मास्क र सेनेटाइजर माग्दै प्रहरीले लेखे सरकारलाई पत्र

टंक पन्त २०७६ चैत १९ गते १५:५५ मा प्रकाशित


काठमाडौ । सरकारले घोषणा गरेको लकडाउनलाई प्रभाबकारी रुपमा लागु गराउन ज्यानलाई जोखिममा राखेर खटिएका सुरक्षाकर्मीहरुले आवश्यकता अनुसार माक्स र सेनिटाइजर उपलव्ध गराइदिन सरकारका नाममा पत्र लेखेका छन ।

आम प्रहरीको तर्फबाट भन्दै लेखिएको पत्रमा भनिएको छ– हामी जस्तोसुकै संकट आएपनि देशका लागि मर्न बरु तयार हुन्छौ, सरकारको आदेशलाई पुर्ण रुपमा पालन गर्नु हाम्रो कर्तब्य हो तर हामीलाई मैदानमा खटिदा संभब हुनेसम्मको सुरक्षा सामग्री त उपलव्ध गराइदिनु हुन अनुरोध गर्दछौं ।
कोरोना महामारीको समयमा सुरक्षाकर्मीहरुले धेरै कुरा नमागेको उल्लेख गर्दै पत्रमा आफुहरुको जीवनरक्षाका लागि केबल मास्क र सेनिटाइजर मात्र मागेको वताइएको छ ।

आवश्यक व्यक्तिगत सुरक्षा सामग्री पाएमात्रै आफुहरु मैदानमा खटिदा सुरक्षित हुने अन्यथा सुरक्षाकर्मीहरुको जीवननै जोखिममा पर्ने भन्दै उनीहरुले आवश्यक व्यक्तिगत सुरक्षा सामग्रीको अभावमा प्रहरीहरु विरामी हुने अवस्थामा कसले देश र जनताको रक्षा गर्छ भनी प्रश्न गरिएको छ ।

लकडाउनको पुर्णपालना देखि अन्य नागरिकको सुरक्षाका लागि हरेक काममा सहभागी हुदा नागरिकको नजिक पर्नु नै पर्छ त्यो बेला हामीले आफुलाई पनि सामान्य रुपमा सुरक्षित राख्न नसके त हामी मार्फत पनि नागरिकहरुमा कोरोना भाइरसको संक्रमण फैलिन सक्छ यसर्थ हामी मरेर होइन बाचेर देश र जनतालाई सुरक्षा प्रदान गर्न चाहन्छौ —पत्रमा अनुरोध गरिएको छ –हामी प्रत्येक प्रहरीलाई कम्तिमा दैनिक एउटा पेपर माक्स , मेडिकल पञ्जा र हप्ता दश दिनलाई पुग्ने सेनिटाइजर उपलब्ध गराइदिनुस सरकार ।


हामी जसको सीता खान्छौ उसैको गीता गाउछौ तर यो हाम्रो गुनासो होइन सानो निबेदन हो भन्दै प्रहरीले लेखेको पत्रमा भनिएको छ –हामी आम नागरिक जस्तो होइन तर हामी मानब त हौ नि हाम्रो शरीर पनि मांशपेशी, हाड र छालाले बनेको छ यो कोरोना भाइरसले हामी भित्रको देशभक्ति , जिम्मेबारीपन र अटल बिचारलाई त ढाल्न नसक्ला तर शरीरको भने टुंगो त नहुन सक्छ ।

आज नेपालमा लकडाउन भएको ९ दिन भैसकेको छ । लकडाउनलाई प्रभाबकारी बनाउन सुरक्षा निकाय पुर्ण रुपमा खटिएको छ । कतिपय ठाउमा लकडाउन उल्लंघन गर्नेलाई कारबाही गर्दा आलोचना समेत हुने गरेको छ तर आफनै लागि हो भन्ने नसोचेर लकडाउनको उल्लंघन गर्नेहरुको सख्या पनि निकै छ ।

यस्तो संकटका बेला पनि शुरुमा सेनिटाइजर र माक्समा समेत ब्यापारीहरुले कालोबजारी गरेको कारण पनि मास्क र सेनिटाइजरको अभाब भएको थियो तर अहिले सरकारले मास्क र सेनिटाइजरको अभाब नभएको बताएको छ । ब्यापारीहरुले भने अहिले पनि माक्स र सेनिटाइजर , ग्लोब्समा कालोवजारी गरेका छन । बिभिन्न ठाउमा कालोवजारी गर्नेलाई सरकारले कारबाही गरेको छ तर त्यो कारबाही निकै न्युून छ ।

प्रतिक्रिया