रिया हो, ‘मलाई छोयौं भने संसद् हिँडाइदिन्छु’ भन्ने हो । त्यो रिक्तताले संसद्लाई निश्क्रिय बनाउने हो । त्यसले संवैधानिक परिषद्लाई भुत्ते बनाउने हो । यसले स्वच्छाचारिताको सुरुआत गराउँछ । त्यसैले उहाँहरु प्रतिगामी हो । त्यस्तालाई प्रतिगामी भनिन्छ, जब मानिसलाई भोलिको त्रासले अथवा कोरोना भाइरसको त्रासले छोपेको बेलामा उहाँले आफ्नो चरित्र अध्यादेश ल्याएर प्रकेट गर्नुभयो । मलाई लाज लाग्छ, कहाँ गएर प्रकट गर्नुभयो, संवैधानिक परिषद्मा ।
त्योसोभए आजबाट लोकतन्त्र कमजोर भएको हो ?
लोकतन्त्र कमजोर भएको होइन । लोकतन्त्र चीर हरण भएको हो ।

 बाट

प्रतिक्रिया