‘कहीँ नभाको जात्रा’ मा सियोन र खुसीको रोमान्स ( भिडियो

इनेप्लिज २०८३ जेठ ३१ गते १२:०२ मा प्रकाशित

काठमाडौँ । चर्चित गायिका मेलिना राई र भ्वाइस अफ नेपाल सिजन ७ प्रतियोगी गायक सियोन महर्जनको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘कहीँ नभाको जात्रा’ सार्वजनिक भएको छ।

क्षितिज महर्जनको प्रस्तुतिमा बजारमा आएको यस गीतमा योगेन्द्र उपाध्यायको शब्द तथा संगीत रहेको छ । गीतको एरेन्ज, मिक्सिङ र मास्टरिङ भने विश्व अधिकारीले गरेका हुन् ।

भिडियोतर्फ सियोन महर्जन र खुसी कार्कीले मुख्य भूमिकामा अभिनय गरेका छन् । भिडियोमा दुई कलाकारबीचको केमेस्ट्री निकै आकर्षक ढंगले प्रस्तुत गरिएको छ ।

भिडियोको निर्देशन तथा कोरियोग्राफी सियोन श्रेष्ठले गरेका हुन् भने नेपाली म्युजिक भिडियो क्षेत्रका ब्यस्त सिनेमाटोग्राफर उत्सव दाहालले यसलाई क्यामरामा कैद गरेका हुन् । दृश्यहरूलाई सम्पादन र कलर ग्रेडिङ गर्ने काम मनोज कार्कीले गरेका छन् ।

कलात्मक दृश्य र कर्णप्रिय संगीतको सम्मिश्रण रहेको यो भिडियोले दर्शक तथा स्रोताको मन जित्ने अपेक्षा निर्माण टिमले राखेको छ । भिडियो गायक महर्जनको युट्युब च्यानलमा हेर्न सकिन्छ।

प्रतिक्रिया