कोरोना संक्रमणपछि स्वदेश प्रवेश गरेका दशौं हजार नागरिक अझै सम्पर्कमा आएनन

टंक पन्त २०७६ चैत २४ गते ३:३७ मा प्रकाशित


बुटवल । भारतसंग सीमा जोडिएका वांके, धनगढी, र कञ्चनपुर जिल्लाका नाकावाट हालसम्म करिव २ लाख नागरिक नेपाल प्रबेश गरेको अनुमान सुरक्षा निकायको रहेको छ तर स्थानीय सरकारको जानकारीमा भने ६० हजार भन्दा बढी छैन ।

सरकारले बारम्बार बाहिरबाट आएका सबै नागरिकहरुलाई सम्पर्कमा आइ क्वारेण्टाइमा बस्न आग्रह गरेपनि गाउंगाऊमा पुगेका दशांै हजार नागरिकहरु थाहा नपाए जस्तो गरी स्थानीय निकायको सम्पर्कमा नआइदिंदा अन्य नागरिकहरु गाऊघरमा त्रसित भएको अर्घाखांचीका स्वास्थ्यकर्मी रामप्रसाद घिमिरेले बताउंछन् ।

गाऊमा संक्रमण छैन तर क्वारेण्टाइनमा नगएर लुकेर गाऊंमा बसेकाहरुले उनका परिबार हुदै अन्य नागरिकहरुमा संक्रमण सारिदिने हुन् कि भन्ने त्रास छ, उनले भने, यस वारेमा स्थानीय निकायका जनप्रतिधिहरुले गम्भीरताका साथ काम अगाडि वढाउनु पर्नेछ ।

कोरोना सक्रमणकोे त्रास बढदै गएपछि नेपालीहरु नेपाल भित्रिन थालेका थिए । शुरुमा रेकर्ड राखिएको थिएन जब नेपालमा कोरोना सक्रमण देखिन थालेपछि स्थानीय प्रशासनले रेकर्ड राख्ने र कोरेण्टाइनमा राख्ने गरेको छ । पछिल्लो समयमा त दुबै देशले आफनो देश फर्किने गरी सीमानामा पुगेकालाई प्रबेश दिएका छैनन ।

अहिले पछिल्लो समयमा सीमाना रहेका नागरिकहरुलाई दुबै देशले बिशेष ब्यबस्थापन भने गरेका छन ।

नेपाल र भारतका अधिकारीहरुबीच बैठक बसी नेपालतर्फ रहेका भारतीयलाई नेपाल सरकारले खाने बस्ने, सुत्ने ब्यबस्था गर्ने र भारत तर्फ रहेका नेपालीहरुका लागि भारत सरकारले सुत्ने खाने ब्यबस्था सहित क्वारेण्टाइनमा राख्ने निर्णय भएको र सोही अनुसार काम भैरहेको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी गराएका छन ।

प्रतिक्रिया