युपिएफ नेपालले २४ कोठे भवन क्वारेन्टाइनको लागि दिने

टंक पन्त २०७६ चैत १८ गते १४:०१ मा प्रकाशित


काठमाडौं । यूनिभर्सल पिस फेडरेशन (युपिएफ) नेपालले चितवनको भरतपुर उपमहानगरपालिकामा रहेको आफ्नो २४ कोठे भवन मानिसहरुलाई क्वारेन्टाइनमा राख्नको लागि प्रयोग गर्न दिने घोषणा गरेको छ ।
कोभिड–१९ को विश्वव्यापी संक्रमण दिन प्रतिदिन भयावह बन्दै गइरहेको र नेपालमा पनि संक्रमितको संख्या वृद्धि हुदै गएकोले कोरोना संक्रमणलाई नियन्त्रण तथा रोकथामको लागि संघर्षरत रहेको र नेपाल सरकारलाई सक्दो सहयोग गर्न तयार रहेको युपिएफ नेपालका अध्यक्ष एकनाथ ढकालले जानकारी दिनुभयो ।
स्थानीय सरकारसंग समन्वय गरेर भवन उपलब्ध गराउने युपिएफ चितवनका संयोजक रामप्रसाद ज्ञवालीले बताउनुभएको छ । युनिभर्सल पिस फेडेरेशन संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषदमा माथिल्लो परामर्शदाताको मान्यता प्राप्त अन्तराष्ट्रिय सामाजिक संजाल हा,े जसको विश्वको १५४ राष्ट्रमा कार्यक्रम तथा न्यूयोर्कमा हेडक्वाटर रहेको छ ।
युपिएफले पछिल्लो समय नेपालमा आयोजना गरेको एशिया प्याशिफिक समिटमा ४५ मित्र राष्ट्रका ७ राष्ट्र प्रमुख र सरकार प्रमुख समेत गरी २००० बिशिष्ट पाहुनाहरुले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया