आज यसो उठेर झ्याल बाट हेर्दा – सन्दर्भ कोरोना

शारदा क्षेत्री ,हाल न्युयोर्क २०७६ चैत २९ गते १:५८ मा प्रकाशित

आज यसो उठेर झ्याल बाट हेर्दा
पानी परेको रहेछ बादल ले ढाकेर अँध्यारो
भएको रहेछ
नरमाइलो लाग्यो अनि
अनि भन्न मन लाग्यो
हे ईस्वर किन आजै
पानी परेको होला
आज विश्व
रोई रहेको बेलामा सबको
मन बादलले ढाके जस्तैः
ढाकेको छ डर त्रास
चिन्ताले
तलाई किन ??
आजै अध्यारो बनाउन आइस
भनेको सुनेको थिय गर्मी भयो
भने कोरोना अल्लि फैलाउन पाउदैन
कुरो कति सत्य हो उनै
ईस्वर जानुन भन्दै

अनि यसो कबिता जस्तो कोरेकि ।।
महामारी बिष कोरोना कोभिड १९ को कहरमा !!
बस भन्छन बलियो बनाई राखेर मन धैर्यतामा!!
रक्षागर सबैलाई भनी ईस्वर संग पुकार गर्दै !!
दिनरात बिताउन परेको छ आफूलाई समाल्दै !!

कसरी भिषा बिना प्रबेस गरिस हाम्रो नगरिमा??
बित्यासमा पारिदिईस बीषै बीष को भुमरीमा !
आफ्नै परिवारसंग पनि डराउनु पर्ने संत्रास भयो !!
सबै लाई रुवाएर नजरबन्द मा राखिस अबु के नै रह्यो ।।

कस्तो हुन्छ मान्छेको मन सोध्छन बिर्सेर आफुलाई
चिन्ता गर्छन् सबैको अर्ति दिन्छन् परिवार ,अरु लाई !!
आज प्रबिधिले सबैलाई घरको जेलमा राखिदियो!!
आफू संग पनि आफ्नै सास डराउने बनाईदियो !!

कहावत छ पहिले आफू बाँच र अरुलाई बचाउरे !!
अँह पापि मन मान्दैन दौडिरहन्छ कता के भयोरे!!
अनि झस्किएर भन्छ मन हे भगवान तिम्रो आशामा !!
बस्नु पर्छ अनि दु:खि हुदै भगवान को भरोसामा !!

लौहै सबै परिवारसबै जनहरुमा यो बिन्ति गर्छु म ।।
अप्ठ्यारोमा सतर्कता अपनाएर बस्नुहोला भन्छुम
सबैले सबै मा ख्याल गरि आफू स्वास्थ रहनुहोला ।
भरोसा छैन भोलि बाँचे भने भेटेर दु:ख सुख बाँडौला !!

प्रतिक्रिया