प्रेस यूनियन –स्वास्थ्य सुरक्षा सामाग्री वितरण

मनोज दाहाल २०७६ चैत १९ गते ११:०८ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर, १९ चैत । पत्रकारहरुलाई कोभिड–१९ को जोखिमवाट बच्नका लागि स्वास्थ्य सुरक्षा सामाग्री आज वितरण गरिएको छ ।

नेपाल प्रेस यूनियन मोरङले विराटनगरमा क्रियाशिल पत्रकारहरुलाई क्याप, मास्क , ग्लब्स र सेनिटाइजर वितरण गरेको हो ।

युनियनका मोरङ अध्यक्ष कुमार लुईटेल, पूर्व केन्द्रीय उपाध्यक्ष शेखर रेग्मी, न्यू सृष्टी दैनिकका प्रधान सम्पादक शंकर खरेल लगायतले पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गर्नु भयो ।

खाद्यान्न सहयोग

सामुदायिक सेवा केन्द्र तीनपैनीले ७५ जना सुकुम्बासी परिवारलाई आज यहाँ खाद्य सामाग्री वितरण गरेको छ।

केन्द्रले विराटनगर –१९ धनपुरा क्षेत्रमा बसोबास गर्ने ७५ जना ऋषिदेव समुदायका सुकुम्बासीहरुलाई प्रति परिवारलाई छ केजी ५०० ग्राम चामल,५०० ग्राम दाल,दुध एक प्याकेट,नुन पाँच केजी,च्युरा र भुजा एक÷एक केजी र चाउचाउ एक÷एक कार्टुन उपलब्ध गराएको हो ।

केन्द्रले विभिन्न विभिन्न दाताहरुको सहयोगबाट उक्त सामाग्री सङ्कलन गरी वितरण गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारी,विराटनगर –१९ का वडाध्यक्ष बद्रीनाराण सरदार र सामुदायिक सेवा केन्द्र तीनपैनीका अध्यक्ष मिना जोशी लगायतले घरघरै पुगेर खाद्य सामाग्री वितरण गर्नु भएको हो ।

फुड बैंक सञ्चालनमा

लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए वानले आजदेखि यहाँ फुड बैंक सञ्चालनमा ल्याएको छ ।

लकडाउनको अवधिमा दैनिक श्रमका आधारमा रोजीरोटी गरि खाने समुदाय भोकभोकै बस्ने अवस्था सृजना भएपछि पीडितलाई राहत उपलब्ध गराउन फुड बैंक संचालनमा ल्याइएको लायन्स राहत समिति पुर्व क्षेत्र संयोजक रेबतबहादुर कार्कीले बताउनुभयो ।

वैङ्कले लकडाउनका कारण विपन्न समुदायलाई खाद्यान्न अभावको सङ्कट समाधान गर्ने छ ।

फुड बैंकले पहिलो चरणमा विराटनगर महानगरपालिकाका एक हजार घर परिवारलाई खाद्यान्न सहितका अन्य सामाग्रि उपलब्ध गराउने कार्कीले जानकारी दिनु भयो ।

लायन्स क्लब अफ विराटनगर एक्टीभ र लायन्स क्लब अफ विराटनगर डाइनोले आवश्यक खाद्यान्न उपलब्ध गराएपछि एक हजार परिवारलाई प्रति परिवार १० केजी चामल सहित,दाल,च्युरा,भुजा,चिनी,खानेतेल,नुन,चाउचाउ र बिस्कुट लगायतका खाद्यान्न वितरण गर्न लागिएको हो ।

विराटनगर महानगरपालिकासँगको समन्वयमा खाद्यान्न वितरण गरिने कार्कीले बताउनु भयो ।

फुड बैंकले लायन्स क्लब आबद्ध विभिन्न भातृ संस्था तथा मनकारी सहयोगीहरुबाट सहयोग सङ्कलन गरी आवश्यक ब्यक्तिलाई वितरण गर्ने छ । लायन्स क्लबले सञ्ंचालन गरेको फुड बैंकमा सहयोग गर्ने इच्छुक दाताहरुलाई कार्कीले अपील गर्नु भयो ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया