मनकारी युवाहरुको पहलमा खाद्यान्न वितरण

वीरेन्द्र रावल २०७६ चैत १९ गते २१:३९ मा प्रकाशित

वीरेन्द्र रावल,

,चैत्र १९÷जव तीन जना युवाहरुले गाडीमा चामलका बोरा पुगे तव भोकमरीको चपेटामा परेका धुर्जन्ना शिविरका महिला तथा बालबालिकाहरु धन्य हो हजुर आज खान पाईने हो भनेर स्वाबासी दिए ।

धनगढी उपमहानगरपालिका वडानम्बर १७ स्थित नदी किनारमा टहरामा दयनीय जीवन यापन गरिरहेका ३२ घरका महिला तथा बालबालिकाहरु मध्ये अधिकाँशले एक हप्ता देखि आधा पेट खाएर बसिरहेको अवस्थामा दुई छाक पुग्ने भएपनि शिविरमा राहत पुग्दा उनिहरु खुशी भएका छन ।

धनगढी उपमहानगरपालिका ५ का योगेन्द्र भण्डारी,तिर्थ कठायत र धनगढी उपमहानगर ९ का दिनेश चौधरीले बुधबार सो शिविरमा खाद्यान्न संकट भएको भन्ने खबर पाएपछि राहत लिएर वितरण गरेका छन् । क्रोनाको कहरका कारण नेपाल पनि लक डाउनमा रहेका कारण विपन्न ,गरिव र गरिखाने मानिसहरुको रोजगारी खोसिएको र घरबार विहिन अवस्थाका मानिसहरुले काम नगरी साँझ विहानको जोहो समेत चलाउन सक्ने अवस्था नभएका कारण उनिहरुमा खाद्यान्न संकट आउने भएपनि धनगढी तथा नेपाल बाहिर रहेका युवाहरुको पहलमा संकलन गरिएको रकमबाट उक्त राहत वितरण गरिएको कुरा योगेन्द्र भण्डारीले बताए । सोही दिन धनगढी उपमहानरपालिका वडानम्बर ७ मनेहरा शिविरमा रहेका अति विपन्न र खाद्यान्न समेत नभएका तीन घरका मानिसहरुलाई पनि खाद्यान्न वितरण गरिएको समूहका सदस्य दिनेश चौधरीले जानकारी दिएका छन् ।

कैलाली जिल्लाका विभिन्न स्थानमा रहेका अति विपन्न परिवारका लागि राहत संकलन गर्दे उनिहरुलाई राहत वितरण गर्ने कार्यलार्य निरन्तरता दिईने कुरा भण्डारीले बताएका छन् । उनिहरुले वितरण गरेको राहतबाट दुई वटै शिविरका अति विपन्न परिवारहरुले दुई दिनका लागि भएपनि जोहो चलाउने भएका पनि भण्डारीले बताए ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया