नेपालमा कोरोना भाइरस संक्रमित ६ पुगे

टंक पन्त २०७६ चैत २० गते २२:१३ मा प्रकाशित


काठमाडौं । नेपालमा कोरोना सक्रमित बिरामीको सख्या थपिएको छ । कतारको दोहाबाट गत चैत्र ४ गते नेपाल आएकी ६५ बर्षीया बागलुङकी महिलामा सक्रमण देखिएपछि नेपालमा कोरोनाको सक्रमितको सख्या ६ पुगेको छ ।

चैत्र ४ गते कतार एयरलायन्सको क्युआर ६५२ नम्बरको फलाइटबाट उनी नेपाल आएकी थिइन । यस अघि पनि सोही जहाजमा आएका दुइजनाको सक्रमण भएको पुष्टि भैसकेको छ र उनीहरुको उपचार भैरहेको छ । हाल सम्म ११८४ जनाको परिक्षण गरिएको मध्ये ६ जनामा मात्र संक्रमण देखिएको छ भने एकजनाको उपचार पछि निको भैसकेको छ ।

लकडाउन खुकुलो वनाइने

उपप्रधानमन्त्री एवं रक्षा मन्त्रीको सयोजकत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बिहीबार बसेको बैठकले चैत्र ११ गते जारी रहेको लकडाउनलाई केही खुकुलो बनाउदै लैजाने निर्णय गरेको छ ।

मेलम्ची, तामाकोशी लगायत ठुला ठुला उधोग कारखानामा रहेका कामदारहरुलाई काम लगाएर काम सुचारु गर्न सकिने निर्णय समितिले गरेको छ । तर बाहिरबाट कामदार ल्याउन पाइने छैन र त्यहां रहेका मजदुरहरुलाई मात्र सुरक्षाका सबै उपाय अबलम्वन गरेर काम सुचारु गर्ने गरी जिल्ला प्रशासन कार्यालयले समन्वय गर्ने भएको छ ।

हाललाई चैत्र २५ गते राति १२ बजेसम्मका लागि तोकिएको लकडाउन बढाउने वा नबढाउने निर्णयमा सरकार पुगिनसकेको भएपनि बिस्तारै खुकुलो पार्दै लगिने भएको छ खुकलो पार्दै गएपनि लकडाउन थप एक हप्ता लम्बिने सभावना रहेको बताइएको छ । तर २४ गते सम्मको स्थितिलाई हेरेर मात्र भन्न सकिने जानकारी एक मन्त्रीले गराएका छन ।

कोरोना सक्रमणको महामारीले आम नेपाली नागरिक पनि त्रसित र भयभित भएका छन । धरान, बीरेन्द्रनगर, हेटौडाबाट संक्रमितको आशंका भएकालाई परीक्षण प्रारम्भ गरिएको छ भने अन्य प्रदेशमा पनि दुई दिन भित्रै प्रारम्भ हुने बताइएको छ ।

नागरिकलाई सहयोग गर्न हेल्पलाइन

अहिलेको असहज अबस्थामा नागरिकहरुमा अनेक प्रश्न हुने र त्यसको जबाफ लिई ढुक्क हुन पाए हन्थ्यो भन्ने हुने भएको कुरालाई ध्यानमा राखी बिहीबार देखि युनिटी हेल्थ नेपालले जिज्ञासा सुन्ने र उचित सल्लाह दिने गरी हेल्पलाइन सञ्चालनमा ल्याएको छ ।

युनिटी हेल्थ नेपालकी लज्जा दीक्षितले मानसिक तनाब, डर, भय मनका अनेक प्रश्नहरुको जबाफको खोजिमा रहेका नागरिकहरुलाई उचित सल्लाह दिने उद्धेश्यले सो हेल्पलाइन संचालनमा ल्याएको बताएकी छिन ।

हरेक दिन बिहान १० बजे देखि २ बजे सम्म ९८८०४९९००४ मा रजनी भण्डारीसंग कुरा गर्न वा म्यासेज गर्न सकिनेछ भने २ बजेदेखि ४ बजेसम्म लज्जा दीक्षितसंग ९८४३६४३४३३मा सम्पर्क गरी कुरा गर्ने वा म्यासेज पठाएर उचित सल्लाह र सुझाब लिन सकिने ब्यबस्था हेल्पलाइनले गरेको छ । युनिटी हेल्थ नेपालले कोरोनाको महामारीको बेला आफ्नो तर्फबाट राज्य र आम नागरिकहरुलाई सहयोग गर्नुपर्छ भन्ने हेतुले हेल्पलाइन संचालनमा ल्याइएको दीक्षितले बताएकी छिन ।

प्रतिक्रिया