मुख्यमन्त्री राईको सम्बोधन

मनोज दाहाल २०७७ वैशाख १ गते १०:५९ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर, १ बैशाख(रासस) : प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले नयाँ वर्ष २०७७ को शुभअवसरमा देश तथा बिदेशमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक मङ्गलयमय शुभकामना व्यक्त गर्नुभएको छ ।

विश्व, यतिबेला कोरोना भाइरस कोभिड १९ को महामारीसँग सङ्घर्षरत छ र हामी पनि त्यही सङ्घर्षको मैदानमा छौँ र मलाई विश्वास छ यो सङ्घर्षमा मानब जातिको जीत हुनेछ, हामी जित्ने छौँ आज शुभकामना सन्देश दिँदै मुख्यमन्त्री राईले नयाँ वर्ष हाम्रा लागि कोरोना भाइरस कोभिड १९ लाई पराजीत गर्दै स्वच्छ, सुखी र समुन्नत प्रदेशको हाम्रो प्रादेशिक लक्ष्य र चाहनालाई तीव्रत्तर गतिमा मुर्त रुप दिँदै समृद नेपाल, सुखी नेपालीको राष्ट्रिय आकङ्क्षा प्राप्तिमा विशेष योगदान दिने वर्षको रुपमा रहनेछ भन्ने मैले बिश्वास लिएको छु सन्देशमा भन्नु भएको छ । आज विश्व समुदाय कोभिड १९ जस्तो डरलाग्दो महामारी विरुद्धको लडाई लडिरहेको छ । आजसम्म एक लाख भन्दा बढीको ज्यान गइसकेको छ भने १८ लाखभन्दा बढीमा सङ्क्रमणा फैलिएको तथ्यगत जानकारी सन्देशमा उल्लेख गर्दै यस महामारीमा विभिन्न देशमा ज्यान गुमाउने नेपाली दाजुभाई, दिदीबहिनी लगायत सबैप्रति भावपूर्ण श्रद्दाञ्जली व्यक्त गर्दै सपरिवारजनहरुमा हार्दिक समबेदना प्रकट गर्दछु भन्नुभएको छ ।

मुख्यमन्त्री राईले सन्देशमा हामी नेपालीहरु पनि कोरोना विरुद्धको लडाईमा छौं । चैत्र ११ गतेदेखि देश लकडाउनमा छ । लकडाउन भएको आज २१ दिन भएको छ । लकडाउनका कारण तपाई हाम्रो दैनिकीमा पक्कै पनि असहजता सिर्जना भएको छ नै यो हामी सबैले महशुस गरेका छौं । तर हाम्रो सुन्दर जीवन रक्षाको लागि लकडाउनको कुनै विकल्प छैन भन्ने कुरा पनि यहाँहरु अनि हामी सबैलाई राम्रो अवगत भएकै छ भन्नुभएको छ ।

आज लकडाउनका कारण नै महामारीलाई फैलन नदिने हाम्रो प्रयासमा ठूलो सहयोग पुगेको छ । लकडाउनका कारण सबै आवागमन ठप्प छ । हाम्रो सुरक्षा र सङ्क्रमणबाट बच्न अझै ठप्प भएर लकडाउनमा बस्नु पर्नेछ भन्दै मुख्यमन्त्री राईले सन्देशमा भन्नु भएको छ – ‘भारतमा बढन सक्ने सम्भावित सङ्क्रमण र हाम्रो खुल्ला सीमाहरुका कारण हामीले उच्च सर्तकता अपनाउनु पर्नेछ । कुनैपनि नाम वा बहानामा हाम्रो दक्षिण तर्फको नाकाहरुबाट हुनसक्ने आवागमनलाई कडाई गर्नुपर्नेछ । यो नै हाम्रो यस प्रदेशको सुरक्षाको मुल कडी हो ।’

हामीले उच्चस्तरको सावधानी अपनाउनु पर्नेछ । त्यसैले निरन्तरको लकडाउनबाट थुप्रै असहजता र कठिनाइहरु झेल्दै यो महामारी बिरुद्वको अभियानमा पूर्ण रुपमा साथ दिनु हुने तपाईहरु सबैप्रति हार्दिक सम्मान व्यक्त गर्दै मुख्यमन्त्री राईले भन्नुभएको छ – ‘बाँकी अवधिका लागि पनि यस्तै धैर्यता, संयमता र समझदारीका साथ सहयोगका लागि हार्दिक अपील गर्दछु ।’

आज बिहान ८ बजे जारी गर्नु भएको सन्देशमा मुख्यमन्त्री राईले यो महामारीसँग जुध्न र सुरक्षित हुन हाम्रो आफ्नै व्यवहार र दैनिकीमा परिवर्तन गर्नु जरुरी छ । यो हामी सबैको लागी आइपरेको महामारी हो । यसले यो वा त्यो, धनी, गरीब, ठूला वा साना यो जात वा त्यो जात, त्यो देश वा यो देश कसैलाई बाँकी राख्दैन भन्ने कुरा युरोप र अमेरिका लगायतका शक्ति राष्ट्रका ठूला ओहदाका कसैलाई पनि छोडेन भन्ने कुराले पुष्टि भएको छ उल्लेख गर्दै यसलाई पराजित गर्ने एउटै उपाय हो, साबधानी, उच्च सर्तकतता । कोरोनाबाट बच्न अपनाउनु पर्ने नियमित नियम र अनुशासनहरुको पालना अनि लकडाउनमा बसेर सामाजिक दूरी कायम गरेर सबैमा सचेतना र जागरुकता पैदा गर्न सक्दा मात्र कोरोना भाइरसलाई हामी सहज ढङ्गले परास्त गर्न सक्दछौं । त्यसैले यसका लागि तपाईहरुको सहयोगको अपेक्षा गरेको छु मुख्यमन्त्री राईले भन्दै सबै मिलेर संघर्ष गरिरहेको अहिलेको अवस्थामा अझ थप सावधानी, उच्च सर्तकतता अपनाई उच्च मनोबलका साथ सबै अनुशासनहरुको पालना गरी सामाजिक दुरीलाई कायम राखेर अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कने र केही लक्षण र आशंकाहरु भए तत्काल स्वास्थ्य परिक्षण गर्ने र होम्क्वारेन्टाइनमा बस्ने, थप समस्या देखिए अन्य क्वारेन्टाइन र आइसोलेसनमा बस्दा मात्र आफु आफ्नो परिवार र सबैलाई सुरक्षित गर्न सकिन्छ र सहजै कोरोना भाइरसलाई पराजित गर्न सकिन्छ । यसका लागी म सम्पुर्ण दाजुभाई दिदीबहिनीहरुलाई बिनम्रतापुर्बक बिशेष अपील गर्न चाहन्छु सन्देशमा जनाउनुभएको छ ।

हाम्रो प्रदेशमा कोरोना सङक्रमण देखा परेको छैन् तर हामी उच्च जोखिममा छौं । महामारीको सङक्रमण फैलिन नदिन हाम्रा सारा प्रयासहरु केन्द्रित छन् । हामीहरु शुरुदेखि नै व्यवस्थित कार्ययोजना सहित कोरोना रोकथाम, नियन्त्रणमा क्रियाशिल छौँ । हाम्रो प्रदेशमा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनरस्थित कोशी अस्पतालबाट कोरोना परीक्षण भइरहेको कुरा समेत जानकारी गराउन चाहन्छु मुख्यमन्त्री राईले सन्देशमा भन्नुभएको छ –हामीले द्रुत परीक्षण रयापिड डिटेक्सन टेस्ट विधिमार्फत हजारौँको नमुना परीक्षण गर्नका लागि काम शुरु गरेका छौ । जस अन्तर्गत २ ६३ जनाको परीक्षण समेत भइसकेको छ । यो सबै जिल्लामा दक्ष जनशक्ति सहित परीक्षण कार्य शुरु गरिएको कुरा अवगत गराउन चाहन्छु । हामीले कोरोना उपचारका लागि छुट्टै ७० बेडको अस्पताल समेत तयारी अवस्थामा राखेका छौं जानकारी दिनुभएको छ ।

हाम्रो प्रदेशमा पोलिमरेज चेन रियाक्सन एऋच् प्रविधिबाट २१२ जनाको परीक्षण गरिसकिएको छ । जसमा १९० जनाको रिपोर्ट नेगेटिभ आएको छ । हामीले सबै ठाउँमा उपलब्ध अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु पठाएका छौं । पर्सनल प्रोटेक्टिभ इक्विपमेण्ट ९पीपीई० ६१५ सेट, क्ष्च् थर्मो्मिटर १२ थान, ३७ हजार ७ सय ७५ थान सर्जिकल मास्क र एन ९५ मास्क ७११ थान पठाएका छौं । अत्यावश्यक र अपुग स्वास्थ्य सामाग्रीहरुको प्रबन्ध गर्न सङ्घीय सरकार, उच्चस्तरीय समिति र स्वास्थ्य मन्त्रालयसँग समन्वय भइरहेको र छिट्टै थप समाग्रीहरु पठाउने व्यवस्था मिलाईनेछ जानकारी सहित सन्देशमा मुख्यमन्त्री राईले हाम्रो प्रदेशका २६१ ठाउँमा चार हजार ४११ जनालाई राख्न सकिने गरी क्वारेन्टाईनहरु बनेका छन् । यी बनेका क्वारेन्टाईनमा ५९० जनालाई राखिएको छ । ४८ ठाउँमा ४४६ जना राख्ने क्षमताको आइसोलेशन वेड तयार गरिएको छ । अहिले आइसोलेशन वेडमा सात जना उपचाररत हुनुहुन्छ । यसरी हामी सङ्क्रण फैलिन नदिन र फैलिएको अवस्थामा नियन्त्रण गर्ने पूर्ण तयारीमा रहेको आमनागरिकलार्ई अवगत गराउँदै हामीले एकद्वार प्रणालीबाट सबै कार्य प्रगति विवरण लगायतका महत्वुपर्ण जानकारी र सूचनाहरु सम्प्रेषण गर्ने ब्यवस्था मिलाएका छौँं , जस्का लागि मुख्यमन्त्री कार्यालयमा कोरोना इन्फरमेशन डेस्क स्थापना गरिएको छ । कुनैपनि समस्या भएमा उक्त डेस्कमा सम्पर्क गर्ने ब्यवस्था मिलाइएको छ । सँगै हामीले कोरोनासँग सम्बन्धित सबै सूचना, जानकारी र जनचेतनामुलक सामाग्रीहरु यस प्रदेशका सबै रेडियो टेलिभिजन र अनलाईनहरुलाई मार्फत सम्प्रेषण गर्ने ब्यवस्था मिलाएका छौ सन्देशमा भन्नुभएको छ– ‘हामीले कोरोना भाइरस कोभिड १९ को रोकथाम, नियण्त्रण र उपचारका लागि प्रदेश नं कोरोना जनसुरक्षा कोष स्थापना गरेका छौ । कोषमा सरकारले रु.१० करोड जम्मा गरेको छ भने मन्त्रिपरिषद, प्रदेशसभाका सभामुख, उपसभामुख, माननीय सदस्यहरु, बैक तथा वितीय संस्थाहरु, उधोगी, व्यवसायी लगायत बिभिन्न संघ संस्था र व्यक्तिहरुबाट रकम जम्मा भएको जानकारी गराउन चाहन्छु । अहिले यो कोषमा रु.१३ करोड पाँच लाख जम्मा भएको छ ।’

मुख्यमन्त्री राईले हामी तीव्रत्तर विकासको गतिमा थियौं । कोरोना भाइरसका कारण हाम्रा विकास निर्माणका कार्यहरु रोकिएका छन् । गम्भीर रुपमा हाम्रो बार्षिक कार्यक्रम तथा बजेट कार्यन्वयनको काम प्रभावीत हुन पुगेको छ । पुँजीगत खर्च प्रगतिको हिसाबले हामी एकदमै सन्तोषजनक अवस्थमा थियौं । दोश्रो चौमासिकको समीक्षा गर्ने बेला हँुदै गर्दा हाम्रो प्रगति करिब चालु तर्फ ३१ र पूँजीगत तर्फ ३५ प्रतिशतको हाराहारीमा थियो। अहिले तेश्रो र अन्तिम चौमासिकमा छौँ ,सबै कामहरु प्रभावित भएका छन् । तथापी स्थानीय श्रमिकहरुको प्रयोग गरेर प्रदेश सकारद्वारा सञ्ंचालित योजना आयोजनाहरुलाई सञ्चालनमा ल्याउने तयारी गरिरहेको कुरा सबैमा अवगत गराउन चाहन्छु । हाम्रो देश कृषि प्रधान देश हो । देश लकडाउन भएको बेला पनि सामाजिक दूरी कायम गर्दै स्थानीय श्रमिक प्रयोग गरेर, कृषि कार्यलाई अगाडिबढाउन सकिनेछ । अहिले कतिपय बाली थन्काउने र नयाँ बाली लगाउने सिजन भएको हुनाले यी यस्ता कामहरु गर्न सकिने म दाजुभाई दिदीबहिनीहरुलाई आग्रह गर्नुभएको छ । यो महामारीको समयमा स्थानीय तह एवं जनप्रतिनिधिहरुको भूमिकाको म प्रशंसा गर्दछु । साथै आफ्नो तहमा सङ्क्रमण फैलिन नदिन स्थानीय तहमा चालिएका कदम र प्रयासहरु प्रशंसनीय छन् । सँगै विपन्न परिवारहरुलाई राहत उपलब्ध गराउन अहोरात्र खटिरहनु भएका तपाईहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । खासगरी यतिबेला यो लकडाउनका कारण अति विपन्न गरीब र ज्यालादारी श्रमिकहरु सर्वाधिक समस्यामा हुनुहुन्छ । उहाँहरुको लागि कुनै न कुनै रुपमा सहयोग त तपाईहरुले गरिरहनु भएको छ । यद्यपी उहाँहरुलाई प्रभावकारी ढङ्गले राहत सामाग्री उपलब्ध गराउन म विशेष आग्रह गर्दछु सन्देशमाा भन्दै मुख्यमन्त्री राईले स्थानीय तहलाई कोरोना भाइरसको रोकथाम नियण्त्रण र उपचार सँगै मुख्य रुपमा राहत वितरणका लागि महानगरपालिकालाई रु.२० लाख , उपमहानगरपालिकाहरुलाई रु.१५ लाख , नगरपालिकाहरुलाई रु.१० लाख र गाउँपालिकालाई रु.पाँच लाख गरी एकमुष्ट रु. नौ करोड ५० लाख बजेट पठाउने व्यवस्था मिलाएको कुरा यसै सम्बोधन मार्फत जानकारी दिँदै मुख्यमन्त्री राई जिल्लामा कोरोना भाइरस कोभिड १९ को रोकथाम, नियण्त्रण र उपचार कार्यमा स्थानीय पालिकाहरु र स्थानीय प्रशासन सँगको समन्वय र प्रभावकारी अनुगमन लगायतको भूमिकाको निम्ति प्रदेशका १४ वटै जिल्ला समन्वय समितिहरुलाई रु.पाँच लाखका दरले रु. ७० लाख पठाउने समेत ब्यवस्था मिलाइएको छ । यस भन्दा अगाडि प्रदेशका सबै सरकारी अस्पतालहरुलाई समेत रु. तीन करोड बजेट निकासा गरिसकिएको जानकारी समेत गराउन गराउनुभएको छ । उहाँले कोरोना भाइरस बिरुद्धको यस अभियानमा अहोरात्र खटिरहेका नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान, सबै जिल्ला सुरक्षा समितिहरुले खेलिरहेको भुमिकाको प्रशंसा गर्दै उच्च मनोबलका साथ थप सक्रियता र प्रभावकारीतामा वृद्धि ल्याउनका लागि उपरोक्त सुरक्षा निकायहरुलाई रु.एक करोड ६८ लाख निकासा गरिएको समेत जानकारी गराउन गराउनुभएको छ र सन्देशमा भन्नुभएको छ– ‘स्थानीय समुदाय, सामाजिक संघसंस्थाहरुले खेलेको भूमिका उल्लेखनीय छ । चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी एवं कर्मचारी साथीहरुको भुमिका र सक्रियता सराहनीय छ । तपाईहरुको भूमिकाले यो महामारीलाई नियन्त्रण गर्न हामीलाई सफलता मिलिरहेको छ । हामीले कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा प्रदेश सरकार वा सो मातहतका निकायले खटाएका स्वास्थ्य क्षेत्रका जनशक्तिहरूलाई नेपाल सरकारले निर्धारण गरे बमोजिम दोहोरो नपर्ने गरी प्रोत्साहन भत्ता प्रदान गर्ने निर्णय गरेका छौं ।’

कोरोना भाइरसको नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा संलग्न सरकारी वा गैर सरकारी अस्पतालमा प्रदेश सरकारले खटाएका स्वास्थ्यकर्मी¸ सुरक्षाकर्मी¸एम्बुलेन्स चालक¸ निजामती कर्मचारी वा अन्य कुनै पदाधिकारीको त्यसरी खटाएको अवस्थामा कोरोना सङ्कमित भइ मृत्यु भएमा निजको परिवारलाई निजले गरेको सेवाको कदर स्वरुप प्रदेश सरकारको तर्फबाट एकमुष्ट रु.५० लाख प्रदान गर्ने मुख्यमन्त्री राई सन्देश मार्फत जानकारी दिँदै कोरोना भाइरस रोकथाम नियन्त्रणमा प्रदेश प्रमुखले नजिकबाट चासो राखिरहनु भएको छ । हामीलाइ साथ सहयोग सहित अभिभावकत्व दिइ रहनु भएको छ । म प्रदेश प्रमुख प्रति आभार ब्यक्त गर्दछु बताउँदै मुख्यमन्त्री राईले भन्नुभएको छ–‘प्रदेश सभा समेत अहिले लकडाउनबाट प्रभावित भएको छ । प्रदेशसभाबाट पारित हुनुपर्ने थुप्रै बिधेयक लगायत प्रदेशको नामकरण तोक्ने कुरा समेत लकडाउनका कारण स्थगन भएको छ । यतिबेला हामी सम्पूर्ण रुपमा यस कोभिड(१९ महामारी सँगै सबै एक ढिक्का भएर जुध्नु परेको छ । यस्तो अवस्थामा माननीय सदस्यहरुले आफ्नो पारिश्रमिकको रकम सरकारले खडा गरेको कोषमा जम्मा गर्दै आ–आफ्नो क्षेत्रमा खटिरहनु भएको छ । म यहाँहरुको भूमिका र योगदानको प्रशंसा गर्न चाहन्छु । म सबै माननीय सदस्यहरुलाई बडो सक्रियतापूर्वक आ–आफ्नो निर्वाचन क्षेत्रमा स्थानीय तह लगायत सबै पक्षसँग समन्वय गर्दै कोरोना रोकथाम, नियन्त्रनण र उपचारका अतिरिक्त राहत बितरण कार्यहरुमा प्रत्यक्ष उपस्थित भएर नेतृत्वदायी भुमिका खेल्न र अनुगमनको कार्य गर्नका लागि म आग्रह गर्दछु ।’

उहाँले यस्तो महामारीका बेला सञ्चार माध्यमहरुको भुमिका असाध्यै नै महत्वपुर्ण हुन्छ । सबै नागरिकहरुले कुनै सूचना वा जानकारीहरु सञ्चार माध्यमहरुबाटै लिने हो, प्राप्त गर्ने हो । यस्तो घडीमा सही सूचना र जानाकारीको आवश्यकता पर्दछ । यस प्रदेशका र केन्द्रिय सञ्चार माध्यमहरुबाट भइरहेको कोरोना बिरुद्धको अभियानमा प्रदेश सरकारले बनाएका योजनाहरु, गरिरहेका कार्यहरु, चालेका कदम र प्रयासहरुलाई आम नागरिकमा सम्प्रेषण गरेर तपाईहरुले खेलिरहनु भएको भुमिकाको म प्रशंसा गर्नुभएको छ ।

मुख्यमन्त्री राईले नागरिकलाई सही परामर्शको, सही सूचना र जानकारीको यतिबेला खाँचो छ त्यो खाँचोमा सञ्चार माध्यमहरुको भुमिका अझ राम्रो हुन सकोस् । सही, सत्य, सूचना र सन्देश प्रवाहका लागि म सबै टेलिभिजन, रेडियो र अनलाइन मिडियाहरुलाई विशेष आग्रह गर्दछु । कुनै पनि सञ्चार माध्यम वा सामाजिक सञ्जालको दुरुपयोग गर्दै मानवका लागि आइपरेको महामारीको बेला जनतामा र समाजलाई दिग्भ्रमित गर्ने कार्य कोही कसैबाट नहोस सबैलाई आग्रह गर्नुभएको छ ।

अन्त्यमा, यो लकडाउनको निरन्तर पूर्ण पालना गरी साथ र सहयोग गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दै मुख्यमन्त्री राईले सन्देशमा भन्नुभएको छ– हामी सँगै यस प्रदेशका सबै राजनीतिक दलहरु कोरोना बिरुद्धको अभियानमा हुनुहुन्छ । दलहरु बीचको एकता र सहकार्य हाम्रो प्रदेशकै लागि अनुपम र उदाहरणीय छ । यसरी यतिबेला प्रदेशका सबै दल एकजुट र एकमत भएर कोरोना भाइरसको नियन्त्रणका लागि जुट्नु भएको छ । यसले महामारी नियन्त्रणका लागि सरकारलाई थप टेवा पुगेको छ। । आगामी दिनमा पनि यस्तो सम्झदारी र एकता निरन्तर रहने कुरामा म विश्वस्त छु ।’

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया