‘लकडाउन’मा पारिबारिक हिंसाले लिएको उग्ररुप

टंक पन्त २०७६ चैत २० गते १२:१५ मा प्रकाशित

हाम्रो परिबार , हाम्रो समाज अन्य देशको केही न केही भिन्न छ त्यसैले त भनिन्छ नेपाली समाज आफ्नै ढंगले बिकसित भएको छ । अधिकांश बिषयमा एक आपसमा अत्यन्त सौहाद्र्धता पनि छ एक रुपता पनि छ , हरेक संकटका बेला एकले अर्कालाई सहयोग गर्ने सस्कृति पनि त्यत्तिकै छ जसलाई सहयोगी संस्कार र स्वभाब भएका नेपालीहरु भन्ने पनि गरिन्छ । यतिखेर नेपाल पनि बिश्वभरि फैलिएको महामारीको चपेटामा परेको छ । महामारीको गंभीर जोखिमलाई नियन्त्रण गर्न र अफ्ट्यारो परिस्थितिमा एकले अर्कालाई सहयोग गर्न सिगो मुलुक एक भएको अनुभुति पनि भएको छ यधपि कतिपय घटनालाई राजनीतिकरण गरेर केही ब्याक्तिले संकटको सामना गर्ने भन्दा बिबाद सिर्जना गर्ने पनि गरेका छन । लकडाउनको समयमा पारिबारिक हिसालाई बढाएर उग्ररुप लिने बनाएका छन । केही दुखद घटना बाहेक सिगो मुलुक कोरोना बिरुद्ध एक छ र जव सम्म कोरोनाको महामारी नियन्त्रण हुदैन तब सम्म एक भएर बिश्वलाई चकित बनाउने गरी सरकारले सम्पुर्ण समय त्यसैमा लगाएको छ ।

२०१९को डिसेम्बर देखि चीनको बुहानबाट बाहिर देखिएको कोरोना भाइरसले २०२० को आज सम्म सम्म आइपुग्दा समाज र परिबारलाई पनि गंभीर रुपमा प्रभावित बनाएको छ । मुलुक र मुलुकका नागरिकको सुरक्षाका लागि नेपाल सरकारले पनि चैत्र ११ गते देखि देशभरि लकडाउनको घोषणा गरेको छ । घरभित्रै बस्ने , बाहिर ननिस्कने र कोही पनि बिदेशबाट आएको छ भने कोरेण्टाइनमा बसेर आफु र अरुलाई पनि बचाउनु पर्ने समयको मागलाई सोही बमोजिम सबैले जिम्मेबारीपुर्बक पालना गर्नुपर्ने आबश्यकता छ । सरकारले जे निर्णय गरयो त्यो बाहेक नागरिकलाई महामारीबाट जोगाउनका लागि अर्को बिकल्प पनि थिएन । अहिले सिगो मुलुक लकडाउनको अबस्थामा छ । अति आबश्यक बाहेक सम्पुर्ण कार्यालय स्कुल कलेज पनि बन्द छन । सबैका घरमा परिबारका सबै सदस्य जुटेका छन । कुनै राजनीतिक दलले नेपाल बन्दको घोषणा गर्दा वा सरकाले कर्फयु आदेश जारी गर्दा साझ परेपछि बाहिर निस्कने , चोक चोकमा बसेर कुराकानी गर्ने गरिन्थ्यो र समय बिताउन पनि गाहा्रे हुदैनथ्थो तर अहिले त घरबाट बाहिर निस्कनु भनेको अन्यबाट महामारीको सक्रमण निम्त्याउनु हुन्छ । । कही जम्मा भएर बस्न पनि मिलेन हिडन पनि मिलेन । किनकि यो रोग एक्अर्काबाट फैलिने भएकोले बिश्वभभरि नै घर भित्रै बस्ने र कोरोनाको महामारीबाट जोगिने उपाय अबलम्वन गरिएको छ ।

महामारीको सक्रमणको जोखिमबाट जोगिन जब आम नागरिकहरु घरबाट बाहिर निस्कन पाएनन जसले धेरै परिबारमा एउटा सकारात्मक माहोल पनि बनाएको छ । श्रीमान श्रीमती , बाबु आमा , छोरा छोरी नाति नातिनाबीच यति लामो समय एकै ठाउ बस्ने समय मिलेकै थिएन । छोरा छोरी स्कुल कलेज गएका हुन्थे , बाबु आमा कोही दुबै कोही एक जना , कोही तीन चार जना सम्म कार्यालय अर्थात काममा जाने , केबल बिहान साझ भेट हुने तर धेरै समय नहुने अबस्था थियो । अहिले कोरोनाको महामारीले कैयौ दिन २४ सै घण्टा संगै बस्नुपर्ने बाध्यकारी स्थिति सिर्जना गराएको छ । । जसले कैयौ परिबारमा एकले अर्कालाई अझ बढी बुझने , सानातिना समस्या परिबारमा थिए भने एकै ठाउ बसेर हल गर्ने र परिबारलाई थप मजबुत बनाउने काम गरेको छ ।

परिबारमा एकले अर्कालाई सहयोग गर्ने , एकले अर्कालाई बुझने र सोही अनुसार आगामी दिनमा थप एकता र सौहाद्र्धताका साथ अगाडि बढने बाताबरण गरी लकडाउने दिएको सुर्बण अबसरलाई धेरैले उपयोग पनि गरेका छन तर कतिपय परिबारमा लकडाउनले भाडभैलो पनि निम्त्याएको छ । धेरै समय एकै ठाउ भएपछि सानातिना कुरामा निहु खोजेर श्रीमान श्रीमती एकै ठाउ बस्न नसक्ने स्थितिको दुखद पक्ष पनि उब्जिएको छ । कतिपय परिबारमा श्रीमतीको टोकसोले श्रीमान पीडित, श्रीमानको हरेक कुरामा निहु खोज्ने प्रबृत्तिले श्रीमती पीडित भएका घटना देखिएका छन । जसमध्ये धेरै परिबारमा श्रीमानका कारणले समस्या उत्पन्न भएका छन ।

श्रीमान श्रीमतीबीच अत्यन्तै झिनामसिना बिषयमा झगडा हुने गरेको र दुबैले कम्प्रमाइज नगर्दा त्यसले ठुलो रुप लिएपछि धेरै परिबारका सदस्यले प्रहरी महिला सेल देखि महिला मानब अधिकार रक्षकलाई फोन गरी हार गुहार समेत गर्ने गरेका छन । ती घटनाले गर्दा देशमा लागेको लकडाउन त्यो परिबारको घरािभत्रै परिबारका सदस्यबीच नै लकडाउन हुने सम्मको दुखद स्थिति उत्पन्न भएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका बिज्ञ सल्लाहकार सदस्य समेत रहनुभएकी बरिष्ठ महिला अधिकारकर्मी , मानबअधिकारकर्मी डा रेणु अधिकारीले लकडाउनले कैयौ परिबारमा थप सौहाद्र्धता , थप बुझाई बनाएर परिबारलाई झन कसिलो बनाएको छ भने कतिपय परिबारमा साना तिना कुराले गर्दा झैझगडा भएर निकै अफ्ट्यारो स्थिति आएको भनी देशका बिभिन्न ठाउबाट महिला मानब अधिकार रक्षकहरुले लौन दिदी यस्तो बेला के गरौ भनी फोन गरेको जानकारी गराउनुभएको छ । उहाका अनुसार श्रीमतीलाई मन लागे पनि नलागेपनि जबर्जस्ती जतिखेर पनि यौनसम्पर्क गर्न खोज्ने अनि श्रीमतीले यसका लागि पनि समय हुन्छ जतिखेर पनि काम छैन र अहिले समय छैन म घरकै काममा ब्यस्त छु देख्नुभएकै छ नि भनी बिनम्रतापुर्बक भन्दा श्रीमानले त्यहि बिषयबाट निहु खोजेर झगडा प्रारंभ गरेका कुरा धनगढी , डढेल्धुरा डोटी , बाग्लुङ, चितवन , सिराहा , भोजपुर लगायत बिभिन्न जिल्लामा महिला मानब अधिकार रक्षक समक्ष ती महिलाहरुले सहयोगका लागि आग्रह गर्दै फोन गर्ने गरेका छन । प्रहरी महिला सेलमा पनि त्यस्ता अफ्ट्याराहरु परेपछि गुनासो गर्ने गरिएको र निकै जटिल भएका घटनामा नजिकको प्रहरीलाई खबर गरेर तत्कालका लागि समस्या समाधान गरी लकडाउन सकिएपछि जाहेरी लिएर आउन प्रहरी महिला सेलले भन्ने गरेको छ ।

लकडाउन सकिएपछि घरेलु हिसा भएका घटना सबन्धी जाहेरी धेरै आउने सभावना रहेको केन्द्रिय प्रहरी महिला सेलको अनुमान छ ।घरभित्रको झगडाले उग्ररुप लिएपछि एक जनाले त म घरमा बस्न सकिन कोरोना भाइरस सक्रमण भएकाहरु समक्ष लगिदिनुस र म त्यहाबाटै बिदा हुन चाहन्छु भनी प्रहरी महिला सेलमा भनेको पनि जानकारीमा आएको छ । लकडाउन भएकै बेला काठमाडौको टोखा नगरपालिका बानियाटार निबासी एक जना पुरुषले नेपाल प्रहरीको महिला सेलमा फोन गरेर भनेछन —म घरमै बस्न नसक्ने भए के गर्ने होला ? महिला सेलमा फोन उठाउने प्रहरी अधिकृतले सोधिन् के भयो र त्यस्तो ? ती पुरुषले थपे — लकडाउन भएको केही दिन देखि घरमा श्रीमतीसंग निरन्तर भएको झगडाले श्रीमान श्रीमतीबीच नै लकडाउन मात्रै भएको छैन संगै बस्नै नसक्ने अबस्था सिर्जना भएको छ के गरौ प्लिज सहयोग गरिदिनुस न । महिला सेलमा फोन उठाएकी प्रहरी अधिकृतले बिनम्र भएर अनुरोध गरिन् —यस्तो संकटको बेला त झन मिल्ने , बिगतका कमीकमजोरीका बारेमा छलफल गर्ने , जस्को कमजोरी भएपनि अब देखि यो लकडाउनले सबन्धलाई गाढा बनाएको अनुभुति दिलाउने गरी ब्यबहार गर्ने पो गर्नुपर्छ नि हजुर ।

ती पुरुषको भनाइ भने फरक थियो — मिल्ने त सभावना नै छैन , साझ बिहान दिउसो जतिखेर पनि झगडा हुने गरेको छ छोरा छोरी पनि मेरो पक्षमा नभएर श्रीमतीकै पक्षमा छन अनि म कसरी बस्न सकु म अहिले महादेबस्थान बस्ने मेरो काकाको घरमा आएर फोन गरिरहेको छु मेरो काकाले महिला सेलमा फोन गरेर सहयोग हुन सक्छ भन्नुभएको हुनाले पनि फोन गरेको हु यदि श्रीमतीलाई कारबाही गर्न सक्नुहुन्न भने मलाई कोरोना भाइरस लागेकाहरुसंग भेटाइदिनुस म आफै कोरोना ग्रहण गरेर मर्न चाहन्छु । उनको लामो कुरा सुनिसकेपछि प्रहरी अधिकृतले भनिन —अहिले केही गर्न सकिदैन तपाइहरु मिलेर बस्नुस हुदै भएन भने लकडाउन अन्त्य भएपछि जाहेरी दिनुस आबश्यक कारबाही गरौला ।

घरेलु हिसा सबन्धी बिधाबारिधि गर्नुभएकी बरिष्ठ अधिकारकर्मी डा माधुरी सिह अहिलेको संकटको बेला अनेक तनाब हुंदो हो अनि सानातिना कुराले ठुलो रुप लिन सक्छ यसर्थ परिबारले यो महामारीले गर्दा घरमा सबै जना बस्न पाएकोलाई केही साना तिना कुरामा अनमेल भएपनि मिल्नका लागि यो लकडाउनलाई अबसरको रुपमा लिनुपर्ने धारणा राख्नुहन्छ भने यहि सन्दर्भमा सामाजिक र आर्थिक बिषयकी प्रशिक्षक इन्दिरा पन्त भन्नुहुन्छ – घरमा भएपछि लकडाउनका कारण स्कुल कलेज बन्द भएर घरमा बसेका बच्चाहरुलाई हेर्ने र आफनो काममा जान नपाएर बसेका परिबारलाई श्रीमतीले खाना बनाउने देखि हरेक काममा अरु बेला भन्दा अझ बढी ब्यस्त हुनुपर्ने तर श्रीमानले ओरको सिन्को पर पनि नसार्ने, खाली मोवाइलमा च्याट गरेर बस्ने, अनि के यस्तो खाना बनाएको आरोप लगाउने र केही भन्यो भने निहु खोज्ने जस्ता साना तिना कारणले पनि घरेलु हिसा बढेको हुनुपर्छ भन्दै यस्ता नकारात्मक कुरालाई त्यागेर यो लकडाउनलाई परिबारलाई सकारात्मक बनाउने गरी भरपुर उपयोग गर्नुपर्छ । लकडाउन भएकै समयमा एक घरबाट अर्को घरमा सहयोगका लागि जाने बालबालिका, युवतीमाथि पनि अनेक खाले हिसा हुने गरेका छन ।

लकडाउन भएको बेला युरोपियन मुलुक फ्रान्स लगायतका देशमा पनि महिलाहरु घर भित्र हिसामा परेका छन भने उनीहरु बाहिर निस्केर सुरक्षित स्थानमा जान र न्यायका लागि सबद्ध कार्यालयमा जान सक्ने सुबिधा त्यहाको सरकारले दिएको छ । कोरोनाको महामारीपछि बेलायतको हटलाइनमा ६५ प्रतिशतले घरेलु हिसाको रिपोर्टका केश बढेको , फ्रान्समा यूरोन्यूजडटकमका अनुसार मार्च १७ सम्म महिला हिसाका घटना ३० प्रतिशतले बढेको छ । चीनको हुबइमा गत बर्ष फरवरीमा ४७ घटना दर्ता भएका थिए भने २०२० फरवरीमा १६२ घटना दर्ता भएको अन्तराष्टिय न्युज एजेन्सीले जनाएका छन । रोममा पनि आश्रय गृहहरु लकडाउनको समयमा पनि खुलेका छन । आश्रय गृहका अधिकारीले मोवाइल पनि एक्टिभ छ र फेसबुक मार्फत पनि खबर गरेमा हिसा प्रभावित महिलाहरु न्यायका लागि आउन सक्ने जनाएका छन ।

स्पेनमा लकडाउनको नियम पालना नगरे कडा कारबाही हुन्छ तर घरमा हिसामा परेर बाहिर निस्कन बाध्य हुने महिलालाई कारबाही नहुने ब्यबस्था गरिएको छ । स्पेनकै भ्यालेन्सियामा लकडाउन भएको पाचौ दिन मार्च १९ मा घरलुहिसाले उग्र रुप लिएपछि एक जना श्रीमानले छोराछोरीकै अगाडि आफनो श्रीमतीलाई हत्या गरेका छन ।

भारतको उत्तर प्रदेशमा लकडाउनको समय अबधिभरका लागि नया हेल्पलाइन नै प्रारंभ गरिएको छ । तर नेपालमा राष्टिय महिला आयोगले कसैलाई समस्या परेमा न्यायका लागि भनेर राखेको हटलाइन ११४५ लकडाउन प्रारंभ भएपछि लकडाउनका कारण कर्मचारी उपलब्ध नभएको भनी बन्द गरेको छ । अहिलेको प्रबिधिको उपयोग गरी कर्मचारीले घरबाटै घटना बुझन सक्थे तर लकडाउनको निहुमा हटलाइन नै बन्द गरेर आनन्द लिएका छन । बिकसित मुलुकमा पनि घरेलु हिसाका घटना हुने गरेका छन त्यहा भएका अधिकांश घटना बाहिर आउने र दोषीलाई कारबाही गर्ने गरिन्छ तर नेपालमा कतिपय घटना गरीबी अशिक्षाका कारण बाहिर आउदैनन र धेरै सहेर बस्ने गरेको पाइन्छ भने कतिपय घरानिया ,सम्पन्न परिबारमा हुने घरेलु हिसा पनि बाहिर ल्याउन शिक्षित महिला नै हिच्किचाउछन । अति नहुदा सम्म उनीहरुले चरम अत्याचार हुदा पनि बाहिर ल्याउने काम गर्दैनन । सम्पन्न परिबारमा सहयोगीका रुपमा रहेका युवतीहरुमाथि पनि अनेक खाले हिसा हुने गरेको छ ।

 

प्रतिक्रिया