उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण

इनेप्लिज २०७७ वैशाख २ गते १०:५६ मा प्रकाशित

सारा बिश्व कोरोना भाइरसको महामारीको चपेटामा परेको समयमा उत्तर कोरियाले पुन क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले छोटो दुरीमा मार हान्न सक्ने केही क्षेप्यास्त्रहरु परीक्षण गरेको हो । कोरोनाको महामारीमा पनि उत्तर कोरियाले बेलाबेलामा क्षेप्यास्त्रहरु प्रहार गर्ने गरेको छ ।

केही समय अगाडी क्षेप्यास्त्र प्रहार गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्र पनि पठाएका थिए । उत्तर कोरियाले दक्षिण कोरियाको निर्वाचन अगाडि उत्तरले क्षेप्यास्त्र परीक्षण गरेको विभिन्न संचार माध्यमले लेखेका छन् ।

दक्षिण कोरियाले यस्तो बिपतको समयमा उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गर्न नुहने बताउँदै आएको छ। आज अप्रिल १४ मंगलबारका दिन प्रहार गरेको क्षेप्यास्त्रहरुले १५० किलोमिटरको दुरी तय गरेको बताइएको छ।

उक्त क्षेप्यास्त्र उत्तर कोरियाको करिव ७ बजे परीक्षण गरेको थियो । दक्षिण कोरिया र अमेरिकाका गुप्तचर अधिकारीहरु नजिकबाट यसलाई विश्लेषण गरि रहेको सयुक्त प्रमुख अधिकारीले वक्तब्यमा जनाएका छन् ।

श्रोत/तस्बिर : रोयटर्स

प्रतिक्रिया