ह्याप्पी वर्थडे कोमल, दया, दीपक, शिवहरी

इनेप्लिज २०७७ वैशाख १ गते ३:३६ मा प्रकाशित


आज चारजना नेपाली कलाकारहरुको जन्मदिन परेछ । नयां वर्षको दिननै जन्मदिन परेका कलाकारहरु हुन् कोमल ओली, दयाहाङ राइ, दीपकराज गिरी र शिवहरी पौडेल । केहीदिन अगाडि मात्रै केदारप्रसाद घिमिरे उर्फ माग्ने वुढाको जन्मदिन परेको थियो र दीपकराज गिरीले फेसवुक मार्फत लामै शुभकामना दिएका थिए । आज माग्ने वुढाले शुभकामना दिएर पैंचो तिरेका छन् ।

उनको शुभकामना जस्ताको तस्तै : म र मेरा तीन दाजुभाई बर्षमा तीन चोटी पनि भेट्न पाउदैनौं तर दिपक दाई संग दिनमै तीन चोटी सम्म भेट हुन्छ। त्यसैले अब वहांसंग एकाघरकै दाई जस्तो अभिभावक जस्तो भैसक्नु भयो। दिपक दाईको यो गौरबमय एकाउन्नौ बर्ष पुरा गरेको जन्मदिन हो । कसैले वहांलाई घमण्डी पनि भन्ठान्छन् ,त्यो सफलता संगै स्वतः आउने उपहार हो। खासमा वहां अध्यात्मिक र दयालु हुनुहुन्छ। वडा नम्बर छ को क्लाइमेक्सको शुटिङमा एक जना गरीबलाई ज्याकेट खोलेर लगाई दिनुभएको थियो, कोट पनि दिनुहुन्थ्यो होला तर लक्ष्मी प्रसाद देबकोटाको कपीराईट लाग्ला भनेर नदिनुभाको होला। हल्का रमाईलो । एउटा चलचित्र सफल हुँदा नगदै दश लाख निकालेर एम्बुलेन्स किनेर दिउ भन्ने अवधारणा वहाँकै हो । छातीमा हात राखेर भन्नुपर्छ , मलामी जांदा मात्र गुनगान गाउनु त्यती राम्रो हुदैन। नराम्रो बानी पनि छ ,फुर्सद् नभै नभै अर्काको फिलिमलाई शुभकामना दिन कुमारी हल पुग्ने र फिलिम हेरौं भन्दा पिलो आको छ भनेर हिड्ने। मलाई कतिले दिपकसॅग छुट्टिएर एक्लै पनि काम गर्न सकिहाल्नुहुन्छनी भन्नुहुन्छ तर मलाई लाग्छ म ३ हुं, दिपक दाई ४ हो , हामी दुई मिल्दा ३४ हुन्छौं, मान्छेले मलाई मात्र हेर्दा पनि ३४ को आधा १७ जस्तो देख्छन्। यो टिमवोर्कको फाइदा हो । कटुबक्ता दिपक दादालाई जन्मदिनको अनगीन्ति शुभकामना।अष्टचिरञ्जिबीले रक्षा गरुन्।

प्रतिक्रिया