मनोज दाहाल,
विराटनगर,२५ चैत । प्रदेश नं. १ मा आजसम्म कोरोना भाइरस(कोभिड–१९) को ‘थ्रोट स्वाब’ टेष्टमा ८५ जनाको रिर्पोट नेगेटिभ आएको छ ।
प्रदेश १ मा हालसम्म ९० जनाको ‘थ्रोट स्वाब’ संकलन गरी परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाएकोमा ८५ जनाको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश न) १ कोरोना सूचना डेस्कले जनाएको छ। परीक्षणका लागि पठाएको स्वाबमध्ये २० प महिलाको छन् ।
प्रदेशमा आजसम्म विभिन्न स्थान गरी २५४ क्वारेन्टाइनमा ४ हजार ११५ शैय्या रहेका छन् ।
यसैगरी आजसम्म २ हजार ८८५ जना क्वारेन्टाइमा वसेका छन भनेआइसोलेसनमा बसेका २१ जनाको आजसम्म डिस्चार्ज भएकाको सूचना डेस्कले जनाएको छ । प्रदेश सरकारले विभिन्न अस्पतालहरुमा आईसोलेसन वार्ड तयार गरेर उपचार व्यवस्था गरेको छ।
प्रदेश ‘कोरोना जनसुरक्षा कोष’मा रु ११ करोड ८५ लाख जम्मा प्रदेश नं १ को सरकारले स्थापना गरेको ‘कोरोना जनसुरक्षा कोष’मा आज थप रु. २० लाख जम्मा भएको छ । कोषमा अव रु. ११ करोड ८५ लाख ७४ हजार ५५० जम्मा भएको छ ।
प्रदेश सरकारको कोषमा रकम दाखिला गर्दा गर्नेको नाम, ठेगाना स्पष्ट उल्लेख गरी मुख्यमन्त्री बैंक दाखिला गरेको आवश्यक विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई इमेल गरी पठाउन आग्रह गरेको छ । राष्ट्रिय बाणिज्य बैङ्क विराटनगर शाखाको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकम जम्मा गर्न सकिने कार्यालयले जनाएको छ ।
कोषमा बैंक, संघसंस्था, उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका दाताबाट सहयोग गर्ने क्रम जारी रहेको छ ।
पत्रकार
प्रतिक्रिया