सञ्चारकर्मीहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण

मनोज दाहाल २०७६ चैत १८ गते २०:४९ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,१८ चैत । सञ्चारकर्मीहरुलाई समाचार संकलनको क्रममा कोभिड–१९ को जोखिमको न्यूनिकरण गर्न एक संस्थाले विभिन्न स्वास्थ्यका सामाग्री आज प्रदान गरेको छ।

समाजवादी पार्टीका नगर अध्यक्ष एवं समाजसेवी मोहम्मत नसरुलले नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष कुमोद अधिकारीलाई विन सिटर, ग्लव्स, मास्क र सेनिटाइजर लगायतका सामाग्री हस्तान्तरण गर्नु भयो ।

अध्यक्ष नसरुले सञ्चारकर्मीले जोखिमको अवस्थामा समेत समाचार संकलन गरी नागरिकलाई घरमा वसी मुलुकमा परेका विपत्तीका समाचार प्राप्त भइरहेकोले बताउदै उहाँको स्वास्थ्यप्रति ध्यान दिन केही सहयोग गर्न पाएकामो खुशी व्यक्त गर्नु भयो ।

महासंघका उपाध्यक्ष अधिकारीले सहयोगप्रति आभार व्यक्त गर्दै सञ्चारकर्मीहरुले जनतालाई कोभिडको जोखिम प्रति सचेतना र जागरुक बनाउने कार्य गरिरहेको बताउनु भयो ।

समाजसेवी नसरुले यस जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङलाई समेत स्वास्थ्य सामाग्री प्रदान गर्नु भएको थियो ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया