काठमाडौवाट भोली र पर्सी मानिसहरु वाहिर जान पाउने वा नपाउने के हो ?

टंक पन्त २०७६ चैत २७ गते १३:१७ मा प्रकाशित

काठमाडौं । लकडाउनको कारण राजधानी काठमाडौंमा रोकिएका सर्वसाधारणलाई गाऊ फर्कन सजिलो होस् भनी भोली र पर्सी (चैत २८ र २९ गते) राजधानी वाहिर जान दिने तर भित्र प्रवेश नदिने भन्ने समाचारहरु लहरझैं सार्वजनिक भए तर एकैछिनमा सरकारको तर्फवाट त्यसको खण्डन भयो ।

कोेभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल स्वयम्ले विज्ञप्ति जारी गरेर सर्वसाधारणलाई राजधानीवाट वाहिर जान दिने कुनै पनि निर्णय नभएको वताउनुपर्यो । आखिर कहांवाट सार्वजनिक भयो त सर्वसाधारणलाई दुइदिन वाहिर जान दिने कुरा ?

प्रधानमन्त्री कार्यालयको वेवसाइटमा उच्चस्तरीय समितिको वैठकको निर्णय भन्दै दुइ दिनलाई राजधानी वाहिर जान दिने निर्णय भएको उल्लेख छ र केहीछिनमा नै सो जानकारीमा अपडेट भन्दै प्रदेश सरकारहरुको असहमतिको कारण निर्णय फिर्ता लिइएको उल्लेख छ ।

यो कामलाई सरकारले मात्र नभएर आम नेपाली नागरिकहरूको पनि त्यत्तिकै महत्वका साथ लिनुपर्ने आवश्यकता छ, उपप्रधानमन्त्री पोखरेलले भन्नुभएको छ, यस्तो गंभीर परिस्थितिमा त्यस किसिमको निर्णय कसरी हुनसक्छ र ? जेसुकै कारणले भए पनि सार्वजनिक गरिएको उक्त समाचारमा सत्यता नभएको जानकारी गराउँदछु ।

यथार्थमा सरकारले नै राजधानीमा लकडाउनमा समस्या वेहोरिरहेका सर्वसाधारणलाई राजधानी वाहिर जान दिने गरी तयारी गरिरहेको थियो र यसको सवै प्रक्रिया तय गर्न गृहमन्त्री र गृहसचिवलाई जिम्मेवारी दिइएको थियो । यो सुचना सार्वजनिक हुनासाथ नै प्रदेश सरकारहरुले यसको विरोध गरे र यसले आआफ्नो प्रदेशमा समस्या थपिने भन्दै चिन्ता व्यक्त गरे । प्रदेश नं ५ का मुख्य मन्त्री शंकर पोखरेलले विरोध गरेपछि सरकार आफ्नो तयारीवाट पछि हट्यो ।

यातायात व्यवसायीहरुले पनि अहिले यातायात मजदुरहरु राजधानी वाहिर गएको वा कामका लागि तयारी अवस्थामा नरहेकोले पठाउन संभव नहुने जानकारी गराए । सोचे अनुरुप मानिसहरुलाई राजधानी वाहिर पठाउन नसकिने अवस्था देखेपछि सरकारले आफ्नो तयारीलाई स्थगित गर्यो ।

यथार्थमा चैत्र ११ गते जारी रहेको लकडाउनले गर्दा नेपालमा कोरोना भाइरस नियन्त्रण तथा रोकथाम प्रभाबकारी बन्दै गएको छ । सरकारले गरेको निर्णय अनुसार लकडाउनलाई सिगो मुलुक एक भएर पालना गरेको कारण एक अर्काबाट सक्रमण सर्ने सभावनामा कमी आएको छ । बाहिरबाट आउनेहरुलाई पुर्ण रुपमा नियन्त्रण गरेपछि सक्रमण प्रबेश गरेको छैन । २० दिन अगाडि बिभिन्न मुलुकबाट नेपाल प्रबेश गरेकाहरुले जति बाहिरबाटै जति कोरोना सक्रमण बोकेर आए अनि उनीहरुबाट जति सख्यामा कोरोना सक्रमण देखियो उनीहरुको अबस्था पनि सामान्य रहेको छ ।

अहिले सम्म शंकास्पद ३ हजार बढीको परिक्षण गरिएको मध्ये जम्मा ९ जनामा मात्र कोरोना सक्रमण देखिएको छ भने रेड जोनमा ५ जना रहेका छन । बिहीबार सम्म नेपालमा ७ हजार सय ४० लाई कोरेण्टाइनमा राखिको छ भने १ सय १७ जनालाई आइसोलेशनमा राखिएको छ । सरकारले प्रत्येक प्रदेशमा ५ हजार भन्दा बढीका दरले स्वास्थ्यकर्मीमा अत्याबश्यक सामग्री उपलब्ध गराइएको छ । अहिले कोरोना सक्रमणको शंका लागेकाहरुको जाच गर्नका लागि चिकित्सक , नर्सलाई सुरक्षित सामग्रीको अभाब रहेको छैन ।

सरकारले कोभिड १९ सबन्धी आबश्यक जानकारी , सल्लाह लिन , जाच गर्नुपर्ने भएमा सम्पर्क राख्नका लागि कल सेण्टर , मोवाइल एप , भाइबर , वेभसाइड पनि संचालन गरेको छ । जसमा भिजिट गर्ने , कल गर्नेहरुको सख्या २ लाख नाघिसकेको छ ।

लामो समय लकडाउन जारी रहेको र आम नागरिकहरु जतिसुकै अफ्ट्यारो भएपनि घरमा बसिरहेको कारण पनि लकडाउन प्रभाबकारी भएको सरकारको बिश्लेषण छ । देशभारिका लामो दुरीका देखि छोटो दुरीका राजमार्ग पनि पुर्ण रुपमा ठप्प रहेका छन ।

Posted by Enepalese on Thursday, 9 April 2020

 

 

प्रतिक्रिया