अफ्रिकामा कोरोना भाईरसको संक्रमण र नेपालीहरुको अवस्था

इनेप्लिज २०७६ चैत २० गते १४:११ मा प्रकाशित

अफ्रिका अपडेट  २ ( २ अप्रिल २०२० ) ।आज सम्मको तथ्यांक  अनुसार अफ्रिका महादेशको कुल ५४ देश मध्य कोरोना प्रकोप ४९ वटा देशहरूमा फैली सकेको छ ।

जबकी एकहप्ता अघि ( २७ मार्चमा ) यो ४३ देशमा मात्र पुगेको थियो । संक्रमण भएको संख्या आज ७५४३ पुगेको छ ( २७ मार्चमा ३३९१ मात्र ) भने मृत्य हुनेको संख्या २२९ ( २७ मार्चमा ४२ )पुगेको छ ।
गत १ हप्ताको यसको गति हेर्दा सन्क्रमित  संख्या दोब्बर भन्दा बढेको छ भने मर्नेको संख्या पाँच गुना भन्दा बढी । अफ्रिकामा यसको प्रवेश गति फेब्रुअरी अन्तमा मात्र बढेको थियो ।

अहिले सम्म अफ्रिकामा बस्ने नेपालीहरु यसको संक्रमणमा परेको खवर  छैन । सबै सुरक्षित छन ।

लगभग आधा अफ़्रिकिन रास्ट्रहरु हेर्ने इजिप्ट स्थित नेपाली राजदूत झबिन्द्र प्रसाद अर्यालले हिजो मात्रै एनआरएनए अफ्रिकाको फेसबुक समूहमा आफ्नो र परिवारको विशेष ख्याल गर्न ,  कुनै  समस्या र असहज अवस्था आइ परे दूतावासमा जानकारी गराउन र दूतावासले सक्दो सहयोग गर्ने सन्देश दिनु भएको छ ।

जसलाई यहाका नेपालीहरुले सकारात्मक रुपमा लिएका छन ।

प्रतिक्रिया