सदस्य चन्दाको भुक्तानी गर्ने अन्तिम दिन थप गरिएको

इनेप्लिज २०७७ वैशाख ४ गते ११:२२ मा प्रकाशित

समादरणीय सदस्य महानुभावहरू

हार्दिक अभिवादन ।

कोरोनाको संक्रमणको कारण हामी सबैको सामाजिक, पेशागत एवं आर्थिक परिस्थिति अस्त ब्यस्त भएको हुँदा नेपाली अमेरिकन सामुदायिक केन्द्रको संस्थापक आजीवन सदस्य र ट्र्ष्टीको लागि आवश्यक चन्दा रकममा छुट प्राप्त गर्न पुरा गर्नु पर्ने चन्दाको भुक्तानी गर्ने अन्तिम दिन अप्रिल ३० बाट पर सारेर डिसेम्बर ३१, २०२० बनाइएको छ । त्यसै गरी अन्य सदस्यता समूहकोलागि न्यूनतम चन्दा बुझाउने म्याद पनि डिसेम्बर ३१, २०२० सम्म सारिएको ब्यहोरा अनुरोध छ ।

यो अप्ठ्यारो समयमा आफू र प्रियजनको स्वास्थ्यमा ध्यान दिनुहुन हामी अनुरोध गर्दछौँ । हाम्रो समुदायका सदस्यहरूलाई केरोनाबारे गत आइतबार हाम्रो NACC का सदस्य डाक्टर साहबहरूले जानकारी दिनु भयो । त्यस्तै कार्यक्रम हामी फेरि छिटै गर्नेछौँ र फेसबुक लाईभ मार्फत प्रसारण गरिने छ । यसपालीको कार्यक्रममा बढ़ी प्रश्नोत्तर हुनेछ । आफूलाई लागेको प्रश्न दिईएको फोनमा सोध्न सक्नु हुनेछ । डाक्टर साहवहरूले तुरुन्त जबाफ दिनु हुनेछ । कार्यक्रम बारेको सूचना छिटै प्रकाशित गरिने छ ।

यहाँहरूको NACC प्रतिको भरोसा र सहयोग प्रति हार्दिक धन्यवाद न ज्ञापन गर्दछौँ ।

डा. मदन उप्रेती
पि.ओ.सी. नेपाली अमेरिकन सामुदायिक केन्द्र

प्रतिक्रिया