बिनोद रोकाको यस्तो लाग्थ्यो बाच्ने रहर गीत सार्वजनिक भएको छ । गत मार्च २४ का दिन सार्वजनिक भएको उक्त गीत गीतकार रोकाले सन २००० तिर न्युर्योकमा रहेको ल अफिसमा काम गरी रेलमा चढेर डेरामा फर्कदै गर्दा रचना गरेको थिए ।
उक्त गीत गायक मनोज राजले गाएका हुन् भने संगीतकार शम्भुजित बास्कोटाको संगीत रहेको छ। सिडीको बिमोचन राष्ट्र कवि माधव घिमिरे गर्ने क्रममा यो गीतलाई खुबै मन पराएको गीतकार रोकाले बताएका छन् ।
बिमोचित मेरी प्रिय नामक सिडीमा यो गीत संग्रहित छ। रोकाको एकल रचना, शम्भुजित बास्कोटाजीको एकल संगीत र मनोहर सोनामको संगीत संयोजन रहेको सिडीमा आठओटा गीतहरु छन।
दिपक लिम्बुको स्वरमा मेरी प्रिय,अन्जु पन्तको स्वरमा कति भांची हेरौ चुरा, शम्भुजित बास्कोटा र आभा मुकारुंगको स्वरमा खोटांग बसेरी, बसेछ माया जोडी मिलाउ कसरी,रामकृष्ण ढकालको स्वरमा खरुवा खोला बरुवा खोला, जगदिश समालको स्वरमा बन डढेको देख्छन ,सबैले मन डढेको देख्ने खोइ,मनोज राजको स्वरमा यस्तो लाग्थ्यो बाच्ने रहर, दिपेश किशोर भटृराईको स्वरमा न्युर्योकको लोकल ट्रैन कता हरायो, दिपक लिम्बु र माण्डवी त्रिपाठीको स्वरमा साली भेना गीतहरु छन।
गीतको सिडी अक्टोबर २००७ मा निस्किएको थियो। यो गीतलाई भिडियो बनाउन वल्र्ड कभर मिडिया र संगीतकार सन्तोष श्रेष्ठले संयोजन गरेका हुन् ।
प्रतिक्रिया